होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • त्रिवेणी
  • स्वास्थ्य अधिकार सुधार परियोजनाको जिल्ला स्तरीय समिक्षा बैठक सम्पन्न
त्रिवेणी

स्वास्थ्य अधिकार सुधार परियोजनाको जिल्ला स्तरीय समिक्षा बैठक सम्पन्न

  • नागरिक रैबार
स्वास्थ्य अधिकार सुधार परियोजनाको जिल्ला स्तरीय समिक्षा बैठक सम्पन्न

नागरिक रैबार/बाजुरा १ पुस। बाजुरा जिल्लाका ३ नगरपालिकासहित २ गाउँपालिकामा सन २०२० देखि संचालन हुँदै आएको स्वास्थ्य अधिकार सुधार परियोजनाको जिल्ला स्तरीय समिक्षा तथा योजना बैठक मार्तडीमा सम्पन्न भएको छ ।

कोईकाको आर्थिक सहयोग तथा गुडनेवर्स इन्टरनेशनल, पिसवीन, किर्डाकको प्राविधिक सहयोगमा उक्त परियोजनाको जिल्ला स्तरीय समिक्षा तथा योजना बैठक सम्पन्न भएको हो ।

परियोजना लागु भएका जिल्लाको बडीमालिका, बुढीगंंगा, त्रिवेणी नगरपालिका, गौमुल गाउँपालिका र खप्तड क्षेडेदह गाउँपालिकामा २ वर्षको अवधिमा गरेका क्रियाकलापहरुको बारेमा जिल्लास्थित सरोकारवाला निकायहरुलाई जानकारी दिने र आगामी वर्ष परियोजनालाई कसरी संचालन गर्ने भन्ने उद्देश्यका साथ जिल्ला स्तरीय समिक्षा तथा बैठकको आयोजना गरिएको थियो ।

विज्ञापन

No description available.

परियोजनाले यस वर्ष पाँचवटै पालिकाका विद्यालयमा धारासहितको सुविधा सम्पन्न सौचालय निर्माण र विद्यालयमा अध्ययनरत किसोरीहरुका लागि ४ करोड बढी रकम खर्च गरेको जनाएको छ । त्यसैगरी परियोजनाले कार्यक्रम लागु भएका पाँच वटै पालिकाका ६ हजार ३ सय ८३ जना किसोरीहरुलाई सेनेटरी प्याडको व्यवस्था समेत गरेको थियो ।

No description available.

परियोजनाले विशेष गरी विद्यालयमा अध्ययनरत महिनावारी भएका किसोरीहरुको व्यवस्थापनमा ठुलो सहयोग पुगाएको छ ।विहिबार सदरमुकाम मार्तडीमा गरिएको परियोजनाको जिल्ला स्तरीय समिक्षा कार्यक्रममा परियोजनाले हालसम्म गरेका र आगामी वर्षमा गरीने क्रियाकलापहरुको बारेमा स्वास्थ्य अधिकारी सुधार परियोजनाका जिल्ला संयोजक देवेन्द्र शाहले जानकारी गराएका थिए ।

पिसविन बाजुराका कार्यक्रम संयोजक महेश जोशीले संचालन गरेको कार्यक्रमको अध्यक्षता पिसविन बाजुराकी कोषाध्यक्ष पार्वति जोशीले गरेकी थिईन् । उक्त परियोजनाको जिल्ला स्तरीय समिक्षा तथा योजना बैठकमा जिल्लास्थित विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार