होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगाकाे दुधिर आधारभुत विद्यालयका विद्यार्थीलाई झाेला वितरण
समाचार

बुढीगंगाकाे दुधिर आधारभुत विद्यालयका विद्यार्थीलाई झाेला वितरण

  • नागरिक रैबार
बुढीगंगाकाे दुधिर आधारभुत विद्यालयका विद्यार्थीलाई झाेला वितरण

नागरिक रैबार
बाजुरा ४ मंसिर
जिल्लाकाे बुढीगंगा नगरपालिकाकाे वडा नम्बर ९ स्थित जुवापानीमा रहेकाे दुधिर आधारभुत विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीहरूलाई झाेला वितरण गरिएकाे छ ।
बडीमालिका मिडिया हाउसकाे पहल तथा राईजिङ नेपालकाे आर्थिक सहयाेगमा उक्त विद्यालयमा अध्ययनरत ५१ जना विद्यार्थीहरूलाई झाेला वितरण गरिएकाे हाे ।
शुक्रबार एक कार्यक्रममका विच विद्यालयमा रहेका गरिव तथा जेहेन्दार विद्यार्थीलाई विद्यालयमै पुगेर झाेला वितरण गरिएको बडीमालिका मिडिया हाउसका प्रकाशक /सम्पादक प्रकाश सिंहले बताएका छन् ।
बुढीगंगा नगरपालिकाकाे दुर्गममा रहेकाे विद्यालयमा राईजिंग नेपालकाे सहयाेगमा १ देखि ३ सम्म अध्ययनरत  गरिव तथा जेहेन्दार विद्यार्थीलाई झाेला वितरण गरेपछि विद्यालयमा अध्ययनरत विद्यार्थीकाे पढाईमा थप सहज हुने विद्यालयका प्रधानाध्यापक विक्रम सिंहले बताएका छन् ।
कक्षा १ देखि ८ सम्मकाे पढाइ संचालन गरिरहेकाे यस विद्यालयमा २ सय पाँच बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर सिंहकाे अध्यक्षतामा गरिएकाे झाेला वितरण कार्यक्रममा प्रमुख अतिथि बडीमालिका मिडिया हाउसका अध्यक्ष प्रकाश सिंह रहेका थिए । कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष पदम सिंह, बडीमालिका खबरका कार्यकारी सम्पादक लक्ष्मीराज पाध्याय र नागरिक रैबारका कार्यकारी सम्पादक मदन विक लगायतकाे सहभागिता रहेकाे थियाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार