होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लैङिगक हिँसा विरुद्धको १६ दिने अभियान सफल पार्न बक्तृत्वकला प्रतियोगिता
समाचार

लैङिगक हिँसा विरुद्धको १६ दिने अभियान सफल पार्न बक्तृत्वकला प्रतियोगिता

  • नागरिक रैबार
लैङिगक हिँसा विरुद्धको १६ दिने अभियान सफल पार्न बक्तृत्वकला प्रतियोगिता

नागरिक रैबार/बाजुरा २४ मंसिर। लैङिगक हिँसा विरुद्धको १६ दिने अभियान अन्तरगतको आज अन्तिम दिन बाजुरा जिल्लामा विभिद् कार्यक्रम गरी समापन गरिएको छ ।घरबाटै सूरु गरौं, महिला हिंसा अन्त्य गरौं भन्ने मुल नाराका साथ हरेक वर्ष नोवेम्बर २५ देखि डिसेम्वर १० सम्म यो अभियान देशभर मनाईदै आएको छ ।

लैङिगक हिँसा विरुद्धको १६ दिने अभियान बाजुरा जिल्लामा आज समापन बक्तृत्वकला प्रतियोगिताको आयोजना गरी समापन गरिएको हो ।
अभियानकै अवसरमा सदरमुकाम मार्तडीमा जिल्ला प्रशासन कार्यालय बाजुरा, जिल्ला प्रहरी कार्यालय र शिक्षा विकास तथा समन्वय ईकाई बाजुराको संयुक्त आयोजना तथा जिल्लास्थित गैरसरकारी संस्थाको आर्थिक सहयोगमा जिल्ला व्यापी माद्यामिक तह स्तरीय बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो ।

जिल्ला भरका ९ वटै पालिकाका विद्यालयमा अध्ययनरत १ छात्र १ छात्रा गरी १८ जना विद्यार्थीहरुविच बक्तृत्वकला प्रतियोगितामा प्रतिष्पर्दा गराईएको छ । लैङिगक हिँसा विरुद्धको १६ दिने अभियानलाई सफल बनाउन आयोजना गरिएको माद्यमिक तह स्तरीय वक्तृत्व कला प्रतियोगितामा गौमुल गाउँपालिकाको बालविकास माविकी छात्रा प्रंससा रोकाया प्रथम भएकि छन् ।

विज्ञापन

उनलाई नगद १३ हजार पुरस्कार प्रदान गरिएको छ । त्यस्तै प्रतियोगितामा बुढीगंगा नगरपालिकाको भानोदय माविमा अध्ययनरत छात्रा एलिना जैशी द्धित्तिय भएकी छन् । उनलाई १० हजार र मालिका माविमा अध्ययनरत छात्र इसान बुढा तृतिय भएका छन् । उनलाई पाँचहजार नगद प्रदान गरिएको छ । त्यस्तै प्रतियोगितामा सहभागि विमला देवकोटा मालिका र त्रिवेणी नगरपालिकाको रत्न मावि सेलिफालकका इश्वर साउँदलाई सान्त्वना पुरस्कार स्वरुप २ हजार प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरिक्षक धनदेव साउँदले बताएका छन् ।

 

 

लैङिगक हिँसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित बक्तृत्वकला प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय बाजुराको महिला तथा बालवालिका सेवा केन्द्रकी जानकी कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी रहेका थिए । त्यस्तै विषिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख चर्तुभुज ओझा रहेका थिए । मालिका माविका शिक्षक उत्तमराज जोशीले संचालन गरेको कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम मालिका माविको प्राङगणमा आयोजना गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार