होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, माघ २, २०७८
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • एमालेमा देशकै कान्छी जिल्ला सदस्य बनिन् २३ बर्षिकी बिष्ट
बाजुरा बिशेष

एमालेमा देशकै कान्छी जिल्ला सदस्य बनिन् २३ बर्षिकी बिष्ट

  • नागरिक रैबार
एमालेमा देशकै कान्छी जिल्ला सदस्य बनिन् २३ बर्षिकी बिष्ट

नागरिक रैबार/बाजुरा ३० पुस। नेकपा एमाले बाजुराको जिल्ला कमिटिमा देशकै कान्छी समि विष्ट सदस्यमा  निर्वाचित भएकि छन् ।   चार वर्ष पहिले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को क्याम्पस कमिटी सदस्यबाट औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेकी विष्टले अनेरास्ववियु जिल्ला कमिटी सदय र पार्टीको जनवर्गिय संगठनमा रहेर भूमिका खलेकी थिइन् ।

‘कक्षा–८ देखि राजनीतिमा चासो राख्दै आएपनि परिवारले राजनीतिमा आउन दिन रोक लगाएको थियो, आफूले ३५ वर्षदेखि राजनीतिमा हुमिएर केही गर्न सकिएन्, योगदान र क्षमताको कदर हुँदैन् त्यसैले राजनीतिमा जानु हुँदैन भनेर परिवारले रोक लगाउथ्यो तर यो काल खण्डलाई पन्छ्याउँदै आफू राजनीतिमा आएको उनले भनिन् ।’

परिवारले राजनीतिमा रोक लाउँदा समेत आफू भागेर पार्टीका विभिन्न क्रियाकलापमा भाग लिने गर्थे, केही वर्ष अगाडीदेखि भने परिवारबाट सहयोग हुन थालेको विष्टले बताएकी छन् ।

विज्ञापन

बुढिगंगा नगरपालिका ७ घर भएकि बिष्ट २०७० साल देखि अखिलको राजनीतिमा सक्रिय भएकि थिईन् ।राजनीतिमा आउनुको मुख्य कारण बुवाबाट प्रभावित भएर विभिन्न काल खण्डलाई सामना गर्दै अहिले एमाले जिल्ला कमिटीको सदस्यमा आउन सफल भएको बताएकी छन् ।

२०७० सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्यमा रहेर काम गरेकी विष्टले पार्टी विभिन्न जनवर्गिय संगठन रहेर काम गर्दै आएका हुन्, पार्टीका विभिन्न क्रियाकलापमा सक्रियका साथ भाग लिने व्यक्तिका रुपमा परिचित छन् ।

जिल्ला सदस्यमा निर्वाचित भएपछि विष्टले ‘आफूलाई विश्वास गरेर छिटो समयमै यो जिम्मेवारीमा पुर्याएको छ,‘जनताको भवानाको कदर गर्न राजनीतिमा बढ्दो युवा आकर्षणलाई निरास हुन नदिने बताएकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार