होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • एमाले बाजुराको अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि छनोट
समाज

एमाले बाजुराको अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि छनोट

  • नागरिक रैबार
एमाले बाजुराको अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि छनोट

नागरिक रैबार/बाजुरा १८ पुस नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशनका लागि जिल्लाका ६९ वटै वडाबाट सर्वसम्मत प्रतिनिधी छनोट भएका छन् । पार्टीको संगठीत सदस्य संख्याको आधारमा जिल्लाका ६९ वटै वडाबाट जिल्ला अधिवेशनमा सहभागि हुने प्रतिनिधीहरु सर्वसम्मत छनोट गरिएको एमाले बाजुराले जनाएको छ ।

एमाले बाजुराका अनुसार ५० जना बराबर १ खुला, ३५ जना बराबर १ दलित, २५ जना बराबर १ जनजाति समुदायबाट प्रतिनिधी छनोट हुने मापदण्ड तय गरिएको छ । सोही मापदण्ड अनुसार सबै वडामा सर्वसम्मत प्रतिनिधी चयन गरिएको छ ।

सबै वडामा छनोट प्रक्रिया सर्वसम्मत गरिएपनि केहीमा घोषणा हुन बाँकी रहेको एमाले पार्टी प्रचार विभाग प्रमुख अमर खड्काले बताएका छन् । छनोट भएका प्रतिनिधीको नामविवरण भने आउन बाँकी रहेको उनको भनाई छ ।

विज्ञापन

नामावली विवरण आउन बाँकी रहेपनि जिल्ला संगठन विभागले नै तय गरिएको संख्याका आधारमा प्रतिनिधी छनोट गरिएको छ । जसमा बुढीगंगा र बुढीनन्दा नगरपालिकाबाट सबैभन्दा बढी ६०।६० जना प्रतिनिधी छनोट भएका छन् । भने हिमाली गाउँपालिकामा सबैभन्दा कम २३ जना प्रतिनिधी छनोट भएका छन् ।

पालिका तहबाट बडिमालिकामा, ४९, बुढीगंगा ६०, गौमुल ५३, स्वामिकात्र्तिक २८, हिमाली २१, त्रिवेणी २३, बुढीनन्दा ६०, खप्तड छेडेदह २३ र जगन्नाथबाट ३८ जना प्रतिनिधी आउने संख्या देखिन्छ ।

१।२ जनाको संख्यामा तलमाथि भएपनि सोही संख्याको आधारमा प्रतिनिधी छनोट हुने र विवरण आइसकेपछि मात्र तथ्याकं एकीन हुने संगठन विभागले बताएको छ । भोलिसम्म सबै वडाको नामावली सहीतको विवरण एकीन गरिसक्ने तयारी एमालेले गरेको छ ।

नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशनमा जिल्ला कमिटीमा रहेका ९१ जना, पालिकाबाट छनोट हुने ३५५ र पार्टीका आधिकारी २२ वटा जनवर्गिय संगठन मध्ये करिब ४५ जनाको संख्यामा प्रतिनिधीले भाग लिने छ ।

जनवर्गिय संगठनबाट १ महिला अनिवार्य हुने गरी ३ जना प्रतिनिधीत्व गराउने निणर्य गरिएको छ । यी सबै संख्या जोड्दा जिल्ला अधिवेशनमा ४ सय ८० बढी प्रतिनिधी रहने अनुमान गरिएको छ । जनवर्गिय संगठन अन्र्तगत ८ वटाबाट मात्र प्रतिनिधीत्व गराउने निणर्य पार्टीले गरेपनि जिल्लामा क्रियाशिल संगठन सबैले पाउनु पर्ने दबाब बढेको छ ।

जिल्लामा २२ मध्ये १५ बढी जनवर्गिय संगठन क्रियाशिल रहेका छन् । पार्टी निर्माण र पार्टीका पक्षमा काम गर्ने संगठनलाई नै विभेद गरिनु पर्ने र अधिवेशनमा भाग लिन पाउने अधिकारबाट वञ्चित गराउन नहुने माग संगठनका नेताहरुको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार