होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • त्रिवेणी सहकारीकाे २० औं वार्षिक साधारण सभा आजबाट सूरू
Breaking News

त्रिवेणी सहकारीकाे २० औं वार्षिक साधारण सभा आजबाट सूरू

  • नागरिक रैबार
त्रिवेणी सहकारीकाे २० औं वार्षिक साधारण सभा आजबाट सूरू

नागरिक रैबार
बाजुरा २६ कार्तिक। त्रिवेणी बचत तथा रिण सहकारीकाे २० औं वार्षिक साधारणसभा तथा सातौं अधिवेश आजबाट सूरू भएकाे छ ।
शुक्रबार एक कार्यक्रमका विच त्रिवेणीकाे सहकारीकाे २० औं साधारण सभा तथा सातौं अधिवेशनकाे बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले २० वटा बत्ति र दियाे बालेर उद्घाटन गरेका छन् । सहकारी संस्थाका अध्यक्ष अशाेक रावलकाे अध्यक्षतामा सूरू भएकाे साधारण सभाकाे उद्घाटनमा सहकारीमा आवद्ध भएका शेयर सदस्यहरुलाई दाेसल्ला सहित सम्मान समेत गरिएकाे थियाे । त्यस्तै
सहकारी मार्फत संचालन गरिएको विद्युतलाई नियमित सुचारू गर्ने कार्यमा सहयोग गरेकाे भन्दै
जिल्लाका तीन वटा सुरक्षा निकायलाई कदर पत्र र दोसल्लाले सम्मान गरिएको छ ।
साधारण सभा तथा अधिवेशनमा नेकपा एमाले जिल्ला कमिटी सदस्य दीलबहादुर कुँवर,नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य देवबहादुर रोकाया,नेकपा माओवादी केन्द्रका कार्यालय सचिव गोरख  सार्की,एकिकृत समाजवादी पाटीका सचिव पुरबहादुर रावत विशिष्ट अतिथी रहेका थिए ।
संस्थाका उपाध्यक्ष उमा रोकायाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव जनक थापाले गरेका हुन् ।
साधारण सभाको उद्घाटन कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष अशाेक रावलले प्रस्तुत गरेका थिए । कोषाध्यक्षको आर्थिक प्रतिवेदन,आर्थिक वर्ष ०७८÷०७९ को प्रस्तावित निती तथा कार्यक्रम भाेली बन्द शत्रमा पेश गरिने संस्थाका अध्यक्ष अशोक रावलले बताएका छन् ।
२०५८ सालमा स्थापना भएकाे सहकारीमा हाल १७ सय बढी सेयर सदस्य रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार