होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ११, २०७८
जोडिनुहोस
  • होमपेज
  • त्रिवेणी
  • बाजुरामा प्रशासनले तोकेको भाडादरमा जीप नचलाउने व्यवसायीको निर्णय
त्रिवेणी

बाजुरामा प्रशासनले तोकेको भाडादरमा जीप नचलाउने व्यवसायीको निर्णय

  • नागरिक रैबार
बाजुरामा प्रशासनले तोकेको भाडादरमा जीप नचलाउने व्यवसायीको निर्णय

नागरिक रैबार/बाजुरा ३० कार्तिक। बाजुरा जिल्लाका ग्रामिण सडकमा संचालन हुँदै आएका जीप व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय बाजुराले निर्धारण गरेको भाडादरमा गाडी नचलाउने निर्णय गरेको छ ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै जीप व्यवसायीहरुले प्रशासनले निर्धारण गरेको भाडादरमा जिल्लाका कुनैपनि स्थानमा गाडी नचलाउने निणर्य गरेको हो ।

यस अघि कार्तिक २२ गते जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वपक्षीय बैठकले जिल्लाभित्रका ग्रामिण सडकमा चल्ने जिपको भाडादर निर्धारण गरेको थियो । प्रशासनमा बसेको सर्वपक्षीय बैठकबाट मार्तडी-कोल्टीसम्म प्रतिकिलोमिटर १८ र धुलाचौर, पिलुचौर, जुड्डीसम्मको भाडा प्रति किलोमिटर १५ कायम गरेको थियो ।

विज्ञापन

प्रशासनले निर्धारण गरेको सो भाडादरले जिप व्यवसायीलाई मर्का परेकाेले आजबाट जिल्लाका कुनैपनि रुटमा जीप नचलाउने निणर्य गरेको जिप व्यवसायी दावा गुरुङ्गले बताएका छन् ।

जिप व्यवसायीहरुले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै व्यवसायीहरुको बाजुराका ग्रामिण भेगमा चल्ने सवारी साधानलाई भौगोलिक विकटता र सडकको समयमा नै मर्मत हुन् नसक्दा जोखिमपूणर् सडकमा जीप सेवा संचालन गर्नुपर्दा पेट्रोलियम पदार्थको मुल्य वृद्धि र गाडी मर्मत सेन्टरको कालोबजारी लाई मध्येनजर नगरी व्यवसायीलाई मात्र दवाव दिने कार्य भएकोले व्यवसायीहरुको सवाललाई मध्येनजर गरी समयमा नै सहमति पूर्ण बातावरण सृजना नगरुन्जेल जिप सेवा सुचारु नगर्ने बताएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै