होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीनन्दा
  • बाजुराको सदरमुकामसहित उच्च हिमाली क्षेत्रमा हिमपात
बुढीनन्दा

बाजुराको सदरमुकामसहित उच्च हिमाली क्षेत्रमा हिमपात

  • नागरिक रैबार
बाजुराको सदरमुकामसहित उच्च हिमाली क्षेत्रमा हिमपात

नागरिक रैबार/बाजुरा १४ पुस। बाजुराको सदरमुकाम मार्तडीसहित जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।मंगलबार साँझदेखि परेको अविरल वर्षासंगै हिमपात भएपछि यहाँको जनजिवन कष्टकर बनेको छ ।

लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने खुशी भएका छन् । सिचाई नहुँदा गहुँ बाली नलगाएका किसानलाई राहत भएको छ ।हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइका विभिन्न बालीलाई फाइदा पुगेको किसानले बताएका छन् । यो वर्षाले विभिन्न अन्नवाली,फलफूल र तरकारीलगायत किसानलाई फाइदा पुगेको जिल्ला कृर्षि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रशाद जैशीले बताएका छन् ।

जिल्लाका हिमाली गाउँपालिका बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका, त्रिबेणी नगरपालिकाका, खप्तड छेडेदह गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिकाका लेकाली भेगमा हिमपात भएपछि वस्तुभाउ घाँसको समेत समस्या भएको स्थानीयले बताएका छन् ।
हिमपातकै कारण जिल्लाका अधिकाँस ठाउँका बिद्यालयहरुको पढाई समेत प्रभाबित भएको छ ।

विज्ञापन

हिमपातका कारण बाजुरा जिल्लाको उत्तरी क्षेत्रका चार स्थानीय तह र हुम्ला, मुगु र कालिकोटका केही स्थानीय तह जोड्ने मार्तडी कोल्टि सडकखण्डमा पर्ने बडिमालिका र बुढिनन्दा नगरपालिकाको पोरखे लेकमा हिमपात हुँदा त्यो क्षेत्रमा चल्ने जीप सेवा बन्द भएको छ। सेवा बन्दा हुँदा यात्रुहरु सदरमुकामक मार्तडी र बिमान स्थल रहेको कोल्टीमा अलपत्र परेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार