होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २२ असार। बडीमालिका नगरपालिका वडा नं. ९ मा एकदिने अपाङ्गता सम्वन्धि अन्तरक्रिया गोष्ठी संचालन गरिएको छ ।बडीमालिका नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला अपाङ्ग कल्याण सेवा संघ बाजुराको आयोजनामा उक्त गोष्ठी संचालन गरिएको हो । गोष्ठीमा वडा नं. ९ का अपाङ्गता भएका व्यक्तिहरुको डाटा संकलन र उनीहरुको अवस्थाका बारेमा जानकारी गरिएको गोष्ठीका प्रशिक्षक विरेन्द्र […]
नागरिक रैबार/बाजुरा २१ असार। बडीमालिका नगरपालिका ९ को सेलाघाट बस्तीमा एक घर एक धारा निर्माण गरिएका छन् ।बडीमालिका नगरपालिका र युनिसेफ नेपालको वास कार्यक्रमको सहयोगमा उक्त बस्तीका २५ घर धुरीका लागि एक एक एक धारा निर्माण गरिएका हुन् । बडीमालिका नगरपालिका भित्र एक घर एक धारा अवधारणा अनुसार उक्त बस्तीमा मिटरसहितका धारा निर्माण गरिएको युनिसेफका […]
नागरिक रैबार/बाजुरा २० असार। बडीमालिका नगरपालिका वडा ९ को अनाईको दलित बस्ती पूरै बाढी र पहिरोको उच्च जोखिम्मा परेको छ । मार्तडी-कोल्टी सडक निर्माण गर्दा सडक निर्माण कम्पनिले जथाभावि डोजर लगाएर सडक खनेपछि सो दलित बस्तीका स्थानीयहरु रातभर जागाराम बस्दै आएका छन् । निरन्तरको वर्षा त्यसै माथि जथाभावी सडक निर्माण र अनाई खोलामा आउने बाढीले […]
नागरिक रैबार/बाजुरा १९ असार। बाजुराको सदरमुकाम मार्तडीमा खानेपानी अभाव भएको छ। एक महिनासम्म पनि धारामा पानी नआएपछि सदरमुकामका विद्यार्थी तथा होटेल व्यवसायीहरुलाई समस्या भएको छ। मार्तडी बजारमा कुनै ठाउँमा पानी आउने त कुनै ठाउँमा पानी नै नआउन थालेपछि आधा घण्टा हिँडेर थापाबाडा र बाहुली गएर खानेपानी ल्याउनु पर्ने वाध्यता सिर्जना भएको छ। पानी नआएपछि विद्युत […]
नागरिक रैबार/बाजुरा १७ असार। बडीमालिकाका नगरपालिका वडा नं ९ अनाईका बाढीपहिरो पिडित १२ दलित परिवारलाई राहात वितरण गरिएको छ । बडीमालिका मिडीया हाउसले अनाईको दलित बस्तीमै पुगेर उनीहरुलाई राहत वितरण गरेको बडिमालिका मिडिया हाउसका संचालक प्रकाश सिंहले बताएका छन् । मार्तडी-कोल्टी सडकखण्ड निर्माणका लागि भन्दै सडक निर्माण कम्पनिले सडक निर्माण गर्दा जथाभावी राखेको माटो असार […]
नागरिक रैबार/बाजुरा १७ असार। जिल्लाको बडीमालिका नगरपालिकाले सेवा क्षेत्र भित्रका विद्यालयहरु यही असार २५ गतेबाट खोल्ने तयारी गरेको छ । दोस्रो भेरियन्ट सहितको कोरोना महामारिका कारण गएको बैशाख पहिलो साताबाट बन्द रहेका विद्यालयहरु कोरोना महामारीे नियन्त्रणमा आएपछि नगरभित्रका विद्यालय खुलाउने तयारी गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा बसेको सरोकारवाला निकायको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर बिद्यालय […]
नागरिक रैबार/बाजुरा १५ असार। पहिरोका कारण जेठको अन्तिम साताबाट अवरुद्ध बनेको साँफे-मार्तडी सडक आजबाट सूचारु भएको छ । साँफे मार्तडी सडक खण्ड अन्तरगत पर्ने दवारी देखि वल्दे सम्मको सडकमा पहिरो खसेपछि सदरमुकाम मार्तडीसम्मको सडक करिव ३ सातादेखि अवरुद्ध बनेको थियो । पहिरोका कारण अवरुद्ध बनेको सडकलाई सूचारु गर्न स्काइभेटरले सडकमा खसेको पहिरो सफा गरेपछि आजबाट […]
राजेन्द्र बिक/ बाजुरा १४असार । जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ५मना मा आर्थिक बर्ष २०७७/२०७८मा वडामा संचालित योजना तथा कार्यक्रमहरुको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। बडिमालिका नगरपालिका ५नम्बर वडा कार्यालयको आयोजनामा संचालन भएको कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष बलबहादुर थापाले गर्नु भएको थियो भने कार्यक्रममा वडा बाट निर्बाचित वडा सदस्यहरु,पार्टी प्रतिनिधिहरु ,उपभोक्ता समितिका सम्पुर्ण पदाधिकारी […]
दुई वर्ष अगाडि अर्थात २०७६ जेठ ३१ गते “शान्ति, सुशासन, सम्वृद्धि र स्वाभिमान” भन्ने मुल नाराका साथ नागरिक रैबार डटकम अनलाईनको सुभारम्भ गरेका थियौं । लाटा घटाल मल्टिमिडिया प्रालिद्धारा संचालन हुने गरी नागरिक रैबार (www.nagarikraibar.com) बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका ९ माझगाउँमा प्रधान कार्यालयबाट संचालन संचालनमा रहेको छ । नागरिक रैबार डट कम पाठक, दर्शक […]
प्रकाश विक/बाजुरा ३० जेठ। बाजुराको बडीमालिका नगरपालिका वडा नं. ९ रतुडाको दलितवस्तीमा अहिले खानेपानीको चरम अभाव भएको छ । १० बढी दलित परिवार बसोबास गर्दै आएको रतुडाका स्थानीयहरु धारासंगै बग्ने सिंचाई कुलोको पानी पिउन बाध्य भएका छन् । गाउँमा धाराहरु निर्माण भएका छन् । तर अहिले धाराहरुपनि जिर्ण अवस्थामा छन् । १० वर्षपहिले खानेपानीका धाराहरु […]
नागरिक रैबार/बाजुरा २६ जेठ।जिल्लाको बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद कोइराला सरुवा भएको महिनौ वित्न लाग्दा समेत खटाएको कार्य क्षेत्रमा गएका छ्रैनन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रसाशकीय अधिकृत कोइरालालाइ पटक पटक सरुवाको परिपत्र पठाउँदा समेत बडीमालिका नगरपालिका छाेडेर कतै गएका छैनन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बडीमालिका नगरपालिकाका प्रमुख […]
नागरिक रैबार/बाजुरा २५ जेठ। मार्तडीको दुनिहाटबजारमा व्यापार व्यवसाय गर्दै आएका त्रिवेणी नगरपालिका ९ का मृतक चक्र थापाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । मार्तडीमा करिव ७ वर्षदेखि व्यापार गर्दै आएका बागलेख जनरल स्टोरका संचालक थापाको कोरोनाका कारण धनगढी आफनै निवासमा सोमबार असामयिक निधन भएको थियो । मृतक थापाको परिवारको आर्थिक अवस्था साह्रै कमजोर भएको भन्दै […]
नागरिक रैबार/बाजुरा २५ जेठ। खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले चामलमा २० प्रतिशत छुट दिएर विक्री गर्न थालेपछि खाद्य संस्थानमा चामल लिने ग्राहको भिड देखिन थालेको छ । कम्पनिले २१ जेठ बाट निषेधाज्ञाको समयलाई मध्येनजर गरी उपभोक्तालाई २० प्रतिशत छुट दिएर चामल विक्रि गर्न थालेपछि हिजो आज खाद्य संस्थानमा चामल लिने उपभोक्ताहरुको भिड नै लाग्ने […]
नागरिक रैबार/बाजुरा २५ जेठ। जिल्ला अस्पताल बाजुराको आईसोलेसन कक्षमा उपचार गराईरहेका कोरोना संक्रमितलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । बडीमालिका नगरपालिकामा संचालित युनिसेफकोे वास कार्यक्रम अन्तरगत जिल्ला अस्पतालको आईसोलेसनमा उपचार गराईरहेका कोरोना संक्रमितलाई स्वास्थ्य सामाग्री सहयोग गरेको गरिएको हो । कोरोना पोजेटिभ भई जिल्ला अस्पताल बाजुराको आईसोलेनमा उपचारारत रहेका विरामीलाई मंगलबार अस्पतालको आईसोलेन कक्षमै पुगेर […]
प्रकाश विक/बाजुरा २५ जेठ। बडीमालिका नगरपालिका वडा नं. ८ र ९ मा रहेको बाउली बजार क्षेत्रमा खानेपानीको चरम अभाव भएको छ । ५१ बढी परिवार बसोबास गर्दै आएको बाउली, अनाई र गणखेतमा अहिले खानेपानीको चरम अभाव भएको हो । बाउली बजार क्षेत्रका स्थानीयका लागि निर्माण गरिएको गुनिभर खानेपानीको ट्याकीं माथिबाट सडक निर्माण भएपछि खानेपानीको मुहान […]
नागरिक रैबार/बाजुरा २४ जेठ। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ७ आलु बालीको पकेट एरियाका रुपमा परिचित वडा हो । वडामा जिल्ला भरीकै सवैभन्दा बढी आलु उत्पादन हुने गर्दछ् । यहाँका कृषकहरुले पनि आलु उत्पादन राम्रो हुने भएपछि जमिनमा अन्य बालीको तुलनामा आलुबाली नै बढी लगाउने गर्दछन् । यस वर्ष पनि वडामा आलुको उत्पादन विगतको भन्दा […]
नागरिक रैबार/बाजुरा १८ जेठ। बाजुरा उद्योग बाणिज्य संघका द्धित्तिय उपाध्यक्ष तथा प्रल्हाद जनरल स्टोरका संचालक एंव सफल व्यवसायी धर्म रोकायाको निधनले बाजुराको सिङ्गो बजार क्षेत्र स्तब्ध बनेको छ । एकसाता अघि कोरोना सङ्क्रमित भएका रोकायालाई बाजुरामा अक्सिजन अभाव भएपछि थप उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा लगिएको थियो । उनको उपचारकै क्रममा आज दिउसो निधन भएको […]
नागरिक रैबार/बाजुरा १८ जेठ। बाजुराको सदरमुकामा मार्तडीस्थि क्रेटर जोन एकेडेमीले “जुम” मार्फत शिक्षक र अभिभावकसंग आफ्ना शिक्षक र विद्यार्थीहरुका अभिभावकसंग अन्तरक्र्रिया गर्ने भएको छ । कोभिड–१९ का कारण विद्यालय पूर्ण रुपमा बन्द भएको भएपनि शैक्षिक सत्र २०७७ को परिक्षाफल प्रकाशन र शैक्षिक सत्र २०७८ को भर्ना र कक्षा संचालनका विषयमा पहिलोपटक जुम मिटिङ्ग मार्फत शिक्षक […]
नागरिक रैबार/बाजुरा १८ जेठ। बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माद्यमिक विद्यालयका प्राचार्य शुभराज पाध्यायलाई पत्नि शोक परेको छ । उनकी पत्नि रम्भादेवी पाध्यायको कोरोना संक्रमणका कारण यहि जेठ ६ गते काठमाण्डौंमा उपचारका क्रममा ५३ वर्षको उमेरमा निधन भएको थियो । विद्यालयले आज १३ औं दिनको पुण्य तिथिको अवसरमा स्वर्गीय पाध्यायको निधनप्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्दै […]
नागरिक रैबार/बाजुरा १६ जेठ। आर्थिक वर्ष २०७८/७९ का लागि केपि ओली नेतृत्वको सरकारले जेठ १५ गते (हिजो) सार्वजनिक गरेको बजेटमा बाजुराका ९ वटा स्थानीय तहहरुका लागि २ अर्व ६७ करोड बढी बजेट विनियोजन भएको छ। आगामी आर्थिक बर्षमा बाजुराका स्थानिय तहरुका लागि सरकारको अन्र्तर सरकारी वित्तिय हस्तान्तरण माफर्त २ अर्व ६७ करोड ४० लाख रकम […]