होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँग्रेस बडीमालिकाकोे सभापतिमा युवा नेता बडुवालको दावी
समाचार

काँग्रेस बडीमालिकाकोे सभापतिमा युवा नेता बडुवालको दावी

  • नागरिक रैबार
काँग्रेस बडीमालिकाकोे सभापतिमा युवा नेता बडुवालको दावी

नागरिक रैबार/बाजुरा ९ असोज। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन तथा बाजुराको ७ औं जिल्ला अधिवेशन नजिकिएसँगै काँग्रेस बाजुराका नेताहरु उम्मेदवारी घोषणा र प्रचार-प्रसारमा तिव्र तयारीका साथ लागेका छन् ।

वडापछि नगरको अधिवेशन सूरु भएसंगै नेपाली काँग्रेस बडीमालिकाको दोस्रो नगर अधिवेशनमा नगर सभापतिका लागि नेपाली काँग्रेसका युवा नेता खडक बडुवालले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

काँग्रेसले जिल्लाका ६९ वडामा वडा अधिवेशन सम्पन्न गरेसँगै शनिबारबाट सूरु भएको पालिका स्तरीय अधिवेशनमा बडीमालिका नगरपालिकाको नगर सभापतिका लागि युवा नेता बडुवालले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

विज्ञापन

नगर सभापतिका लागि उम्मेदवारी घोषणा गरेका युवा नेता बडुवालले आगामी निर्वाचनमा काँग्रेसलाई बडीमालिका नगरपालिकामा पहिलो पार्टीका रुपमा स्थापित गर्न आफ्नो उम्मेदवारी नगर सभापतिमा रहेको दावी गरेका छन् ।

नेपाली काँग्रेस पार्टीमा पछिल्लो सयम युवा माँझ लोकपृय छवि बनाएका नेता बडुवालले नेपाल तरुण दलको बाजुरा काठमाण्डौं सम्पर्क समितिमा पनि सक्रिय भुमिका निर्वाह गरेका थिए । बडीमालिका नगरपालिका वडा नं. ६ घर भएका उनले काँग्रेस बडीमालिकामा अवको नेतृत्व युवा पुस्तालाई दिन नेतृत्व तहलाई आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार