होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका-९ को पाँच वर्षे वडा विकास योजना बन्दै
समाचार

बडीमालिका-९ को पाँच वर्षे वडा विकास योजना बन्दै

  • नागरिक रैबार
बडीमालिका-९ को पाँच वर्षे वडा विकास योजना बन्दै

नागरिक रैबार/बाजुरा ९ असोज। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ को पाँच वर्षे वडा विकास योजना निर्माण गरिने भएको छ ।
वडाको २०७८/८९ देखि ८३/८४ सम्मका लागि पाँच वर्षे वडा विकास योजना तयारी गर्न लागिएको बडीमालिका ९ का वडा सचिव गोरख बहादुर रावलले बताएका छन् ।

बडीमालिका ९ ले आफ्नो वडाको पाँच वर्षे विकास योजना बनाउनका सहयोगी संस्था जिआईजेड संगको साझेदारीमा वटा भित्रका १५ वटा टोल विकास समितिका सदस्य तथा वडाको विकासमा सरोकार राख्ने व्यक्तिहरुसंग २ दिने वडा विकास योजना तयारीका लागि कार्यशाला गोष्टीको आयोजना गरेकोे छ ।

२ दिने वडा विकास योजना तयारी कार्यशालामा वडा भित्रका टोल विकास समितिका पदाधिकारीहरुले आगामी ५ वर्षका लागि विकासका योजना तयार गर्ने भएका छन् ।

विज्ञापन

वडालाई विकासमा अगाडि बढाउन टोल विकास समितिको महत्वपूर्ण भुमिका भएकाले टोल विकास समितिका पदाधिकारीहरुसंग आगामी पाँच वर्षमा वडामा के-के योजना बनाउन सकिन्छ भन्ने बारे छलफल गरिने जिआईजेड/सिडिएसजीका विनोद प्रसाद लुहारले बताएका छन् ।

कार्यशालाको पहिलो दिन वडामा हालसम्म भए गरेका विकासका कामहरुको प्रगतिको समिक्षा र आगामी दिनमा गर्न सकिने विकासका योजनाहरुको तयारी गरीने भएको छ । कार्यशालालाई जिआईजेड/सिडिएसजीका विनोदप्रसाद लुहार र राजेन्द्र चुनाराले सहजीकरण गरिरहेका छन् ।

No description available.

२ दिन सम्म संचालन गरिने वडाको विकास योजना तयारी कार्यशाला शनिबारबाट सूरु भएको छ । वडाका कार्यवाहक अध्यक्ष विरबहादुर हमालको अध्यक्षतामा संचालन भएको उक्त गोष्ठीमा प्रमुख अतिथि नगर प्रमुख पदम बडुवाल रहेका थिए ।

No description available.

मार्तडीको डिएण्डडि होटलमा संचालन भएको कार्यक्रममा टोल विकास समितिका पदाधिकारी लगायत बडीमालिका नगरपालिकाका कर्मचारी सहित ३५ जना बढी सहभागि रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार