होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • उपप्रमुख महिला भएकै कारण बदनाम गरियो : बडीमालिका नगरपालिका
समाज

उपप्रमुख महिला भएकै कारण बदनाम गरियो : बडीमालिका नगरपालिका

  • नागरिक रैबार
उपप्रमुख महिला भएकै कारण बदनाम गरियो : बडीमालिका नगरपालिका

नागरिक रैबार/बाजुरा ६ असोज। बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टको वार्षिक मोवाइल खर्च ७२ हजार भन्ने शिर्षक सहितको समाचार प्रकाशन भएपछि नगरपालिकाले विज्ञप्ति निकाल्दै आपत्ति जनाएको छ ।

बुधबार नगरपालिकाले एक विज्ञप्ति मार्फत नेपालको संविधानको धारा २२७ मा गाउँ तथा नगरसभाका सदस्यले पाउने सेवा सुविधाका सम्वन्धमा प्रदेश कानुन बमोजिम हुने व्यवस्था अनुसार सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्वीन्ध ऐन २०७६ पहिलो संसोधन समितिको दफा ३ को उपदफा २ बमोजिम प्राप्त गरेको सुविधा सम्वन्धमा महालेखा परीक्षकको आर्थिक वर्ष २०७६/७७ को लेखा परिक्षण प्रतिवेदनको दफा २० मा उल्लेखित विवरणलाई लिएर विभिन्न अनलाईन मिडियाले जनप्रतिनिधिलाई बदनाम गर्ने दुर्नियतले व्यक्तिगत तस्वीर र शिर्षक राखेर समाचार सम्प्रेषण गरेपछि नगरपालिकाको ध्यानाकर्षण भएको जनाएको हो ।

नगरपालिकाका निमित्त कार्यकारी अधिकृत रंगमल विकद्धारा हस्ताक्षरित विज्ञप्तिमा नगर उपप्रमुखको तस्वीर राखेर विभिन्न अनलाईनले प्रसारण गरेको पत्रकार आचार संहिता २०७३ को दफा ४ को उपदफा ३ बमोजिम पेशागत मर्यादा विपरित कानुनी कारवाहीको माग गर्दछौ विज्ञप्तिमा उल्लेख छ ।

विज्ञापन

आचार संहिताको दफा ५ (२)को बर्खिलाप प्रदिवनको तथ्यलाई तोडमोड गरी ४७ जना पदाधिकारी भएको पालिकामा १ (जना) उपप्रमुख महिला भएकै कारण बदनाम र हतोत्साहित गराउने दुर्नियतले समाचार सम्प्रेषण गरेकोले कानुन बमोजिमको कारवाहीको माग गर्दै नगरपालिकाले प्रदेश कानुन बमोजिम नै पदाधिकारीले पाउने सुविधिा उपलव्ध गराएको विज्ञप्ति मार्फत स्पष्ट पारेको छ ।

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार