होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौंः आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा गर्ने गरिए पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन आइतबार काग […]
आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक बिदा सुरु भएको छ । अब सरकारी सेवा १४ कात्तिकमा मात्र सुरु हुनेछ । सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार आज सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार बिदा छ । १३ कात्तिकमा छठ पर्वको बिदा छ । सार्वजनिक सेवा १४ कात्तिकबाट मात्र सञ्चालनमा आउनेछ । यस वर्षको भाइटीका […]
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ आजबाट दोस्रो चरणको मतपत्र ढुवानी शुरु गरेको छ। पहिलो चरण अन्तर्गत प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको छ। समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभातर्फ देशभरका लागि कुल २ करोड ४ लाख २१ हजार र प्रदेश सभातर्फ २ करोड १ लाख ८४ हजार मतपत्र यसअघि नै […]
नागरिक रैबार बाजुरा ४ कार्तिक मन्दिर प्रवेश गरेकाे निहुँमा दलितमाथि कुटपिट गर्ने त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षसहित ३ जना जनही १ लाख धराैटीमा रिहा भएका छन् । उनिहरूलाई हिजाे बाजुरा जिल्ला अदालतका न्यायाधीश ढाकाराम पाैडेलकाे ईजलासले जनही १ लाख धराैटीमा रिहा गरेकाे हाे । पिडित सुनारकाे पक्षबाट सरकारी वकिलले बहस गरेका थिए […]
नागरिक रैबार बाजुरा ३ कार्तिक बावुराकाे सदरुकाम मार्तडीमा प्रथम मेयर कप फुटबल प्रतियोगिता संचालन गरिएकाे छ । समाज सुधार युवा क्लवकाे आयाेजना र बडीमालिका नगरपालिकाकाे आर्थिक सहयाेगमा संचालन गरिएकाे उक्त प्रतियोगिताकाे आज एक कार्यक्रमकाविच नगर प्रमुख अमरबहादुर खड्काले उद्घाटन गरेका हुन् । बाजुरालाई खेल क्षेत्रकाे माध्यमबाट परिचित गराउन र बाजुरेली युवाहरूलाई खेल क्षेत्रमा आकर्सित गर्न […]
सरकारले प्लास्टिकका फूलगुच्छा, मालामा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा लगेको छ । वन तथा वातावरण मन्त्रालयले १२ साउनमा देशभर प्लास्टिकका फूलगुच्छा, मालाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध लगाएकामा तिहार नजिकिँदै जाँदा कार्यान्वयनमा लगेको हो । वातावरण विभागले बिहीबार सार्वजनिक सूचना जारी गरी तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको […]
गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समापन समारोहका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउने भएका छन् । पोखरा रङ्गशालामा आज साँझ हुने राष्ट्रिय खेलकुदको भव्य समापन समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य एवं प्रतियोगिताका समारोह उपसमितिका संयोजक एकेन्द्रबहादुर कुँवरले जानकारी दिए । प्रधानमन्त्री देउवाले […]
नागरिक रैबार/बाजुरा ३ कार्तिक।बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरेको भन्दै दलित समुदायका एक व्यक्तिमाथि निर्घात कुटपिट गर्ने नाटेश्वरी मन्दिरका पुजारी रंगप्रसाद उपाध्याय पक्राउ परेका छन् । घटस्थापनाको अवसरमा नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला बुढीगंगा नगरपालिका घर भइ कञ्चनपुर बस्दै आएका टेकेन्द्र सिंह सुनारमाथि त्रिवेणी नगरपालिका ७ का […]
काठमाडौं । कपिलवस्तुमा आयोजित नेकपाको नवौं महाधिवेशनबाट महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति र ४५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य चयन भएका छन् । महाधिवेशनका निर्णयहरु काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने केन्द्रीय कार्यालय सचिव असल क्षेत्रीले जानकारी दिए । नवौं महाधिवेशन गत असोज २५ गतेदेखि विप्लवको गृहक्षेत्र […]
हाल देशको पहाडी भू-भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। तराइमा भने आज मौसम सामान्यतया सफा नै रहन्छ । भोलि भने सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी […]
सरकारले आज र भोलि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । भिटामिन ‘ए’ […]
धनगढीः सुदूरपश्चिम प्रदेशको प्रत्यक्षतर्फको मतपत्र छपाइ सकिएको छ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आवश्यक पर्ने मतपत्र छपाइ सकिएको हो। सुदूरपश्चिम प्रदेशमा १६ प्रतिनिधिसभा सदस्य र ३२ प्रदेश सभा सदस्य गरि ४८ निर्वाचन क्षेत्र छन्। मंसिर ४ गते हुने निर्वाचनका लागि सुदूरपश्चिमका दुर्गम गाउँहरूसम्म मतपत्र पुर्याइसक्नुपर्ने भएकाले चाँडै छपाइ […]
धनगढीः पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता चलिरहेको छ। प्रतियोगितामा सहभागी ६ हजार बढी खेलाडी मध्येकी सबैभन्दा कान्छी खेलाडी हुन रितिका बुमी। उनी पौडीमा सुदूरपश्चिमलाई प्रतिनिधितव गर्दै राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएकी छन्। कक्षा ४ मा अध्ययनरत रितिका पढाइसंगै पौडीमा पनि अब्बल रहेको उनका आफन्तले बताएका छन्। नवौँ राष्ट्रिय खेलकुदमा मध्यम प्रर्दशन गरिरहेकी उनले प्रदेशबाट ३६ जनालाई […]
सल्यान: सल्यानको सिद्धकुमाख गाउँपालिका १ हामपालमा अरिङ्गालको टोकाइबाट आमा छोरीको मृत्यु भएको छ। सोमवार साँझ अरिङ्गालले टोक्दा २१ वर्षीया सोभा बस्नेत बुढाथोकी र उनकी छोरी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता डीएसपी सन्तोष खनालले जानकारी दिए। उनका अनुसार, मृतक सोभाको अंकल २१ वर्षीय नबिन बस्नेतको खेतमा धान काटेर घर फर्कँदै गर्दा […]
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिता उलङ्घन गरेको विषयमा निर्वाचन आयोगले पर्वतको बाल प्राथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीलाई स्पष्टीकरण सोधेको छ ।निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसार गरेको भन्दै जिल्ला निर्वाचन कार्यालयले २४ घण्टे स्पष्टीकरण मागेको हो । फलेवास नगरपालिका–४ मा रहेको विद्यालयका शिक्षक तिवारीले […]
नागरिक रैबार बाजुरा ३१ असाेज चाैथाे संस्करणको छेडेदह फुटबल कपकाे उपाधि पनि कन्सर्न बाजुराले उचालेकाे छ । छेडेदह स्पाेर्टस् क्लकाे आयाेजनामा असाेज २६ गतेदेखि संचालन भएकाे उक्त प्रतियाेगितामा रानिवन स्पाेर्टस् क्लवलाई ३-२ काे अन्तरले पराजित गर्दै यस वर्षकाे उपाधि पनि जितेकाे हाे । चाैथाे टेडेदह कपकाे विजेता बनेकाे कनर्सन बाजुराले २ लाख ३३ हजार ३ […]
नागरिक रैबार बाजुरा ३० असाेज। नेकपा एमालेले प्रदेश निर्वाचन क्षेत्र (ख) काे बडीमालिका नगरपालिका ७ बाट चुनावी प्रचारप्रसार अभियान सूरू गरेकाे छ । एमालेबाट प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का उम्मेदवार लालबहादुर थापा नेतृत्वकाे टाेलीले बडीमालिका ७ मा रहेका ढम्कने, रजाताेली, जिल्ली र सिराढीका जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेकाे प्रचारप्रसार अभियानमा सहभागि प्रेस चाैतारी बाजुराका […]
धनगढी: बझाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको बित्थडचिर गाउँपालिका वडा नम्बर २ मा ट्याक्टर दुर्घटना भएको हो। २३ वर्षीय करन बोहराले चनाएको शनिबार सुपप्र०१–००२प ४९३० नम्बरको ट्याक्टर दुर्घटनामा २ जना घाइते भएका थिए। सोही ठाउँका चालक करन बोहरा, २८ वर्षीय निरज बोहरा घाइते भइ डडेल्धुरा अस्पताल रेफर गरिएको थियो। उपचारका क्रममा चालक बोहराको […]
डेङ्गु सङ्क्रमण ७७ वटै जिल्लामा फैलिएको छ। डेङ्गुबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। गत साउनदेखि हालसम्म ३८ हजार नौ सय १८ जनामा डेङ्गु पुष्टि भएको छ। डेङ्गु सङ्क्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार शनिबार ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक हजार ७६३ […]
यस वर्षको मनसुन आजबाट क्रमशः बाहिरिँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन बहिर्गमन सम्बन्धी विशेष मनसुन बुलेटिन निकालेर देशको प्रदेश नम्बर १ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको जनाएको हो ।नेपालको बाँकी भू–भागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । सरदरमा अक्टोबर […]