होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । काभ्रेपलाञ्चोक (काभ्रे)मा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बेथानचोक गाउँपालिका-४ चलालमा बुधबार राति साढे १ बजे पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए […]
नागरिक रैबार/बाजुरा ३० भदौ। जिल्ला स्वास्थ्य कार्यालय बाजुराले दोस्रो चरणका फाईजर खोप संचालन गर्ने भएको छ । पाँच बर्ष मुनिका बालबालिकाको लागि जिल्ला भरी दोस्रो चरणको फाईजर खोप लगाईने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले जानकारी दिए । जिल्लामा संचालन गरीने खोप पाँच वर्षमुनिका उमेर समूहका बालबालिकाको लागि प्रयोगमा ल्याइएको छ । जिल्लामा पनि स्वास्थय […]
बैतडी: नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ। छनोट आगामी सात गतेसम्म सञ्चालन हुनेछ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का अनुसार छनोट प्रतियोगितामा फुटबल, क्रिकेट, कबड्डी, भलिबल, बास्केटबल, ह्यान्डबल, ब्याडमिन्टन, टेवलटेनिस, कराँते, भारत्तोलन, बक्सिङ, उसु, तेक्वान्दो, खो खो, बुद्धिचाल, कुश्तीलगायत खेल समावेश गरिएको छ। छनोट प्रतियोगिता कैलाली र कञ्चनपुरमा सञ्चालन हुने छन्। प्रदेशस्तरीय […]
काठमाडौं।नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ । नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो । यसको औपचारिक सार्वजनिक भने दिउँसो सञ्चार तथा […]
काठमाडौं: स्वास्थ्य बीमा बोर्डले करार सेवामा जनशक्ति भर्ना गर्ने भएको छ। बोर्डले बिहीवार एक सूचना जारी गर्दै विभिन्न पदमा २२ जना कर्मचारी माग गरेको छ।
डोटी: डोटीको झिंग्रानामा पहिलो पटक बिजुली बत्ती पुगेको छ। पूर्वीचौकी गाउँपालिका–२ मा रहेको झिंग्राना पूर्वीचौकी गाउँपालिको पहलमा विद्युत् प्राधिकरण डोटी वितरण केन्द्रले राष्ट्रिय प्रसारणको थ्रीफेज विद्युत् लाइन विस्तार गरेको हो। प्रयटकिय क्षेत्र खप्तड जाने बाटोमा पर्ने उक्त बस्तीमा बत्ती पुगेपनि पर्यटकहरुका लागि पनि सहज हुनेछ। विद्युत् विस्तार भएसँगै सो बाटो भएर खप्तड जाने पर्यटकसँगै त्यस […]
धनगढी: मनसुनी न्यून चापिए रेखा नेपाल नजिक आउँदै गरेको र पश्चिमी वायुको प्रभावले आगामी ५ दिनसम्म देशभरी मौसममा फेरबदल हुने सम्भावना रहेको छ। आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका प्रभावले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी भू–भागका केही […]
नागरिक रैबार/बाजुरा २९ भदौ। बाजुरामा ५८ औं राष्ट्रिय बालदिवस भव्य कार्यक्रम गरेर मनाएको छ । ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने मुल नाराका साथ बाजुराका ९ वटै स्थानीय तहका विद्यालयहरुले विभिन्न कार्यक्रम गरेर सो दिवस भव्यताका साथ मनाएका हुन् । दिवसकै अवसर पारेर बाजुराको बडीमालिका नगरपालिकामा रहेको मालिका माविले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु विच […]
काठमाडौँ — ठूला मुद्दा, ‘लार्जर द्यान लाइफ चरित्र’, भारी भरकम संवादबिना पनि सरल र सहज ढंगले कथा भन्न सकिन्छ भन्ने कथ्यलाई प्रमाणित गर्ने फिल्म बनेको छ, ‘ऐना झ्यालको पुतली’ । सुजित बिडारी निर्देशित यो फिल्ममा साधारण तरिकाले सामान्य कथालाई मिहीन ढंगबाट भनिएको छ । दिदी विद्या र भाइ वसन्तको सम्बन्धमा आधारित छ फिल्म । पढाइमा […]
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेको साहित्य, कला तथा संस्कृति विभाग सदस्यमा मनोनित भएकी छन् । गत चैतमा एमाले प्रवेश गरेकी अभिनेत्री मानन्धरलाई एमालेले विभाग सदस्यको जिम्मेवारी दिएको हो । यो विभागका प्रमुख रघुजी पन्त छन् भने सचिव राजेश थापा छन् । ‘करिश्मा मानन्धरलाई विभागको सदस्य मनोनित गर्नु भन्ने निर्देशन आएपछि गरिएको हो,’ विभागका […]
काठमाडौं । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठकमा दुई देशबीच बाँकी रहेका सीमाका कामलाई द्विपक्षीय संयन्त्रमार्फत टुंग्याउने विषयमा छलफल भएको छ । भारतको नयाँ दिल्लीमा मंगलबार सम्पन्न दुई देशका परराष्ट्र सचिवहरूको बैठकले उक्त निर्णय गरेको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । ‘बैठकमा उहाँहरूबीच सीमाका विषयमा छलफल भयो । उहाँहरूले द्विपक्षीय संयन्त्रमार्फत सीमाका बाँकी काम पूरा गर्ने विषयमा […]
०७४ को प्रतिनिधि र प्रदेशसभाको बन्द सूचीमा नाम समावेश भएका उम्मेदवारहरू आउँदो निर्वाचनमा फेरि बन्द सूचीमा बस्न पाउने भएका छन् । निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलबीच बुधबार भएको सहमतिअनुसार ०७४ को बन्द सूचीमा रहेका व्यक्ति आउँदो निर्वाचनमा फेरि बन्द सूचीमा बस्न पाउने भएका हुन् । सबै दलको सहमतिमा समानुपातिक तर्फको बन्द सूचीमा उम्मेदवार रहेका […]
काठमाडौं । अन्तरजातीय प्रेमको कथावस्तुमा आधारित फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । देवेन्द्र पाण्डे निर्देशित फिल्मले दलित युवक र ब्राम्हण युवतीबीचको प्रेम, विवाह र त्यसपछि आउने सामाजिक उतारचढावको कथालाई पेश गर्छ । अभिनाश न्यौपाने र श्रेया कार्की प्रमुख भूमिकामा छन् । ट्रेलरले रुकुम चौरहजारी घटना प्रकरण सम्झाउँछ । उक्त घटनामा […]
नागरिक रैबार/बाजुरा २९भदौ। नेकपा माओबादी केन्द्र बाजुराले आसन्न मसिंर ४ गते हुने प्रदेश र केन्द्रको निर्बाचानका लागि प्रतिनिधी छनौट गरेको । नेकपा माओबादी केन्द्र बाजुराले प्रतिनिधी सभा र प्रदेशका उम्मेदवार छनौटमा एक एक जनाको नाम सिफारीस गरेको छ । प्रतिनिधी सभाका लागि संबिधान सभा सदस्य तथा नेकपा माओबादी केन्द्र बाजुराका इन्चार्ज कणर् बहादुर बिक (केशव) […]
बाजुरा । जिल्लाको बडिमालिका नगरपालिकामा बालबालिका विनाको बालदिवस मनाईएको देखिन्छ । बालदिवसमा बालबालिका नभई सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधीहरुको मात्र बढि सहभागिता रहेको थियो । बालदिवसमा बालबालिकाको बढि भन्दा बढि सभागिता हुनपर्ने भएता पनी तर बडिमालिका नगरस्तरिय बाल संजालले आयोजना गरेको कार्यक्रममा बालबालिकाको सहभागिता रहेको थिएन । “बालमैत्री समाजको आधार ,जिम्मेवार परिवार उत्तरदायी सरकार” याे […]
कार्यक्रममा समता फाउण्डेसनद्वारा दलित समुदायको ०७८ सालको मानव अधिकारको अवस्थाबारेको अध्ययन प्रतिवेदन ‘दलित मानव अधिकार पुस्तक–२०७८’ सार्वजनिक गरिएको छ । सो प्रतिवेदनले ०७८ सालमा जातकै आधारमा विभिन्न प्रकृतिका ८८ वटा मानव अधिकार उल्लंघनका घटना भएको देखाएको छ । सो वर्ष जातीय भेदभावकै आधारमा ५ जनाको हत्या भएको छ भने २५ जना दलित महिला, किशोरीहरूमाथि जबरजस्ती […]
काठमाडौं । मकवानपुरका प्रतिनिधिसभाका दुई क्षेत्रमा कांग्रेस र एकीकृत समाजवादीवीच १/१ सिट भागवण्डा गर्ने आन्तरिक सहमति बनेको छ ।कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई स्थान सुरक्षित गर्ने गरि सहमति बनेको छ । डिना र खतिवडाको क्षेत्र मकवानपुर २ भएकाले एक जनालाई क्षेत्र नम्बर १ मा उम्मेदवार बनाउन लागिएको हो । […]
एजेन्सी: भारतमा कोरोना भाइरसबाट थप पाँच हजार सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा पाँच हजार एक सय ८ जना नयाँ सङ्क्रमित भएका हुन्। भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ४५ हजार सात सय ४९ रहेको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा पाँच हजार ६७५ […]
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से करिब साढे २ प्रतिशतले वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से ४७.४४ अंक (२.४५ प्रतिशत) ले वृद्धि हुँदा १९८१.४८ अंकमा बन्द भएको छ । गत साताबाट लगातार ६ कारोबरा दिनसम्म घटेर करिब १९०० को बिन्दु नजिक झरेको नेप्से २८ भदौ मंगलबारबाट भने सुधार […]
काठमाडौं । पूर्वन्यायाधीश फोरमले संसदको कार्यकाल सकिँदैमा प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग निष्क्रिय नहुने बताएको छ । चुनावपछि आउने नयाँ प्रतिनिधिसभाले पनि यो महाअभियोगलाई स्वीकार गरेर जबरा दोषी हो वा निर्दोष हो भन्ने टुंगो गर्नुपर्ने फोरमले बताएको छ । जबराविरुद्ध १ फागुन २०७८ मा दर्ता भएको महाअभियोग प्रस्ताव हाल सिफारिस समितिमा विचाराधीन छ । […]