होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • निर्माण व्यवसायी संघ बाजुराको अध्यक्षमा पुन: शाही चयन
समाचार

निर्माण व्यवसायी संघ बाजुराको अध्यक्षमा पुन: शाही चयन

  • नागरिक रैबार
निर्माण व्यवसायी संघ बाजुराको अध्यक्षमा पुन: शाही चयन

नागरिक रैबार।निर्माण व्यवसायी संघ बाजुराको अध्यक्षमा वीरेन्द्र बहादुर शाही निर्वाचित भएका छन् । संघको मार्तडीमा सम्पन्न छैटौ जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत निर्वाचित भएका हुन् । शाही यस अघि पनि संघको जिल्ला अध्यक्ष नै थिए ।
जिल्ला अधिवेशनले अध्यक्षमा वीरेन्द्र बहादुर शाही सहीत प्रथम उपाध्यक्ष सुरत शाह, द्धितीय उपाध्यक्ष दीपा बोहरा, महासचिव रमबहादुर शाही, सचिव हिमाल बहादुर शाह, कोषाध्यक्ष रोशन प्रसाद श्रेष्ठलाई सर्वसम्मत निर्नाचित गरेको छ ।
यस्तै सदस्यमा गोपाल खड्का, दिर्घ थापा, शंकर बोहरा, विष्णु बहादुर रावल, योगेन्द्र थापा निर्वाचित भएको निर्वाचन अधिकृत मदनराज जैशीले बताएका छन् । १२ सदस्यीय जिल्ला समितिमा केही सदस्य समितिको बैठकबाट थप गर्ने संघले बताएको छ ।
निर्माण व्यवसायमा आवद्धहरुको छाता संस्थाका रुपमा रहेको निर्माण व्यवसायी संघको जिल्ला अधिवेशनको प्रमुख अतिथि उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकाया रहनु भएको थियो । अध्यक्ष वीरेन्द्र बहादुर शाहीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा करिब तीन दर्जन बढी निर्माण व्यवसायीहरु सहभागि थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार