होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चेतन अयडी घटना: एक युवतीसहित २ जना पक्राउ
समाचार

चेतन अयडी घटना: एक युवतीसहित २ जना पक्राउ

  • नागरिक रैबार
चेतन अयडी घटना: एक युवतीसहित २ जना पक्राउ

बाजुराको त्रिवेणी नगरपालिका ७ का अनेरास्ववियुका नेता चेतन दिप ऐडीको घटनाका आरोपित मध्ये २ जनालाई पक्राउ गरिएको छ। बाजुरा प्रहरीकाअनुसार बिहीबार बिहान प्रहरीले त्रिवेणी नगरपालिका ७ बस्ने २७ वर्षीया रुपा चौधरी ऐडी र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर पक्राउ गरेको हो।

गत मंसिर ४ गते मतदान सम्पन्न पछि घरमा सुतिरहेका अयडीको घरभित्रै गएर काँग्रेस कार्यकर्ताले कुटपिट गरेर विभत्स हत्या गरेको भन्दै चेतनका बुवा गगन अयडीले २२ जनाको नाममा किटानी जाहेरी दिएका थिए ।

सोमबारबाट बाजुरामा अनेरास्ववियुले चेतन हत्यामा संलग्नहरुलाई कारवाहीको माग गर्दै यहाँका शैक्षिक संस्था, सडक, सरकारी कार्याल्यहरु बन्द गरेको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा एमालेका प्रतिनिधि सभाका उम्मेदवार कणर्बहादुर थापासहितको टोलीले आज सदरमुकाम मार्तडीमा चेतन अयडीको हत्यामा संलग्न रहेकाहरुलाई कारवाहीको माग गर्दै आन्दोलन गरेर मतगणना स्थलमा धर्ना दिएका छन् ।

विज्ञापन

बाजुरामा निर्वाचनका क्रममा काँग्रेसले बुथ कब्जा गरेर फर्जी मत खसालिएका १७ वटा मतदान केन्द्रको निर्वाचन रद्द गरी पुनः मतदान गर्नुपर्ने नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा एमालेका प्रतिनिधि सभाका उम्मेदवार कणर्बहादुर थापाले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार