होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २४ बैशाख। जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं. ९ मा हिजो भएको घटनामा सलग्न २ जना काँग्रेसका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा प्रत्येक्ष संलग्न भएको भन्दै नेपाली काँग्रेसका नरेन्द्र सार्की र केशब कार्कीलाई प्रहरीले प्रक्राउ गरेर सदरमुकाम ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन । पाण्डुसेन […]
आसन्न स्थानीय तहको निर्वाचन गराउने प्रयोजनका लागि कैलाली जिल्लाका सबै १३ पालिका तहमा चार हजारभन्दा बढी कर्मचारी खटाउन लागिएको छ । आवश्यक निर्वाचन सामग्रीसहित जिल्लाका सबै २३६ मतदानस्थलका ६१९ मतदान केन्द्रका लागि मतदान अधिकृत र त्यत्तिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटाउन लागिएको छ । ५०० मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी र ५०० भन्दा बढी […]
जिल्लाको महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी जिल्लाको महत्वपूर्ण मानिएको क्षेत्र कारागार कार्यालय चितवन र भरतपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार निर्वाचनलाई लक्ष्य गरी जिल्ला सुरक्षा समितिको वैशाख १५ गतेको निर्णयानुसार महत्वपूर्ण निकायमा सेनाले सुरक्षाको जिम्मेवारी लिएको हो […]
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा निर्धारण भएकाले सोको पालना गर्न आग्रह गरेको छ । आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ मा निर्वाचनमा दल वा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन […]
नागरिक रैबार/बाजुरा २४ बैशाख।नेकपा एकिकृत समाजवादी बाजुराका सचिव पुरबहादुर रावत र बुढीनन्दा नगरपालिका वडा नं. ९ का वडा अध्यक्षका उम्मेदवार खड्क बोहरामाथि खुकुरी प्रहार भएको छ । नेकपा एकिकृत समाजवादी पार्टीबाट बुढीनन्दा नगरपालिका ९ को वडा अध्यक्षका उम्मेदवार बोहरा र जिल्ला सचिव रावतमाथि नेपाली काँग्रेसका कार्यकर्ताले खुकुरी प्रहार गरेर घाईते बनाएको नेकपा एसले बाजुराले बताएको […]
अछाम -अछाममा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको रामारोशन गाउँपालिका-४ बाटुलासैन छडेनाका सर्प विककी श्रीमती अम्बकला विकको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । अम्बकला बिरामी भएको थाहा पाएपछि एमाले टोलकमिटी गोविन्द विकको अगुवाइमा मोहन विक, जुनपुरा विक, मोती विक, ईश्वरी विकलगायतले स्टेचरमा तीन घण्टा बोकेर स्वास्थ्य चौकी पुर्याएका थिए […]
काठमाडाैँ – बोल्न नसक्ने १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा आज एक व्यक्तिलाई १५ वर्ष कैद सजाय भएको छ ।जिल्ला न्यायाधीश इश्वरमणि ओझाको इजलाशले अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ मट्टिगढाका २० वर्षीय आशारामलाई १५ वर्ष कैद सजायको फैसला सुनाएको हो । उनलाई कैद सजायका साथै पाँच लाख क्षतिपूर्ति भराउने फैसलासमेत भएको जिल्ला अदालतका सूचना अधिकारी भरतमणी […]
नागरिक रैबार/बाजुरा २३ बैशाख। बाजुराको बुढिनन्दा नगरपालिका ९ पाँण्डुसेनमा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजवादी पार्टीका कार्यकर्ताविच दोहोरो झडप भएको छ । झडपमा १६ जना प्रहरी र अन्य ४ जना गरी २० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ। काँग्रेस कार्यकर्ताले चौकी आक्रमण गर्न खोज्दा १६ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय […]
काठमाडौं । चैत २२ गते बसेको स्वागत नेपाल नेतृत्वको दल उन्नत लोकतन्त्र पार्टीले अभिनेता भुवन केसीलाई स्थानीय चुनावमा काठमाडौंको मेयर पदमा उठाउने निर्णय गर्यो । त्यसको भोलिपल्टै केसीले अधिवक्ता समेत रहेका नेता नेपालसँग सामान्य कुराकानी मात्र भएको, तर कुनै निर्णय नभएको बताए । विगतमा एमालेमा रहिसकेका भुवनले गत सातासम्म राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा प्रवेश गर्ने […]
काठमाण्डाै – जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान गरेकाे छ । आज शुक्रवार काठमाण्डाैमा आयोजित मनसुन सिजनको हावापानी आँकलन कार्यक्रममा विभागले यस वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान गरिएकाे जनाएको हो । विभागको अनुमानअनुसार आउँदाे जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा देशका धेरैजसाे ठाउँमा सरदरभन्दा […]
काठमाडौँ । सरकारले आगामी जेठदेखि साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय स्वास्थ्य संस्था (अस्पताल)मा पनि बिदा दिने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको निर्णयअनुसार दुई दिन सार्वजनिक बिदाअनुसार नै स्वास्थ्य संस्था (अस्पताल)मा पनि बिदा दिने तयारी गरेको हो । मन्त्रालयका डा रोशन पोखरेलले सरकारको निर्णयअनुसार मन्त्रालयले पनि अस्पतालमा दुई […]
जुम्ला । जुम्लाको हिमा गाउँपालिकामा विगत एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । समस्या आएको एक हप्ता बितिसक्दा पनि सुधार नभएपछि हिमा गाउँपालिका एक सातादेखि सम्पर्क विहीन बनेको हो । नेपाल टेलिकमका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको रिपिटर टावरको हर्नमा क्षति भएपछि टेलिफोनमा समस्या आएको हा । जसका कारण नजिकिँदै गरेको स्थानीय तहको निर्वाचन […]
नागरिक रैबार बैशाख २३ बाजुरा । जिल्लाको गौमुल गाउँपालिकामा रहेको निर्वाचन अधिकृत कार्यालयको परिसरमै नेकपा एमालेले झण्डा लगाएर निवार्चन आचार संहिताको ठोडो उल्लघन गरेको पाईएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले गौमुल गाउँपालिकाको निर्वाचन अधिकृतकको कार्यलय नजिकै आफ्ना पार्टीका झण्डाले पुरै छाएर निर्वाचन आचारसंहिताको धव्जी उडाएको छ । निर्वाचन आचारसंहिता […]
नागरिक रैबार बैशाख २३ बाजुरा । बाजुरा जिल्लाकाे बडिमालिका वडा ९मा नमुना मतदाता निर्वाचनमा लैङ्किक सचेतना सम्वधमा महिलाहरु संग छलफल गरिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बदरमत गर्ने उद्ेश्यले नमुना मतदान कार्यक्रममा छलफल गरेको हो । विगतको निर्वाचनमा जस्तो यस पटक मतदाता शिक्षा पनि नभएकाले नागरिकमा मतदान प्रति सचेतना ल्याउन स्थानीय […]
काठमाडौं । अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ । दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त छन् । त्यो जनसङ्खया देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी हो । करीब ९७ प्रतिशतभन्दा बढी अफगानीहरू खाद्यान्न अभावबाट प्रभावित रहेको पनि संयुक्त राष्ट्रसंघले जनाएको छ । गत वर्ष अगस्टमा तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि जीवनयापन र खाद्यान्नको मूल्य […]
काठमाडौं । जिम्बोवे ए विरुद्ध पहिलो एकदिवसीय खेलमा घरेलु टोली नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले दिएको १३७ रनको लक्ष्य जिम्बावे ए ले २६ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्यो । जिम्बावेका लागि ओपनर इन्नोसेन्ट काईयाले एक छेउबाट पारी सम्हाल्दै अविजित रहेर सर्वाधिक ४८ रन बनाए । ४८ बलमा उनले चार चौका […]
धनगढीः नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणाले धनगढीका स्थानीयलाई फ्रि भिसा र फ्रि टिकटमा मलेसिया पठाउने बताएकी छन्। शुक्रबार धनगढीमा एक वडास्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। ‘सुदूरपश्चिम पछाडि परेको क्षेत्र हो,’उनले भनिन्, ‘हामीले यहाँ विशेष ध्यान दिन्छौ। कांग्रेसलाई जिताउनुस्। सबैलाई त हामी गर्न सक्दैनौ। तर, दुख पाएकाहरु एक-दुई […]
काठमाडौं । मोरङको बेलबारीमा राप्रपाबाट मेयर पदका उम्मेदवार रहेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ । गौतमले घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको प्रहरी उपरीक्षक शान्तिराज कोइरालले जानकारी दिए । प्रहरीका अनुसार बेलबारी नगरपालिका वडा नम्बर २ का उनी होटल व्यवसायी पनि हुन् । गए राति २ बजेतिर घटनाको […]
काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि कर्मचारीले खटिन इन्कार गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न निर्देशन दिएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा ७ मा आयोगले स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचनको कामका लागि कुनै पनि सरकारी वा संस्थानका कर्मचारीलाई सहयोग लिन […]
नागरिक रैबार बाजुरा २३ बैशाख । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ९ मा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजबादीका कार्यक्रता बिच दोहोरो झडप भएको छ ।एकिकृत समाजबादीका कार्यक्रताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली काँग्रेसका कार्यक्रताहरुले ढुगांमुढा प्रहार गरेपछी दोहोर झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन । एकिकृत […]