होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भाइलाई हराउँदै दाजु वडाध्यक्षमा निर्वाचित
समाचार

भाइलाई हराउँदै दाजु वडाध्यक्षमा निर्वाचित

  • नागरिक रैबार
भाइलाई हराउँदै दाजु वडाध्यक्षमा निर्वाचित

१ जेठ, इलाम । इलामको रोङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका मनोहरि खड्का निर्वाचित भएका छन् ।नेकपा एमालेबाट उम्मेदवार मनोज खड्कालाई १२२ मतले पराजित गर्दै मनोहरि निर्वाचित भएका हुन् । मनोहरिले ६१० मत पाउदा मनोजले ४८८ मत पाएका छन् । मनोज र मनोहरि दाजुभाइ समेत हुन् ।

अन्य सदस्यमा एमालेकी दलित महिला उम्मेदवार लक्ष्मी नेपालीबाहेक सबै पद नेपाली कांग्रेसले हात पारेको छ । वडा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार मनमाया राई, रेशबहादुर राई र हेमु थापा निर्वाचित भएका छन् ।

त्यसैगरी वडा नम्बर १ को मत गणना सकिदा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुवास तामाङले २१३ मतको अग्रता बनाएका छन् । एमालेको मेहरमान तामाङले ४८४ मत ल्याउदा नेपाली कांग्रेसका सुवास तामाङले ६९७ मत पाएका हुन् ।

विज्ञापन

त्यस्तै उपाध्यक्ष पदमा पनि नेपाली कांग्रेसको अग्रता रहेको छ । एमालेको उम्मेदवार विष्णु खवास भन्दा नेपाली काग्रेसको कल्पना खनाल भण्डारीले ५१ मत बढी पाएकी छन् । कल्पनाले ६११ मत र विष्णुले ५६० मत पाएको विवरण प्राप्त भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार