होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, २३ बैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २१ वर्ष पुरा गरी २२औं वर्षमा प्रवेश गरेको छ । २२औं वार्षिकोत्सवको अवसरमा नेपाल लाइफले देशभरी विभिन्न ९ ठाउँमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ […]
काठमाडौं । छायांकन भइरहेको फिल्म ‘२ नम्बरी’मा सौगात मल्लको पात्र लुक्स सार्वजनिक भएको छ । नायिका उगेन छोदेनले सामाजिक सञ्जालबाट सौगातको लुक्सलाई बाहिर ल्याएपछि निर्माण पक्ष असन्तुष्ट बनेको छ । उगेनले सौगातको चरित्र हुलियाका दुई तस्वीर सार्वजनिक गरेकी हुन् । सौगातको ग्याङस्टर लुक्सको हेयरस्टाइल तस्वीरमा देख्न सकिन्छ । फिल्मको दृश्य छायांकन सकिएपछि नायिका छोदेनले मुख्य […]
वैशाख, ताप्लेजुङ। प्रहरीले बुवाआमाको हत्या गरेको अभियोगमा छोरालाई पक्राउ गरेको छ ।ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बुलाई खुकुरीसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनले ७० वर्षीय बुवा बीर्ख बहादुर लिम्बु र ७२ वर्षीया आमा थिपरानी लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेका उनीमाथि प्रहरी चौकी […]
दाङको लमही नगरपालिकाबाट प्रहरीले घरेलु पेस्तोल र घरेलु हतियारसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ घर भएका २० वर्षीय सोमु विक, रुपन्देही घर भएका ४० वर्षीय रुकमान सुनार उर्फ कमल र दाङ घर भएका ७३ वर्षीय मुमबहादुर घर्ती मगर छन् । उनीहरुको साथबाट घरेलु पेस्तोल १ थान, फलाम पिट्न प्रयोग हुने फलामको […]
डोटी : जिल्लाका विभिन्न जङ्गलमा यतिबेला काफल पाकेर राताम्मे भएका छन्। अहिले काफल टिपेर धमाधम बिक्री गर्न थालिएको छ। जङ्गलमा पाकेका काफल टिपेर स्थानीयवासीले बिक्री वितरणका लागि राजमार्ग तथा बजार लैजाने गरेका छन्। काफल टिपेर बिक्री गर्न थालेपछि उनीहरुको आम्दानीको स्रोत गतिलो बन्दै गएको छ। यतिमात्र नभई यहाँको एकमात्र प्रमुख पहाडी राजमार्ग भीमदत्त राजमार्गका विभिन्न […]
काठमाडौं । ८ देखि १९ मेसम्म टर्कीको इस्तानबुलमा हुने आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिव टंकलाल घिसिङले विदाई गरेका छन् ।८३ देशका १९३ खेलाडीले प्रतिस्पर्धा गर्ने विश्व च्याम्पियनसिपमा नेपालबाट ४ खेलाडी, दुई प्रशिक्षक र एक व्यवस्थापकको सहभागिता रहनेछ । नेपाली टोलीमा ४८ केजीमुनी तौलसमूहमा सुष्मा तामाङ, […]
काठमाडौं । स्थानीय तहको निर्वाचन हुने दिन ३० वैशाखमा आन्तरिक तर्फका उडान नहुने भएको छ । बुद्ध एयरले ट्राभल एलर्ट जारी गरी यस दिन उडान नहुने जानकारी गराएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार समेत सो दिन कम्पनीका कुनै पनि उडान हुने छैनन् । निर्वाचनको दिन सबै सार्वजनिक यातायात बन्द हुने छन् । […]
काठमाडौं। सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमार्फत डा. भट्टराईले गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। उनले गठबन्धनमा यस्तो अवस्था देखिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे। शीर्ष नेतृत्वको यस्तो भूमिकाले लोकतन्त्रलाई बलियो नबनाउने उनको भनाई […]
धनकुटाको साँगुरीगढी गाँउपालिका–३ सल्लेनी डाँडामा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा साँगुरीगढी–३ मदेन टोलका अन्दाजी ३८ वर्षीय ईन्द्रबहादुर याखा रहेका छन् । कुशेटारबाट मदेनतर्फ आँउदै गरेको याखाले चलाएको को २८ प ७४७१ मोटरसाइकल अनियन्त्रित भई गएराती पौने १२ बजे दुर्घटनामा परेको थियो । मोटरसाइकल सडकबाट अन्दाजी ५०० मिटर तल […]
मुगु । मुगुको सोरु र मुगुम कार्मारोङ गाउँपालिकामा सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल छ । मुगुको एक मात्र नगरपालिका छायानाथ रारामा माओवादी र एकीकृत समाजवादीले तालमेल गरेका छन् । सोरुमा समाजवादी र माओवादीको साथ पाएको कांग्रेस यहाँ एक्लै छ । खत्याड गाउँपालिकामा माओवादी र कांग्रेसले गठबन्धन गरेका […]
काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि छापिएका सबै मतपत्र ढुवानीको काम आज सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले आवश्यक सम्पूर्ण मतपत्र छपाइको काम सकिएको र ती मतपत्र आजसम्ममा सबै जिल्लामा ढुवानी गरिसक्ने जानकारी दिएका हुन् । आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो […]
बारा — बाराका पत्रकार वीरेन्द्र साहको हत्या भएको १५ वर्ष पुग्न लाग्यो । पत्नी उमरामवतीले न्यायका लागि संघर्ष थालेको पनि उति समय भयो । तर, अहिलेसम्म उनले न्यायको महसुस गरेकी छैनन् बरु हत्यामा संलग्न माओवादी कार्यकर्तालाई राज्यका निकायले दिइरहेको एकपछि अर्को सहुलियतले उनलाई थप एक्लो र असहाय बनाएको छ । माओवादी शान्ति प्रक्रियामा आइसकेको अवस्थामा कार्यकर्ताहरू लालबहादुर चौधरी, […]
डडेल्धुरा : डडेल्धुरा अस्पतालमा क्यान्सर पत्ता लगाउन गरिने जाँच अर्थात ‘हिस्टो प्याथोलोजी’ सेवा सुरु भएको छ। अस्पतालको ल्याबमा उक्त जाँच गर्न आवश्यक मेशिन राखेसँगै उक्त सेवा सुरु भएको प्याथोलोजिस्ट डा. रतन शाहले बताए। उनका अनुसार यो सेवा प्रदेशमै पहिलोपटक डडेल्धुरामा सुरु भएको हो। उक्त परीक्षणबाट क्यान्सर हुनसक्ने विशेष दागहरू र शरीरका विभिन्न अंगमा भएका संक्रमणहरु […]
बैतडी: बुधबार आएको हावाहुरीले बैतडीको पुर्चौडी नगरपालिका–७ ऐरीगाउँ दलित टोलमा रहेको लटिनाथ आधारभुत बिद्यालयको छानो उडाएको छ। वर्षासँगै आएको हावाहुरीले उक्त विद्यालयको दुई कोठाको जस्तापाता उडाएको हो। अहिले विद्यालय बन्द भए पनि स्कुल खुल्ने बेला वर्षात हुने भएकाले बालबालिकाको पठनपाठनमा समस्या हुने स्थानीय पुरनसिंह ऐरले बताए। उक्त विद्यालयमा हाल कक्षा तीनसम्मको पढाइ हुन्छ भने त्यहाा […]
काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छाप्ने काम सकिएको छ ।बिहीबार निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलन गरी मतपत्र छाप्ने काम सकिएको र २३ वैशाखसम्म सबै जिल्लामा मतपत्र पुर्याइसक्ने बताएको छ । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २३ वैशाखसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुने बताए । स्थानीय […]
डेलधुरा । नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले कांग्रेसका मेयर नभएको ठाउँमा आफूहरुले पैसा नै नपठाउने बताएकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुरामा केही दिनअघि ३१ करोड रुपैयाँ बजेट पारेको प्रशंग निकाल्दै उनले भनिन्, ‘जहाँ कांग्रेसको मेयर नै हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौं, त्यसैले यो कुरालाई ध्यान दिएर […]
ललितपुर । शहिद स्मारक सी डिभिजन लिग फुटबलमा महाविर क्लब र रानीबन स्पोर्ट्स क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।ललितपुरको सातदोबाटोस्थित एन्फाको खेल मैदानमा बिहीबार भएको खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको दुवै हाफमा महाविर र रानीबनले गोलका लागि केहि राम्रा मौकाहरु सिर्जना गरेपनि गोल गर्न सकेनन् ।जारी लिगमा […]
भौगोलिक हिसाबले नेपालको विकट जिल्ला मानिने बाजुरामा अझै पनि मानिसहरु न्युनतम आवश्यकता पुरा गर्ने कार्यमै सिमित छन् । आफ्नो आधारभुत आवश्यकता पुरा गर्नमै दिन रात खर्चिने यहाँका मानिस भौगोलिक विकटताका कारण प्रविधिमूलक सेवा सुविधाबाट बञ्चित रहँदै आएका छन् । विकासका दृष्टिकोणले पिछडिएको हिमाली जिल्ला बाजुरामा अहिले पनि यातायात, शिक्षा, स्वास्थ्य लगायत विषयमा राम्रो पहुँच छैन […]
काठमाडौं । एक अन्तर्वार्तामा बलात्कारको विषयलाई लिएर टिप्पणी गरेपछि अभिनेता रमेश उप्रेती विवादमा तानिएका छन् । मंगलबार एक टीभी कार्यक्रममा कुराकानी गर्दै उप्रेतीले बलात्कार हुने बित्तिकै चिच्याउनुपर्ने र कराउनुपर्ने आशयको टिप्पणी गरेका थिए । उप्रेतीको यस्तो अभिव्यक्तिलाई लिएर केही अभिनेत्रीहरुले सामाजिक सञ्जालमार्फत विरोध गरिरहेका छन् । उप्रेतीले भनेका थिए, ‘पहिलो कुरा त बलात्कार हुने बित्तिकै […]
धनगढीः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कैलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैगर्दा ‘माइक’ को व्यवस्था राम्रो नभएको गुनासो गरेका छन्। माइकले साथ नदिएपछि सम्बोधन छोट्याएका ओलीले भने, ‘माइकले विल्कुलै काम गरिराखेको छैन, अर्को पटकदेखि माइकको राम्रो व्यवस्था हुनुपर्छ।’ सम्बोधनका क्रममा ओलीले आमसभामा उपस्थित कार्यकर्ता तथा जनसमुदायलाई भोट दिने तरिका पनि सिकाए। उनले भोट […]