होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कैलाली: कैलालीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। भजनी नगरपालिका–६ मा आइतबार बेलुकी मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका–२ बस्ने ७० वर्षीय भड्डु डगौराको मृत्यु भएको हो। गम्भीर घाइते भएका डगौराको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। बेलुकी ८ बजे नम्बर नखुलेको मोटरसाइकलले पैदल हिँडिरहेका बृद्धलाई ठक्कर दिएको हो। मोटरसाइकलसहित फरार रहेका चालकको […]
आगामी वैशाख ३० गते हुने हुने स्थानीय तह सदस्य निर्वाचनमा दृष्टिविहीन, शारीरिक अशक्तता भएका वा अरू कुनै कारणले आफैं मत संकेत गर्न नसक्ने मतदाताले सहयोगी लैजान पाउनेछन्। उनीहरूले आफ्नो साथमा परिवारको अर्को सदस्यलाई मत संकेत गर्ने गोप्य स्थानमा आफूसँगै लैजाने अनुमति मागे मतदान अधिकृतले त्यस्तो व्यक्तिलाई अनुमति दिनेछन्। ‘दृष्टिविहीन वा शारीरिक अशक्त भएको मतदाताको साथमा […]
म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा आइतबार न्यूक्यासलमाथि सानदार जित निकालेको छ।घरेलु मैदानमा सिटीले न्युक्यासललाई ५–० गोल अन्तरमा हराउँदै शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ। सिटीको जितमा रहिम स्टर्लिङले २ तथा लापोर्टे, रोड्री र फोडेनले १-१ गोल गरे।खेलको १९ औं मिनेटमा स्टर्लिङले हेड गोलमार्फत सिटीलाई सुरूआती अग्रता दिलाएका थिए। एमरिक लापोर्टेले ३८ औं मिनेटमा गोल […]
सुन्दरबजार नगरपालिका–४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ । राँगोले हानेर गम्भीर घाइते उनको बेँसीशहर स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार राँगाले शनिबार खुमबहादुरकी १९ वर्षीया […]
कालापानी नजिकै दार्चुलाको उत्तरी क्षेत्र व्याँसमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि व्याँस गाउँपालिका-१ छाङ्गरु र तिंकरका मतदान केन्द्रमा सेनाको हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको हो । साे क्षेत्रमा नेपाली भूमिबाट जाने बाटो नभएकाले हेलिकप्टरमार्फत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मी लगिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज […]
डोटी र। बडिकेदार गाउँपालिका–६ घागलका श्याम सापकोटा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गाउँमा भोट माग्न आउने उम्मेदवारलाई जसले विद्युत् र सञ्चार बिस्तार गर्छ उसैलाई भोट दिने पक्षमा आफूहरू रहेको बताएका छन् । ‘हाम्रा अधिकांश गाउँ वर्षौंदेखि विद्युत् र सञ्चार सम्पर्कविहीन अवस्थामा छन्, जसले विद्युत् र सञ्चार बिस्तार गर्छु भनेर कमिटमेन्ट गर्छ उसैलाई […]
सत्ता गठबन्धनको चुनावी सभा आज सुदूरपश्चिमको धनगढीमा हुँदै छ । धनगढीको रङ्गशालामा विहान ११ बजे हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्दै छन्। यसका लागि प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार नै धनगढी पुगिसकेका छन् । देउवा आइतबार साँझ धनगढीस्थित आफ्नै निवासमा बसेका थिए भने प्रचण्डको बास […]
काठमाडौं । यही वैशाख ३० दिनमा स्थानीय तहको निर्वाचन हुँदैछ । दलका नेता-कार्यकर्ता आ-आफ्ना उम्मेदवारलाई जिताउन लागिपरेका छन् ।अघिपछि अत्तोपत्तो नहुने नेताहरूलाई जनताको घरदैलो पुग्ने, समस्या सुन्ने र आश्वासन दिने काममा भ्याइनभ्याइ छ । समाजको तल्लो तहमा पारिएका वर्ग, समुदायसँग दल र नेताहरू नजिकिने चुनावकै समयमा हो । नेपालको कुल जनसंख्यामा दलित समुदायको हिस्सा १४ […]
काठमाडौं । स्थानीय तह निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका पाँच जना म्यादी प्रहरीको मृत्यु भएको छ । एक जनाले आत्महत्या गरेकी छन् । ड्युटीमा खटिएकाहरुमध्ये काठमाडौं, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक-एक जना म्यादी प्रहरीको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले जानकारी दिए । सिन्धुपाल्चोककै एक जना म्यादी प्रहरीले भने आत्महत्या गरेको उनले जानकारी […]
नागरिक रैबार बाजुरा २५ बैशाख। बाजुरा जिल्लामा ४ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार बाजुरामा दलित महिला सदस्यको कोटामा चार जना निर्विरोध निर्वाचित भएका हुन्। दलित महिला सदस्यमा निर्विरोध निर्वाचित हुनेमा बुढीनन्दा नगरपालिका–४ मा एमालेबाट उम्मेद्वार बनेकी २६ वर्षीया बसन्ती चदारा, वडा नम्बर १० मा एमालेबाटै उम्मेदवारी दिएकी […]
ईलाम, २५ बैशाख । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा बा.५ ख ५९८२ नम्बरको गाडीका सहचालक नुवाकोट वेलकोटगढी नगरपालिका–१३ बस्ने १८ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उक्त गाडीमा काठमाडौंबाट ईलाम आएकी ती किशोरीलाई वैशाख २० गते राति इलाम नगरपालिका–७ […]
राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छन् । आइतबार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा औषधि (तेस्रो संशोधन) अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश स्वीकृत भएको उल्लेख गरिएको छ ।
नेपाल प्रहरीले चुनावी घरदैलोका क्रममा दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरूलाई अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन ग्रहणका निमित्त प्रस्ताव हुने गरेको र सो खाएपछि बिरामी पर्ने गरेको भन्दै सचेत रहन आग्रह गरेको छ । प्रहरीले एक सार्वजनिक सूचनामार्फत सगुन सेवनप्रश्चात कोही बेहोस हुने र कोही चक्कर लागेर लड्नेजस्ता घटनाहरु भएको पाइएको भन्दै सार्वजनिक सूचना निकालेको हो […]
तीन दशक लामो राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिबाट राजीनामा दिएका मकवानपुरका नेता मधुकर अधिकारी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । आइतबार पोखरा पुगेर नेता अधिकारी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । उनलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले टीका लगाएर पार्टीमा स्वागत गरेका थिए । पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले अधिकारीलाई पार्टीमा उचित र सम्मानित भूमिका […]
काठमाडौं । यसअघि नै स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको नेकपा (एमाले) ले ६७ बुँदे ‘अपिल’ सार्वजनिक गर्यो । एमाले अध्यक्ष केपी ओलीले पत्रकार सम्मेलनमा वाचन गरेर सार्वजनिक गरेको उक्त सामग्रीलाई ‘नेकपा (एमाले) को आम मतदातालाई अपिल’ शीर्षक दिइएको छ । तर, ‘अपिल’ आम मतदातालाई आग्रह गर्नभन्दा पनि कांग्रेसको घोषणापत्रमा गरिएको आफ्नो आलोचनाको प्रतिउत्तर दिन […]
चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेको बताएका छन् । भरतपुरमा आइतबार पार्टीले आयोजना गरेको आभसभामा बोल्दै उनले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदा कार्यकर्ता मुकदर्शक भएको टिप्पणी गरे । ‘शेरबहादुरजीले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन्, के हेरेर बसेका छन् कार्यकर्ता ? पार्टी सिद्धियो […]
काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले ‘राष्ट्रिय जनगणना २०७८’को नतिजा आगामी असोजभित्र प्रकाशित गर्ने जनाएको छ । मंसिर ९ गते सम्पन्न १२औं राष्ट्रिय जनगणनाको लगतलाई गत चैतबाट प्रशोधन कार्य सुरु गरिएको हो । लगत प्रशोधन कार्यमा सयजना ‘कोडर/इडिटर’, तीन सय जना ‘डाटा इन्ट्री अपरेटर’ र पचास जना जति कर्मचारी दैनिक खटिएका छन् । ‘दुई महिनामा ३५ […]
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार १७ गतेपछि गठबन्धन टुट्छ भनेर आफूले नभनेको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले असार १७ पछि गठबन्धन टुट्ने कुरा ज्योतिषिहरूले भनेको बताएका हुन् । ‘असार १७’ स्पष्ट भएन नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘ज्योतिषिहरूलाई सोध्नुस् न । उनीहरूले स्पष्ट पार्छन् के, यो मैले भनेको होइन ।’ […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नेताहरूको धम्कीले सचेत जनता नतर्सिने बताएका छन्।बुटवलमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सत्तारूढ गठबन्धन चुनाव हार्ने डरले धाकधम्कीपूर्ण अभिव्यक्तिमा उत्रिएको बताए। उनले कसैले धम्काउँदैमा र तर्साउँदैमा विचलित नहुन आग्रह गर्दै निर्धक्क भएर एमालेको सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे।ओलीले अहिलेको गठबन्धन कुनै विचार, […]
मौसमविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने सम्भावना औंल्याउँदै आवश्यक पूर्वतयारी गर्न सचेत गराएका छन् । बगांलको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आइतबारको दिन समुद्री आँधीको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने उनीहरुको भनाइ छ । मौसमविद् डा धर्मराज उप्रेतीले आसानी नाम दिइएको सो आँधी निकै तिव्र […]