होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० वैशाखमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन नहुने बताएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा स्वास्थ्यकर्मीहरु समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने भएकोले सो दिन खोप कार्यक्रम बन्द हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै चुनावको अघि र […]
धनगढीः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कैलाली आउने भएका छन्। भोलि (सोमबार) प्रचण्ड कैलारी गाउँपालिकाको हसुलिया आउन लागेका हुन्। भोलि हसुलियामा माओवादीको कैलारी गाउँ समितिले चुनावी जनसभा आयोजना गर्ने भएको छ। उक्त जनसभालाई सम्बोधन गर्न प्रचण्ड त्यहाँ आउन लागेको माओवादी नेताहरुले बताएका छन्। स्थानीय चुनाव नजिकिएसँगै केन्द्रका नेताहरुले दौडधुप तथा सक्रियता बढाएका छन्। […]
नागरिक रैबार २५ बैशाख बाजुरा। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाजुराका ९ वटै स्थानीय तहमा कर्मचारीहरु खटाईएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्तिपत्र, मतपत्र लिई जिल्ला निर्वाचन कार्यालयबाट मतपेटिका तथा मतदानकार्यमा चाहिने आवश्यक सामाग्री लिएर कर्मचारी गाउँ खटाईएको जिल्ला निर्वाचन कार्यालय बाजुराले बताएको छ । बैशाख ३० गते हुने स्थानीय तहको […]
स्थानीय तहको निर्वाचन हुन पाँच दिन बाँकी रहँदा हुम्लाका सात स्थानीय तहमा छ मतदान अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लाका ५४ मतदान केन्द्रका लागि २५४ कर्मचारी खटेको निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । शनिबारसम्म ३४ मतदान अधिकृतले मतपत्रसहितका सामग्री बुझिलिएको निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाले बताए । आज २० अधिकृतले मतपत्र, मतपेटिकालगायतका सामग्री […]
निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता, २०७८’ को उल्लंघन गरेको भन्दै २३ वटा वेब पोर्टललाई कारवाही गरेको छ । उनीहरुले आचारसंहिताको गम्भीर उल्लंघन गरेको कारण नेपालभित्र सञ्चालन हुन नसक्ने गरी कारवाही गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोगबाट मिडिया अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले ती वेब पोर्टललाई कारवाही गरेको हो । दर्ता नभई सञ्चालन भएका वेब […]
नेपाल पत्रकार महासंघ डडेलधुरा शाखाको कार्यालय भवनमा अज्ञात समुहले तोडफोड गरेका छन् । सो घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रोशन पुरीले आइतबार जारी गरेको विज्ञप्तिमा ताला लगाइरहेको उक्त भवनको ताला तोडेर अज्ञात समूहले शाखाले निर्माण गरेको आइसोलेसन सेन्टरमा रहेको दराज तोडफोड गर्नुका साथै सभाकक्ष, स्टोरलगायतमा क्षति पु¥याउने काम गरेको […]
वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ । निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन् । […]
सत्ताधारी गठबन्धन दलले पोखरामा आयोजित सभामा सम्बोधन गर्न पोखरा पुगेको नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनले निर्वाचन हारे देश दुर्घटनामा जाने बताएका छन् । देशमा गणतन्त्रवादी र गणतन्त्र विरोधी गठबन्धन चुनावमा रहेको बताउँदै दाहालले गठबन्धनले चुनाव जितेन भने देश दुर्घटनामा जाने कुरालाई पोखरामा पनि दोर्याएका हुन् । उनले चुनावी अभियानका क्रममा चितवनमा […]
कास्की । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश प्रहरी कार्यालय, विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक महतोविरुद्ध ३८ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आइतबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । महतोले […]
मुगुको एक विद्यालयका विद्यार्थी जोखिम यात्रा गरेर विद्यालय पुग्न बाध्य भएका छन् । छायाँनाथ रारा नगरपालिका–३ मा रहेको मालिका आधारभूत विद्यालय साँया खोलाका बालबालिकाहरू विद्यालयसम्म पुग्न जोखिम मोल्न बाध्य छन् । विद्यालयका करिब ६८ जना विद्यार्थीहरू ३० मिटरसम्म भिरालो र साँघुरो बाटोबाट भएर विद्यालय आउजाउ गर्न पुग्न बाध्य छन् । कक्षा १ देखि ५ सम्म […]
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई आगामी ३० वैशाखमा ठूलो मर्का पर्ने दाबी गरेका छन् ।उनले आफूलाई राजनीतिक र ग्रहदशा हेर्ने दुवै थरी ज्योतिषीले भनेको भन्दै उनले गठबन्धनभित्र ठूलो संकट आउन लागेको दाबी गरेका हुन् ।‘ज्योतिषीहरूको भनाइमा गठबन्धनका लागि सबभन्दा ठूलो खड्गो त यही वैशाख ३० नै हो । यसैमा […]
काठमाडौं । स्थानीय तह निर्वाचनमा विभिन्न पदमा ३ सय ९० जना उम्मेद्वारहरु निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको मात्रै एकल उम्मेदवारी परेकाले निर्वाचन आयोगले निर्विरोध भएको घोषणा गरेको हो । आयोगको बुलेटिन अनुसार गाउँपालिकाका ३ अध्यक्ष सहित विभिन्न पदमा उनीहरु निर्विरोध भएका हुन् । हेर्नुहोस् निर्विरोध निर्वाचितहरुको नामावली
काठमाडौँ । सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा उनीहरुको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरको हो । ‘निर्वाचन सुरक्षामा खटिएको समयमा […]
नागरिक रैबार बाजुरा २५ बैशाख बाजुरा जिल्लाका सरकारी कार्यालयका कामहरु भोलीबाट ३० गतेसम्म नहुने भएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराले आज एक सूचना जारी गर्दै जिल्लाका सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सेवाहरु २६ देखि ३० गते सम्म स्थगन गरिने बताएको छ । स्थानीय तहको निर्वाचनमा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारीहरु खटिनु पर्ने भएकाले जिल्ला प्रशासन लगायतका […]
देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । शनिबार राती सुनसरी, दाङ र चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको हो । सुनसरीको कोशी गाउँपालिका–३ जमुवामा गएराती बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी २६ वर्षीय पुरुष रहेका छन् । उनको पहिचान खुलेको छैन […]
नेकपा (एमाले) नेता भीम रावलले सच्चा कम्युनिस्टले काँग्रेसलाई भोट हाल्न नसक्ने बताएका छन् । स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृहजिल्ला अछाम पुगेका रावलले आफूलाई कम्युनिस्ट पार्टी भन्ने अनि दक्षिणपन्थी भन्दै आएको काँग्रेससँग कुन आधारमा एकता भएको भनेर प्रश्न गरे । उनले सत्ता स्वार्थका लागि काँग्रेससँग कार्यगत एकता गर्नु जनतामाथिको धोका भएको उनले जिकिर गरे । […]
रूपन्देही — प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारप्रसारमा हिँडेका छन् । गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न उनी जिल्ला दौडाहामा निस्केका हुन् । शनिबार रूपन्देहीको बुटवल र तनहुँ पुग्न देउवाले नेपाली सेनाको एनए ०५८ हेलिकोप्टर प्रयोग गरेका छन् । सेनाको हेलिकोप्टर ८ सिट क्षमताको हो । हेलिकोप्टरमा देउवासँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता प्रकाशशरण महत पनि सवार […]
काठमाडौं, २५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बोल्दा माइकमा पनि सूर्य चिन्ह राखिएको छ । आज आयोजित पत्रकार सम्मेलनमा ओली बोलिरहँदा पृष्ठभूमीमा पनि ठूलो सूर्य चिन्ह छ ।पत्रकार सम्मेलनमा माइकमा पनि सूर्य चिन्ह राखिएको छ । एमालेको चिन्ह प्रचारलाई पनि ओलीले पत्रकार सम्मेलनमार्फत् अवसर लिएका छन् ।
घोराही । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्छु भनेर सामाजिक सन्जालमा लेख्ने दाङका एक जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका-३ बस्ने ५२ वर्षीय यज्ञ बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले बताए । बुढाले ‘हिजो सकेनन् चितवनवासीले, मेरी छोरीले चुनाव हारे […]
बाजुरा २४ बैशाख बाजुराकाे हिमाली गाउँपालिका ५ कवाडीमा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ता बिच झडप भएको छ । शनिवार साँझ ७ बजेतिर भएको झडपमा नेपाली कांग्रेसका ३ र एमालेका २ जना घाइते भएका छन् । नेकपा एमालेका कार्यकर्ता नेपालगञ्ज बाट आएर कवाडीमा झरेको बेला त्यहि रहेका काँग्रेस कार्यकर्ता बिच भनाभन हुदै ढुङ्गा हानाहन भएको […]