होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सुदूरपश्चिम प्रदेशका १८ मतदान स्थलका ३४ केन्द्रमा फेरि चुनाव हुने भएको छ । फेरि चुनाव हुनेमा बाजुराको बुढीगंगा नगरपालिकाका १० वटै वडाका २० केन्द्र छन् । सो पालिकामा वडा नम्बर २, ३, ५ र ९ मा एमालेले र ४ र ७ मा काँग्रेसले एकलौटी मतदान गरेको भन्दै विवाद भएको भएको थियो । तर शान्ति पूर्णरुपमा […]
बझाङ । बझाङको साइपाल गाउँपालिकामा एमालेका मानबहादुर बोहराले ६७५ मत ल्याएर अध्यक्षमा विजयी भएका छन् । नेपाली कांग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याएर पराजित भए । गाउँपालिका उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६७५ मतसहित विजयी भएकी छन् । उनका प्रतिस्पर्धी कांग्रेसका बाटु बोहराले ६१९ मत ल्याइन् । यो पालिकामा वडानम्बर १ मा प्यानलसहित नेकपा एमालेका […]
गाउँमा रहेको मतगणना स्थलमा उनको जितको घोषणा हुँदैथियो, उता अस्पातालमा भने चिकित्सक उनको मृत्यु भएको घोषणा गर्दै थिए।धनकुटाको चौबीसे गाउँपापलिका २ को वडा सदस्य पदमा आफू पुनः विजयी बनेको खबर सुन्न नपाई ५२ वर्षीय अटलबहादुर सुर्जे मगरको निधन भएको छ। मधुमेह र उच्च रक्तचापका बिरामी उनको मष्तिष्कघातका कारण निधन भएको हो। यसअघि पनि एमालेबाट वडा […]
चेल्सीलाई हराउँदै लिभरपुलले एफए कप फुटबलको उपाधि जितेको छ ।शनिबार राति भएको फाइनलमा चेल्सीलाई सडन डेथमा ६-५ गोल अन्तरले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो। वेम्बली स्टेडियम लन्डनमा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा लिभरपुलका जेम्स मिल्नर, थियागो अल्कान्तरा, रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्सजेन्डर आर्नोल्ड, […]
नागरिक रैबार/बाजुरा १ जेठ।बाजुरा जिल्लाका ९ मध्ये ७ वटा पालिकामा मतदान भएको ४८ घण्टा वितिसक्दा पनि मतगण्ना हुन सकेको छैन् । बुढींगगा र बुढीनन्दाका केही वडामा मतदानका क्रममा दलहरुविच विवाद भएको थियो भने अन्य पालिकाहरुमा छिटपुट घटना बाहेक शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न भएको थियो । हिमाली र गौमुल बाहेकका पालिकामा मतदान सम्पन्न भएकै दिन […]
नागरिक रैबार/बाजुरा १ जेठ। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार भरत बहादुर रोकायाले ४ सय ७ मतले अगाडि रहेका छन् । ३ हजार १ सय ४७ मत गणना हुँदा अध्यक्षका उम्मेदवार रोकायाले १२ सय ९८ मत ल्याएका छन् । नेकपा एमालेका चर्तुर्भुज शाहिले ८ सय ९१ मत ल्याएर दोस्रोमा रहेका छन् । नेकपा […]
नागरिक रैबार/बाजुरा १ जेष्ठ। बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका ३ नम्मर वडामा काँग्रेसकाे प्यानलनै विजयी भएकाे छ । अध्यक्ष पदमा नेपाली काँग्रेसबाट अध्यक्षपदका उमेदवार बिर्क बहादुर रावत ३ नम्वरकाे अध्यक्षमा विजयी भएका छन। अध्यक्ष पदमा विजयी भएका रावतले ३ सय ८१ मत प्राप्त गरेका छन ।
आजदेखि सातामा दुई दिन बिदा लागु भएको छ । परीक्षणका रूपमा सुरु गरिएको साताको दुई दिन बिदा आजदेखि नै लागू हुनेछ । सातामा शनिबार र आइतबार बिदा हुने भए पनि अन्य दिनको कार्यालय समय भने बिहार ९ः३० बजेदेखि अपराह्न ५ः३० बजेसम्म हुने सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । छोटो दिन हुने कात्तिक १६ गतेदेखि […]
नागरिक रैबार/बाजुरा १ जेष्ठ। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका-२ को वडा अध्यक्षमा काँग्रेसका विष्णु बुढा विजयी भएका छन्। उनी ३५८ मत ल्याएर विजयी भएका हुन्।नेकपा एमालेका मानबहादुर महतराले ३१७ र माओवादी केन्द्रका अर्थराज बुढाले २५९ मत प्राप्त गरे।
सिन्धुपाल्चोक, जेठ १ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । यहाँ १ मतले अध्यक्ष पदमा हार जित भएको हो । एमालेका चन्द्रकाजी लामा ६०८ मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी प्रताप लामाले ६०७ मतै चित्त बुझाए ।
नागरिक रैबार/बाजुरा १ जेष्ठ। खप्तड छेडेदह गाउँपालिका–२ को वडा अध्यक्षमा नेपाली काँग्रेसका भक्तबहादुर बुढा विजयी भएका छन्। उनी ४९१ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गणेश शाहीले ४१४ मत प्राप्त गरेका छन्। बुढाकाे प्यानलसहित विजयी भएको बताइएको छ।
स्वामीकार्तिक खापर गाउँपालिका ३१४७ मत गणना काँग्रेस अध्यक्ष: १२९८ उपाध्यक्ष: ९७६ समाजवादी /माओवादी अध्यक्ष: ७६४ उपाध्यक्ष: ७४९ एमाले अध्यक्ष: ८९१ उपाध्यक्ष: १०००
स्वामीकार्तिक खापर गाउँपालिका २२४७ मतगणना अनुसार नेपाली काँग्रेस अध्यक्ष: ९९८ उपाध्यक्ष: ६३४ समाजवादी /माओवादी अध्यक्ष: ६०४ उपाध्यक्ष: ५७० नेकपा एमाले अध्यक्ष: ५३० उपाध्यक्ष: ७४९
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ मा माओवादी केन्द्रका अजय कुमार विक वडा अध्यक्षमा विजयी भएका छन् । उनले ५ सय ७३ मत ल्याएर विजयी भएका हुन् । उनका निकट्तम प्रतिद्वन्दी एमालेका मानबहादुर हमाल र नेपाली काँग्रेसका कार्तिके कामी पराजित भएका छन् ।
नागरिक रैबार/बाजुरा ३१ बैशाख।बाजुराको बुढिगंगा नगरपालिकाको मतदान स्थगित गरेको छ । निर्वाचन आयोगको स्थानीय तह निर्वाचन इ बुलेटिनमा प्रकाशित गर्दै बाजुराको बुढिगंगा नगरपालिकामा ३० गते भएको १० वटै वडामा भएको मतदान केन्द्रको मतदान स्थगित गरेको सार्वजनिक गरेको छ । त्यस्तै बुढिनन्दा नगरपालिका ८ मा रहेको पिस क्रियटर एकेडेमीको मतदान पनि स्थगित भएको बुलेटिनमा प्रकाशित भएको […]
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नंम्बर २ काे वडा अध्यक्षमा नेपाली काँग्रेसका विष्णु बुढा ३५८ मत सहित विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मान बहादुर महताराले ३१७ मत र नेकपा एसका नेकपा मावोवादीका अर्थराज बुढाले २५९ मत ल्याएर पराजित बनेका छन् । निर्वाचित वडा अध्यक्ष बुढा यो भन्दा पहिला पनि काँग्रेस बाट विजयी […]
नागरिक रैबार/बाजुरा ३१ बैशाख। बडीमालिका नगरपालिकाको मत गणना भोलि विहान ७ बजेबाट सूरु हुने भएको छ । आज साँझबाट सूरु हुने भनिएको बडीमालिका नगरपालिकाको मतगणना सदुमुकाम मार्तडीको अवस्था तनावग्रस्त भएका कारण नभएको मतदान अधिकृतको कार्यालयले जनाएको छ । शनिबार बेलुका बसेको सर्बदलिय बैठकको निर्णयले आइतबार बिहान भोली ७ बजे बाट मतगणना सूरु हुने निर्वाचन अधिकृतको […]
नागरिक रैबार/बाजुरा ३१ बैशाख। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा १६ सय मत गणना गरिएको छ । १६ सय मत गन्दा काँग्रेसका अध्यक्ष भरत बहादुर रोकायाकाे अग्रता रहेकाे छ । अहिलेसम्म १ र २ नम्बर वडाको मतगणना कार्य भइरहेको छ । मतगणनाको सुरुवात देखिनै अग्रता जारी राखेका गाउँपालिका अध्यक्षका उम्मेदवार काँग्रेसका भरतबहादुर रोकायाले ७ सय ३ मत […]
नागरिक रैबार/बाजुरा३१ बैशाख। बडीमालिका नगरपालिकाको मतगणना अनिश्चित भएको छ । हिजो सम्पन्न भएको मतदान पछि बडीमालिका नगपालिका ८ मा एमाले र काँग्रेसका कार्यकर्ताविच दोहोरो झडप भएको थियो । सोही घटनाको विषयलाई लिएर राजनीतिक दलहरुविच असहमति भएपछि बडीमालिका नगरपालिकाको मतगणना कार्य ढिलाई भएको बुझिएको छ । जिल्लाका स्वामीकार्तिक र खप्तड क्षेडेदह गाउँपालिकामा मतगणना भईरहँदा बडीमालिका सहित […]
स्वामीकार्तिक खापर गाउँपालिकामा १४०० गणना गर्दाको मत परिणाम #काँग्रेस अध्यक्ष: ६०६ उपाध्यक्ष: ३७९ #समाजवादी /माओवादी अध्यक्ष: ३९१ उपाध्यक्ष: ३६० #एमाले अध्यक्ष: ३२८ उपाध्यक्ष: ४७७ #स्वतन्त्र अध्यक्ष : ८ उपाध्यक्ष: २९ वडा नं १ अध्यक्ष : सुर्य २३५, रूख २३१, कलम ३२९ वडा नं २ अध्यक्ष : सुर्य १९२, रूख २०८, कलम १६४ स्वतन्त्र वडा नं […]