होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राजेन्द्र विक बाजुरा,२ असोज।अखिल क्रान्तिकारी बाजुरा क्याम्पस इकाइ कमिटी द्वारा भलिबल प्रतियोगिता आयोजना संचालन भएको छ। हाम्रो संविधान राम्रो संविधान भन्ने मुल नाराका साथ मनाउन गइरहेको ९औं संविधान दिवसको अवसर पारी अखिल क्रान्तिकारी बाजुरा जिल्ला कमिटिको समन्वय र अखिल क्रान्तिकारी बाजुरा क्याम्पस इकाई कमिटी द्वारा भलिबल प्रतियोगिता आयोजना गरिएको अखिल क्रान्तिकारी बाजुरा बाजुरा अध्यक्ष खेमराज […]
काठमाडौं । आज ऋषिपञ्चमी पर्व नेपाली नारीहरुले सप्तऋषिको पूजा गरी मनाउँदैछन् ।प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा ऋषिपञ्चमी पर्व मनाइन्छ । आज बिहान १० बजेर ४९ मिनेटमा चतुर्थी तिथि सकिएर पञ्चमी तिथि सुरु हुने भएकाले ऋषिपञ्चमीका व्रतालुले सप्तऋषिको पूजा गर्नुपर्ने धर्मशास्त्रका जानकार डा. वासुदेवकृष्ण शास्त्रीले जानकारी दिए । यो पर्वमा महिलाहरुले बिहानै उठेर नित्य कर्म […]
काठमाडौँ– नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दै छ ।कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र १४औँ महाधिवेशनमा महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई पनि बोलाइएको छ । कोइराला समूहको बैठकमा शर्मा र पौडेललाई पहिलो पटक बोलाइएको हो । पार्टीको १४औँ महाधिवेशनमा शर्मा प्रकाशमान सिंहको टिमबाट महामन्त्री बन्नु भएको […]
काठमाडौं । नेकपा एमालेले संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङको स्मृतिमा आज सातवटै प्रदेशमा विचार गोष्ठी आयोजना गर्दैछ। एमालेले संविधान दिवसको पूर्वसन्ध्यामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको हो। पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठानको गोष्ठीलाई सम्बोधन गर्नेछन्। पार्टी कार्यालयमा हुने गोष्ठीमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, […]
काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताएका छन् । अहिलेको अवस्थामा सत्ता गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी पनि पार्टीको भएको उनले बताए । एकीकृत समाजवादीलाई बाहिर निकालेर सत्ता गठबन्धन कमजोर पार्ने प्रयास भइरहेको नेपालले बताएका हुन् । सोमबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले […]
सुदुरपश्चिममा पहिलो पटक हुने सुदूरपश्चिम श्री शारीरिक सुगठन प्रतियोगिताको ट्रफी सार्वजनिक सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलो पटक हुने सुदुरपश्चिम श्री शारीरिक सुगठन (बडी बिल्डिङ) प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । फारवेष्ट फिटनेस एण्ड स्पोट्र्स क्लबको आयोजनामा आउँदो असोज १२ र १३ गते धनगढीमा सुदुरपश्चिम श्री प्रतियोगिताको ट्रफी आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो । दुई […]
नागरिक रैबार/बाजुरा १ असोज।बाजुरामा भर्खैरै आउनु भएका नयाँ प्रमुुख जिल्ला अधिकारी (सिडियो) भिमकान्त पौडेललाई बडीमालिका नगरपालिकाले स्वागत गरेको छ । बडीमािलका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्का लगायत नगरपरिवारको तर्फबाट सोमबार सिडियो पौडेललाई नगरपालिकाको कार्यालयमा एक औपचारिक कार्यक्रमका विच स्वागत गरिएको हो । सिडियो पौडेललाई टिका र माला लगाएर स्वागत गर्दै नगरप्रमुख खड्काले जिल्लाको शान्ति सुरक्षा र […]
नेपालखबर डटकमको सम्पादकमा रामबहादुर रावल नियुक्त भएका छन्।नेपालखबर प्रालिको त्रिपुरेश्वरस्थित कार्यालयमा एक कार्यक्रमबीच रावललाई सोमबार प्रधान सम्पादक पूर्ण बस्नेतले स्वागत गरेका छन्। रावलले आज (सोमबार) देखि नेपालखबरको सम्पादकको कार्यभार सम्हालेका छन्।सम्पादक रावललाई स्वागत गर्दै प्रधानसम्पादक बस्नेतले यो निर्णयले नेपालखबरलाई थप उचाइमा पुर्याउने बताएका छन्। ‘रामजीलाई नेपालखबरमा स्वागत गर्न पाउँदा खुसी लागेको छ’, बस्नेतले भने, ‘उहाँ […]
गलेश्वर– हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको छ ।मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँका स्याउ बगैँचामा लटरम्मै स्याउ फलेका छन् । स्याउको राजधानीसमेत भनिने मार्फा र टुकुचेका बगैंचा स्याउले राताम्य भएका छन् । पाँच गाउँपालिका रहेको मुस्ताङका विभिन्न ठाउँमा लगाइएका स्याउ पाकेपछि किसानहरूले टिप्ने र बजार […]
काठमाडौँ– आजका लागि पेसी तोकिएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।मुद्दा हेर्नका लागि न्यायाधीश अभाव भएको कारण जनाउँदै काठमाडौँ जिल्ला अदालतले नाबालिग बलात्कारको आरोप लागेका सन्दीपविरुद्धको मुद्दा स्थगित भएको जनाएको हो । गोला प्रथाबाट इजलास तोकिँदा सन्दीपविरूद्धको मुद्दा उपस्थित न्यायाधीशहरू कसैकोमा नपरेकाले मुद्दाको सुनुवाइ स्थगित भएको जिल्ला अदालत काठमाडौँका स्रेस्तेदार कौशलेश्वर ज्ञवाली […]
बैतडी– आज बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बूढी पोल्ने पर्व मनाइँदैछ । हरेक वर्ष असोज १ गते यो पर्व धुमधामसँग मनाउने प्रचलन छ । विजय उत्सवका रूपमा मनाइने यो पर्वमा बूढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिएको संस्कृतिका जानकार जयानन्द भट्टले बताए । परम्परागत किंवदन्तीअनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला)हरूले […]
राजेन्द्र विक/ बाजुरा १ असोज। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र देशका ७७ जिल्लामै यतिखेर संगठन निर्माणका लागि भन्दै ग्रासरुट स्तरमा खटिरहेको छ। पार्टिलाइ नयाँ गति दिने र कार्यकर्तामा रक्तसञ्चार गराउने तथा ०८४ को आम निर्वाचनमा पार्टिलाइ एक नम्बरको बनाउने रणनिती माओवादीको मुख्य योजना छ।हाल माओवादी केन्द्र निकै कमजोर अवस्था रहेको बाजुरामा पनि यतिबेला नेता कार्यकर्ता […]
काठमाडौँ । धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा, केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका […]
काठमाडौँ — सुन तस्करीमा संलग्न भएको आरोपमा २९ जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका २६ र फरार सूचीमा रहेका ३ जना गरी २९ जनाविरुद्ध मुद्दा दायरको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले जानकारी दिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत साता ६१ […]
काठमाडौं । हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न मीठा परिकार खाँदै रमाइलो गर्ने चलन छ । दर खाएको भोलिपल्ट (तीजको दिन) निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ । हरितालिका तीजको […]
नागरिक रैबार/थारु समुदायमा ‘अटवारी’ पर्व आज देखि मनाईँदै छ। एक आपसमा एकता र सम्बन्ध प्रगाढ बनाउने रुपमा लिइने ‘अटवारी’ पर्व थारु समुदायमा परम्परागत रुपमा मनाइने गरिन्छ । भाद्र महिनाको कृष्णाष्टमी पछिको शुक्ल पक्षको पहिलो आइतबारका दिन यो पर्व मनाइने गरिन्छ । थारु समुदायले आइतबारको दिनलाई ‘अटवार’ नामले चिन्ने हुँदा आइतबार यो पर्व सुरु भएर सोमबारसम्म […]
नागरिक रैबार/बाजुरा ३० भदाै। बाजुरामा प्रहरीले घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ। शनिबार जिल्लाको बडीमालिका नगरपालिका–९ गड्खेतबाट स्थानीय चक्र बडुवालको पसलबाट १ सय ८८ लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार स्थानीय व्यापारी चक्र बडुवालको पसलबाट १ सय ८५ लिटर घरेलु मदिरा बनाउन प्रयोग गरिने […]
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज साँझ न्यूयोर्क प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख/प्रतिनिधिलगायतले बिदाइ गरे । प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । […]
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै २० वर्ष आफू सक्रिय रहने बताउनु भएको छ।आज आयोजित‘बा सँग बालबालिका’ कार्यक्रममा बालबालिकाहरुका प्रश्नको जवाफ दिदैं उहाँले आँफु अझै २० वर्ष सक्रिय रहने तर, सक्रिय रहेकै बेला नेतृत्व भने हस्तान्तरण गर्ने योजना रहेको बताउनु भयो। उहाँले आफू सक्रिय रहँदा रहँदै योग्य व्यक्तिलाई पार्टीको नेतृत्व सुम्पिएर देश चलाउन […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका जाँदैछन्। आज साँझ ६ बजे कतार एअरलाइन्सको फ्लाइटबाट उनी अमेरिकाको न्युयोर्क जानेछन्। १८ देखि २६ सेप्टेम्बरसम्म न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिननेपालका प्रतिनिधिमण्डलको प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन्। भ्रमण टोलीमा प्रधानमन्त्रीको सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता हुनेछ। प्रधानमन्त्रीको सचिवालयबाट स्वकीय सचिव गंगा दाहाल, फोटोग्राफर प्रदीपराज वन्त र […]