होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले बागमती प्रदेश अधिवेशनको मतदान अनिश्चित
समाचार

एमाले बागमती प्रदेश अधिवेशनको मतदान अनिश्चित

  • नागरिक रैबार
एमाले बागमती प्रदेश अधिवेशनको मतदान अनिश्चित

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मतदान अनिश्चित बनेको छ । निर्वाचन तालिका अनुसार बिहीबार बिहान उम्मेदवारहरूको नामावली प्रकाशित गरेर मतदान सुरु गर्ने तय भए पनि त्यो हुन नसकेको हो ।

आज बिहान प्रारम्भिक नामावली सार्वजनिक गर्ने, त्यसपछि अन्तिम नामावली प्रकाशित गरेर मतदान गर्ने पूर्वनिर्धारित तालिका अनुसार निर्वाचन कार्यक्रम अघि बढ्न सकेको छैन । यसअघि प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले बिहीबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म हुने जानकारी दिएका थिए । उम्मेदवारको नामावली प्रकाशनमा ढिलाइ भएसँगै अब साँझ ४ बजेदेखि मतदान सुरु हुनसक्ने नेता रामेश्वर फुयाँलले रातोपाटीलाई जानकारी दिए ।

बुधबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा उम्मेदवारहरूको मनोनयन दर्ता गरिएको थियो । अध्यक्ष पदका लागि मात्रै पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । कृष्णप्रसाद दाहाल, केदारबहादुर बुढाथोकी, कैलाश प्रसाद ढुंगेल, सानु कुमार श्रेष्ठ र केशवराज पाण्डे अध्यक्षका आकाङ्क्षी देखिएका छन् । प्रदेश अधिवेशनको मतदान ४० वटा विद्युतीय मेसिनमार्फत हुनेछ । रातोपाटीबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार