होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, फाल्गुन १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • अपराध
  • नायक अनमोल केसी पक्राउ
अपराध

नायक अनमोल केसी पक्राउ

  • नागरिक रैबार
नायक अनमोल केसी पक्राउ

काठमाडौं,१२ असोज । चर्चित नायक अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

फिल्म ‘रावायण’मा काम गर्ने वचन दिएर पनि अन्तिम अवस्थामा नगरेपछि अनमोल केसी विरुद्ध निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस्ले प्रहरी कार्यलयमा उजुरी दिएको थियो । थापाको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

केसीले सुदर्शन थापाको निर्देशनमा बन्न लागेको यस फिल्ममा सम्झौता गरेका थिए ।तर ‘रामायण’लाई छाडेर ‘फर्की फर्की’मा केसीले काम गर्ने पक्का भएपछि आफूलाई धोका दिइएको भन्दै निर्माण पक्षले उजुरी दिएको हो ।

अनमोलले पनि केहि दिनअघि आफ्नो आधिकारीक पेजबाट कुरा नआएसम्म प्रचार गरिएको सबैकुरा सत्य नभएको बताएका थिए । उनले घुमाउरो तरिकाले रामायणमा काम नगर्ने बताएका थिए । अनमोल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीका छोरा हुन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार