होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री दाहाल आज चीनको छेन्दु जाँदै
समाचार

प्रधानमन्त्री दाहाल आज चीनको छेन्दु जाँदै

  • नागरिक रैबार
प्रधानमन्त्री दाहाल आज चीनको छेन्दु जाँदै

काठमाडौँ– चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन् ।

उनी स्थानीय समयअनुसार बिहान पौने १० बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र त्यहाँबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहाल स्थानीय समयअनुसार दिउँसो साढे २ बजे छेन्दु पुग्ने कार्यक्रम छ । छेन्दुमा रहँदा उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने छन् ।

विज्ञापन

त्यसपछि साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्दै छन् ।

बुधबार चीनको छोङछिङबाट ल्हासा पुगेका प्रधानमन्त्री दाहालले बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए ।प्रधानमन्त्री दाहालले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गरेका थिए । प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरू शनिबार छेन्दुबाटै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार