होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • समृद्ध नेपाल निर्माण गर्ने पार्टीविरुद्ध घेराबन्दी गरियो : अध्यक्ष ओली
समाचार

समृद्ध नेपाल निर्माण गर्ने पार्टीविरुद्ध घेराबन्दी गरियो : अध्यक्ष ओली

  • नागरिक रैबार
समृद्ध नेपाल निर्माण गर्ने पार्टीविरुद्ध घेराबन्दी गरियो : अध्यक्ष ओली

सुर्खेत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले‌ एमालेविरुद्ध विभिन्न तरिकाले घेराबन्दी गरिएको बताएका छन् ।वीरेन्द्रनगरमा आयोजित‌ एमाले कर्णाली प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै उनले सबै प्रकारका बाधा, व्यवधानलाई पराजित गर्दै समृद्ध नेपाल निर्माण गर्ने पार्टी एमालेविरुद्ध विभिन्न तरिकाले घेराबन्दी गरिएको बताए ।

अध्यक्ष ओलीले एमाले‌ सबै खाले व्यवधानलाई पराजित गर्दै अगाडि बढ्ने पार्टी रहेको बताए । त्यसको लागि मिसन २०८४ अभियान चलाइएको भन्दै उनले २०८४ लाई अर्थपूर्ण वर्षका रुपमा मनाउनुपर्ने समेत बताए ।

यस्तै अध्यक्ष ओलीले एमालेलाई विकासको नायकत्व लिने पार्टी बनाउने अभियानमा लागिएको पनि बताए । सोही अनुसार पार्टीको अभियानमा लाग्न नेता तथा कार्यकर्तालाई उनले निर्देशन दिए ।अध्यक्ष ओलीले एमाले अरुले फैलाएको भ्रमका पछि नपर्ने र के गर्ने भन्ने कुरा एमालेलाई राम्रोसँग थाह भएको बताए । एमाले देशभक्ति पार्टी रहेको दाबी गर्दै उनले अरु कुनै दलले राष्ट्रिय हितमा काम नगरेको समेत बताए ।

विज्ञापन

राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने एमाले मात्र रहेको बताउँदै अध्यक्ष ओलीले विदेशीको इसारामा चल्ने दलहरुले अहिले सरकारको नेतृत्व गरिरहेको बताए ।यस्तै अध्यक्ष ओलीले उनीहरुले‌ दिनानुदिन क्विन्टलका क्विन्टल सुन भित्र्याउने काम गरिरहेको बताए । ‘जाँच्ने मेसिनले रोक भन्दै छ तर, लैजा‌लैजा भनेर पास गरिएको छ,’ ओलीले भने,’ त्यो कहाँ जान्छ हामीलाई राम्रोसँग थाह छ।’ रातोपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार