होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • महिलाले घन्काउँदै पञ्चेबाजा
समाचार

महिलाले घन्काउँदै पञ्चेबाजा

  • नागरिक रैबार
महिलाले घन्काउँदै पञ्चेबाजा
रुकुम पश्चिमको मुसीकोट नगरपालिकास्थित सिर्जनशील महिला समूहका सदस्य पञ्चेबाजा बजाउँदै। तस्बिर : हरि/कान्तिपुर

रुकुम पश्चिम — सदरमुकाम मुसीकोटमा आयोजना हुने विभिन्न मेला, पर्व, भेला र सम्मेलनहरूमा ६१ वर्षीया पुतला दमाईंसहित हीरा परियार, कमला नेपाली, कुमारी नेपालीलगायत महिलाले बाजा बजाउने जिम्मा पाउँछन् । बाँफिकोट गाउँपालिका–२ का काली परियार, सुन्पा परियार, लालमाया परियारलगायतले पनि पालिकास्तरमा हुने कार्यक्रममा पञ्चेबाजा बजाउँदै आएका छन् । पुरुषहरूले मात्रै बाजा बजाउने मान्यता तोडेर यी दुई समूहमा आबद्ध २१ महिलाले पञ्चेबाजा घन्काइरहेका छन् ।

महिलाहरू दमाहा, ट्याम्को, छिल्लर, सहनाई, नरसिंहा बोकेर विभिन्न कार्यक्रममा निस्कन्छन् । पछिल्लो समय पञ्चेबाजा बजाउनुपर्ने कार्यक्रममा पहिलो रोजाइमा उनीहरू नै परिरहेका छन् ।

हीरा, कमला र कुमारीहरूले महिलाले बाजा बजाउन हुन्न भन्ने सामाजिक मान्यताको घेरा तोडेको ७ वर्षअघि नै हो । काली, सुन्पा, लालमाया र उनको समूहले पनि यसरी बाजा बजाउन थालेको १ वर्ष बितिसक्यो । गलत मान्यताविरुद्ध एक्लै लड्न सम्भव नहुने भएपछि उनीहरूले समूह नै बनाएर लागेको बताउँछन् । २०७१ सालमा उनीहरूले सिर्जनशील महिला पञ्चेबाजा समूह नै दर्ता गराएका थिए । तर, एक्कासि बाजा बजाउन महिलाहरूका लागि सजिलो थिएन । ‘हामी ठूलो आँट, मिहिनेत र संघर्षपछि मात्रै यो अवस्थासम्म आइपुगेका हौं,’ समूहकी अध्यक्षसमेत रहेकी हीराले भनिन्, ‘घर, परिवार र समाजमा जकडिएर बसेको गलत मूल्य मान्यताको घेरा तोड्न त्यो बेला चुनौती नै थियो ।’ सामाजिक मान्यतालाई पछि छोडेर अघि बढ्न ठूलै संघर्ष गर्नुपरेको पुतलाले सुनाइन् । त्यसो गरेर आफूहरूले गलत नगरेको बरु खुसी लागेको उनको भनाइ छ । ‘आजकल त हामीलाई सबैले सम्मान गर्नुहन्छ,’ उनले भनिन्, ‘बाजा बजाउन सक्ने क्षमताको कदर पनि सबैतिरबाट भइरहेको छ । सुरु–सुरुमा कुरा काट्ने र गलत सोच्नेहरू पनि नभएका होइनन् ।’

विज्ञापन

महिलाले बाजा बजाउनु गलत नभएको बताउँछन्, स्थानीय शिक्षक गोपाल केसी । ‘पछिल्लो समय पञ्चेबाजा बजाउँदा महिलाको समूह नै रोजाइमा पर्नु भनेको समाजले स्वीकार्नु नै हो,’ उनले भने, ‘अहिले सबैको बुझाइ सकारात्मक भएको छ ।’

मुसीकोट नगर उपप्रमुख प्रेमकुमारी सुनारले पञ्चेबाजा बजाउन थालेका महिलाको कारण समाजको बुझाइमा परिवर्तन आएको बताइन् । ‘उहाँहरूले बाजा मात्रै बजाउनु भएन, सोच बदलेर सबैलाई यही सही हो भन्ने विश्वास नै दिल्याउनुभयो,’ उनले भनिन्, ‘अन्य क्षेत्रमा पनि यसरी नै परिवर्तनको खाँचो छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार