होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन साहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ । नेपालको इतिहास कसैले मेटेर मेट्न नसकिने भन्दै बालेनले उक्त नक्सा राख्न लगाएका हुन् । राष्ट्रियसभा गृहस्थित मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको बालेनका स्वकीय सचिव भूपदेश साहले जानकारी दिए ।बालेन साह यतिबेला भारतको बैंगलोरमा छन् । उनको निर्देशनमा सचिवालयले ग्रेटर नेपालको […]
नेपाली महिला क्रिकेट टिमलाई वुमन्स इमर्जिङ टिम्स एसिया कप खेल्ने प्रस्ताव आएको छ।जेठ २९ गतेदेखि हङकङमा हुने प्रतियोगितामा सहभागिताका लागि पत्र आएको नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए।यसअघि प्रतियोगितामा नेपाल सहभागी हुने तालिका थिएन। प्रतियोगितामा छनोट भएको थाइल्यान्डले नखेल्ने भए पनि नेपाललाई सहभागिताका लागि प्रस्ताव आएको हो। थाइल्यान्डले भिसाको कारण […]
नागरिक रैबार/बाजुरा २१ जेठ।बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्वर ५ ले आफ्नो पहिलो एक वर्षको वार्षिक समिक्षा गरेको छ । वडा भित्र २०७९/८० मा सम्पन्न भएका भौतिक पुर्वाधार विकासका योजनाहरुको सार्वजनिक गर्दै आगामी वर्ष २०८०/८१ का लागि वडा भित्र गर्ने योजना छनोटका बारेमा समिक्षा गरेको हो । पहिलो वर्ष वडामा ३ करोड १२ लाख ६२ हजार ९ […]
नागरिक रैबार/बाजुरा २१ जेठ।सुदूरपश्चिम प्रदेश सरकाले तोकेको भाडादर बाजुरामा कायम नभएको पाईएको छ ।सुदूरपश्चिम प्रदेश सरकार (मन्त्रीपरिषद) को जेठ १६ गते गरेको निणर्य अनुसार प्रदेश भित्र चल्ने सार्वजनिक सवारी साधानको नयाँ भाडादर बाजुरामा कायम नभएको पाईएको हो । प्रदेश सरकारले जेठ १८ गतेबाट कायम हुने गरी गरेको निणर्य अनुसार धनगढी देखि बाजुराको सदरमुकाम मार्तडीसम्मको ३ […]
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदै छन् । प्रधानमन्त्री दाहाल नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गरेका थिए । पदभार ग्रहण गरेपछिको प्रधानमन्त्री दाहालको यो पहिलो भारत भ्रमण हो । प्रधानमन्त्रीसँगै भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण प्रकाश […]
नागरिक रैबार/बाजुरा २० जेठ।नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाजुराले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको फोटोमा जुत्ताको माला र कालोमोसो दलेका छन् । राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालले देशको हित विपरित कामहरु गरेको आरोप लगाउँदै शुक्रबार साँझ सदरमुकाम मार्तडीमा अनेरास्ववीयु बाजुराले विरोध प्रर्दशन गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा जुत्ताको […]
नागरिक रैबार/बाजुरा २० जेठ।आर्थिक अभाव हुँदा बाजुराको बुढीगगा नगरपालिका वडा- १० सिगाडाका भरत बिककि श्रीमती जानकी देवि विकको उपचारमा समस्या भएको छ । ३५ वर्षिया जानकी देबी बिकको आन्द्रामा क्यान्सर भएपछि विगत ८ महिनादेखि भारतको मुम्बईमा रहेको टाटा क्यान्सर अस्पतालमा उपचारारत रहेकी छन् । अस्पतालमा उपचारारत रहेकी उनको आर्थिक नहुँदा उपचार हुन् सकेको छैन् । […]
नागरिक रैबार/बाजुरा २० जेठ।बाजुरामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका ७ ढम्कनेका ४२ वर्षका देब बहादुर धामी रहेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् । उनका अनुसार धामी शनिवार विहान घरबाट गाईबस्तुका लागि कालाजग्रा ठाम्रा सामुदायिक बनमा घाँस काट्ने क्रममा रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । मृतक धामीको […]
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।आज बिहान हैदरावाद हाउसमा प्रचण्ड र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएपछि प्रतिनिधमण्डलस्तरीय भेटवार्ता भएको हो । प्रतिनिधिमण्डल स्तरको भेटपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवा भोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी […]
नागरिक रैबार बाजुरा १७ जेठ नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल बाजुराले मार्तडीमा राष्ट्रपति रामचन्द्र पाैडेल र प्रधानमन्त्री पुष्पकमल दाहलको पुतला जलाएका छन् । अनेरास्ववियुका जिल्ला अध्यक्ष दिल थापा भाेटे र राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष मिलनजंग अयडीकाे नेतृत्वमा युवा र विद्यार्थीहरूले सदरमुकाममा आज राष्ट्रपति पाैडेल र […]
नागरिक रैबार/बाजुरा १७ जेठ। बाजुराकाे गौमुल गाउँपालिका–६ टुनीमा एक घरमा आगलागी भएको छ । आज विहान विद्युतको तार सट भएर गाैमुल ६ का स्थानीय गोरे विक र उज्वल विकको घरमा आगलागी हुदा तीन तले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विद्युतको तार सट भएर घरमा आगलागी हुँदा ३ तले पत्थरले […]
१) त्रिबेणी नगरपालिकामा ३० करोड ७७ लाख २) बडिमालिका नगरपालिकामा ३० करोड २२लाख ३) बुढीगगा नगरपालिकामा ३७करोड ७ लाख ४) बुढीनन्दा नगरपालिकामा ३१ करोड ५९ लाख ५) गौमुल गाँउपालिकामा २५ करोड ४७ लाख ६) खप्तड छेडेदह गाँउपालिकामा ३१ करोड ६० लाख ७) जगन्नाथ गाँउपालिकामा १९ करोड ३७ लाख ८) स्वामिकार्तिक खापर गाँउपालिकामा २४ करोड ७३ […]
नागरिक रैबार/बाजुरा १५ जेठ।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ८ रावलवाडाका ५५ वर्षका परे रावल एक हप्ता देखि सम्पर्क विहिन बनेका छन् । परिवारका अनुसार रावल यही जेठ ७ गते आईतबार विहान ६ बजे आफ्नै घरबाट हिँडेको र एकहप्तासम्म घरको सम्पर्कमा नआएको उनका छोरा विरेन्द्र रावलले बताएका छन् । सम्पर्क विहिन बनेका परे रावलको माथि कालो […]
काठमाडौँ – आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुँदैछ।संघीय संसद भवन, बानेश्वरमा बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमार्फत बजेट सार्वजनिक हुन लागेको हो। बैठक दिउँसो ४ : १५ बजे बोलाइएको छ। ‘अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.व २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्नु हुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ।राजस्व सङ्कुचनको सामना गरिरहेको सरकारले […]
नागरिक रैबार/बाजुरा १४ जेठ।जिल्ला अस्पताल बाजुराले जटिल प्रकारका हार्डजोर्नी सम्वन्धि समस्या भएका विरामीहरुको जिल्लामै सफल सल्यक्रिया गर्न थालेको छ । जिल्ला अस्पताल बाजुराले बिगत ३ महिना देखि हाडजोर्नी तथा नसारोग बिषशेज्ञ डाक्टर रोशन भट्टराईलाई नियुक्त गरेर उक्त समस्या भएका विरामीहरको सफल सल्यक्रिया गर्न थालेको हो । जिल्ला अस्पताल बाजुरामा हाडजोर्नि तथा नसारोग विशेषज्ञ डाक्टर भट्टराईलाई […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार पौडेलले सो निर्णय गरेका हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको […]
धनगढीः सदूरपश्चिम प्रदेशसभामा आगामी बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ।सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको सिद्धान्त र प्राथमिकता प्रदेश सभाको बैठकमा प्रस्तुत गरेका हुन्। उनले शनिवारको प्रदेश सभाको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति प्रस्तुत गरेका छन। प्रदेश सरकारले गरिबी न्युनिकरण, […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहलरीबारे प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जोड्नु उचित नभएको बताएका छन् । माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरुद्ध गरेपछि प्रधामन्त्रीले शनिबार संसदमा स्पष्टीकरण दिएका हुन् । शनिबार संसदको बैठक सुरु हुनासाथ समय लिएर बोलेका प्रधानमन्त्री प्रचण्डले […]
काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधि सभालाई सुचारु गर्ने विषयमा तीन ठुला दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा भएको छलफलमा एमालेको तर्फबाट अध्यक्ष केपी ओली र प्रमुख सचेतक पदम गिरी सहभागी छन् । त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक उपस्थित छन् । […]
नागरिक रैबार/बाजुरा १३ जेठ।नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले आफ्नो स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका विरामीहरुलाई फलफुल वितरण गरेको छ । युनियनको ३२ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा उपचारारत रहेका विरामीहरुको स्वास्थ्य लाभको कामनासहित उनिहरुलाई फलफुल वितरण गरेर दिवस मनाइएको प्रेस युनियन जिल्ला अध्यक्ष प्रेम रौलेले बताएका छन । दिवसको अवसरमा […]