होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • समाजवादी मोर्चाको स्थगित सुदूरपश्चिम सन्देश सभा मंगलबार हुने
समाचार

समाजवादी मोर्चाको स्थगित सुदूरपश्चिम सन्देश सभा मंगलबार हुने

  • नागरिक रैबार
समाजवादी मोर्चाको स्थगित सुदूरपश्चिम सन्देश सभा मंगलबार हुने

समाजवादी मोर्चाको प्रदेश अन्तर्गत सुदूरपश्चिम प्रदेशमा यसअघि स्थगित भएको सन्देश सभा मंगलबार (भदौ २६ गते) हुने भएको छ ।

भदौ १४ गते हुने भनिएको सभा एमसीसी सम्झौता कार्यान्वयनको विषयलाई लिएर मोर्चा घटक दलहरूबीच विवाद उत्पन्न भएपछि अनिश्चितकालका लागि स्थगित भएको थियो । समाजवादी व्यवस्थाको आधार तय गर्ने लक्ष्यसहित गत असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा घोषणा भएको थियो ।

जिल्ला तहसम्म संगठन विस्तार गर्ने नीति बनाएको मोर्चाले भदौ ८ गतेदेखि मधेश प्रदेशको वीरगञ्जबाट प्रदेशस्तरीय सन्देशसभा गर्दै आएको छ । सोमबार कोशी प्रदेशमा सभा सकिएपछि धनगढीमा सभा गर्ने तयारी भएको नेकपाका नेता अनिल शर्मा विरहीले जानकारी दिए ।

विज्ञापन

धनगढीमा स्थगित भएको सन्देश सभा २६ गते गर्ने सहमति भएको छ । त्यसपछि चार दलको बैठक बसेर बाँकी कार्यक्रम घोषणा हुनेछ’, उनले भने । राष्ट्रियता, भौगोलिक अखण्डता, स्वाधिनताको रक्षा गर्दै राष्ट्रिय एजेण्डामा साझा मुद्दा बनाएर मोर्चाले कार्यक्रम गर्दै आएको छ ।

रातोपार्टिबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार