होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंह चढेको जिप मंगलबार बझाङको केदारस्युँ गाउँपालिका–१ स्थित नयाँगाउँमा दुर्घटना भयो । दुर्घटनामा परेर मन्त्री सिंह, उनकी पत्नी अमृता सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भयो । मन्त्री सिंहको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको थियो । सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको जिप दुर्घटना हुँदा चालक […]
नागरिक रैबार/बाजुरा ७ असार।जिल्लाको खप्तड क्षेडेदह गाउँपालिका आजबाट आफ्नै नयाँ भवनमा सरेको छ । स्थानीय तह घोषणासंगै साविकको डोगडी गाउँ विकास समितिको कार्यालयमा सेवा सञ्चालन गर्दै आएको पालिका आजबाट आफ्नै नयाँ भवनमा सरेको हो । स्थानीय तह घोषणा भएको ६ वर्षपछि पालिकाले आफ्नै प्रसासकीय भवन निर्माण गरेर सरेको हो । नयाँ भवनमा आज पुजापाठ गरेर […]
नागरिक रैबार/बाजुरा ७ असार। बाजुराका सामाजिक अभियान्ता तथा पत्रकार प्रकाश बहादुर सिह राष्ट्रिय युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले पत्रकार सिंहलाई नगद ५० हजार सहित सम्मानित गरेको हो । सिंहले युवाका क्षेत्रमा कलम चलाएको भन्दै सम्मानित गरेको हो । सिंह बडीमालिका खबरका सम्पादक तथा नेपाल टेलिभिजन र त्यस्तै दि हिमालयन […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको एक वर्ष पूरा हुँदैछ । गत वर्ष ७ असारमा रवि लामिछानेको नेतृत्वमा यो पार्टी गठन भएको हो । पार्टी गठन लगत्तै संसदीय निर्वाचनमा होमिएको यो पार्टीले उत्साप्रद नतिजा ल्याएर नेपालको राजनीतिमा नयाँ तरङ्ग सिर्जना गरेको छ । यद्यपि, यो अवधिमा रास्वपा विवादको घेरामा पनि उत्तिकै रुमल्लिएको देखियो । […]
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न एमाले अघि बढिरहेको बताएका छन् । बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले देश बनाउने एकमात्रै पार्टी एमाले भएको भन्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न अघि बढिरहेको जिकिर गरे । देशप्रति समर्पित पार्टी एमालेभित्र बेठिक […]
काठमाडौँ- हवाई भाडादर घटेको छ । हवाई इन्धनको मूल्य घटाइएपछि भाडादर पनि घटाइएको हो ।मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको थियो ।बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा घटाएको हो ।
नागरिक रैबार/बाजुरा ५ असार।होटल तथा पर्यटन व्यवसायीहरुका लागि ५ दिने तालिम बुढीनन्दा नगरपालिकाको कोल्टीमा सूरु गरिएको छ । नेपाल पर्यटन बोर्ड संगको सहकार्य र मुगु जिल्लाको खत्याड गाउँपालिकाको आयोजनामा उक्त तालिम आजबाट कोल्टीमा रहेको होटल इको भेलेजमा सूरु गरिएको हो । कर्णाली करिडोर आसपास क्षेत्रमा पर्ने होटल तथा पर्यटन व्यवसायीहरुलाई होटल व्यवस्थापन तथा पर्यटन मैत्री […]
धनगढी । बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन् । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा […]
धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना भएको छ ।सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो । दुर्घटनामा परि मन्त्री सिंहसहित ४ जना घाइते भएका प्रहरीले जनाएको छ […]
नागरिक रैबार/बाजुरा ३ असार।बाजुराको बुढीगंगा नगरपालिका वडा नम्वर ६ स्थित फालासैनमा मदन भण्डारी सामुदायिक पुस्तकालय भवन निर्माण हुने भएको छ । भवनको आज बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले सिलान्यास गरेका छन् । बुढीगगा नगरपालिकाकाे १५ लाख लगानीमा उक्त पुस्तकालय भवन निर्माण हुन् लागेकाे बताइएको छ । भवन निर्माणको काम भने उपभोक्ता समिति मार्फत गरिने भएको […]
नागरिक रैबार/बाजुरा ३ असार।बाजुराको बुढीगंगा नगरपालिका-९ जुवापानीमा नगर स्वास्थ्य केन्द्र संचालनमा ल्याइएको छ । बुढीगंगाको सहयोगमा वडा नम्वर ९ मा रहेको जुवापानी गाउँमा नगर स्वास्थ्य सेवा केन्द्र संचालनमा ल्याइएको हो । नगर स्वास्थ्य केन्द्रको आइतबार एक औपचारिक कार्यक्रमका विच बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँले उद्धघाटन् गरेका हुन् । जुवापानी गाउँका स्थानीयहरु विगत लामो समयदेखि […]
काठमाडौँ । स्वदेशी उत्पादनले बजार र बजार भाउ नै नपाएको भन्दै किसानले आज विरोधस्वरूप सडकमा गोलभेँडा फालेका छन् । स्वदेशी उत्पादन प्रतिकिलो ८ रूपैयाँ थोक मूल्य हुँदा पनि बिक्री नभएको भन्दै उपत्यकाका किसानले सडकमै गोलभेँडा फालेर बजार सुनिश्चितताको माग गरेका हुन् । भक्तपुरका किसान रमेश फुयालले गोलभेँडाको मुख्य उत्पादन सिजनमै बजार र बजार भाउ नपाउँदा […]
काठमाडौँ । पूर्वी नेपालमा गए रातिदेखि परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन् । घटनामा एक जानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ […]
काठमाडौँ । समाजवादी मोर्चा गठनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ । बैठकमा नेकपा माओवादी केन्द्र सहित जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपा सहभागी भएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए । आगामी समाजवादी मोर्चा घोषणाका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार […]
काठमाडौं। एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थीका नाममा ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै उनको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको छ। फौजदारी अभियोगमा समातिएको सांसद थुनामा गएमा सांसद पद निलम्बित हुने व्यवस्था छ । प्रतिनिधिसभा नियमावलीको नियम १४८ उपनियम ३ मा यो व्यवस्था छ । फौजदारी अभियोगमा थुना या फरार रहेमा सांसदले पाउँदै […]
नागरिक रैबार/बाजुरा ३२ जेठ।जिल्लाकाे बुढीनन्दा नगरपालिकाले नगरभित्रका ९५ जना कृषकहरूलाई प्राेत्साहन सहित सम्मान गरेकाे छ । नगरपालिकामा २०७९/०८० मा संचालित कृषक संंग नगर प्रमुख कार्यक्रम अन्तर्गत बुढीनन्दाले प्रति कृषकहरूलाई २५ सयका दरले प्राेत्साहन सहित सम्मान गरेकाे हाे । बुढिनन्दा नगरपालिकाकाे आयाेजनामा २०७९ असाेज १६ र १७ गतेका दिन बडा दशैंकाे अवसरमा आयाेजना गरिएकाे कृषि मेला […]
काठमाडौँ । सरकारले मुख्यसचिव परिवर्तन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गर्दै वरिष्ठताका आधारमा बैकुण्ठ अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए । आगामी असोजमा कार्यकाल सकिन लागेका वैरागीले कार्यकाल सकिनुअघि नै राजीनामा दिएका हुन् । राजीनामा स्वीकृत गरेर सरकारले वैरागीलाई नयाँ जिम्मेवारी […]
काठमाडौँ । यस वर्षको मनसुन एक दिन ढिलागरी नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन नेपाल भित्रिने सरदर समयभन्दा एक दिन ढिलागरी पूर्वी भागमा आइपुगेको हो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । तर यो वर्ष जुन १४ अथात् जेठ ३१ गते देशका कोशी प्रदेश, […]
३१ जेठ, दाङ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा हुँदै नयाँ नेकपा बनाउने बताएका छन् । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले बुधबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताए । मोर्चाको दस्तावेजसमेत टुंगो लगाइसकेको जानकारी दिँदै प्रचण्डले भने, […]
नागरिक रैबार/बाजुरा ३१ जेठ।बाजुराको सदरमुकाम मार्तडीमा रहेको समता स्कुलका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । बेलायतमा बस्दै आएकी सामाजिक अभियान्ता इशा गुरुङले समता स्कुलका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेकी हुन् । दुर्गममा रहेको विद्यालयमा विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुगोस भन्ने उद्देश्यले समता स्कुलका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको अभियन्ता गुरुङ बताएकी छन् । विदेशमा […]