होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सरकारसँग भएको सहमतिप्रति असन्तुष्ट राहत शिक्षकद्वारा काठमाडौंमा प्रदर्शन
समाचार

सरकारसँग भएको सहमतिप्रति असन्तुष्ट राहत शिक्षकद्वारा काठमाडौंमा प्रदर्शन

  • नागरिक रैबार
सरकारसँग भएको सहमतिप्रति असन्तुष्ट राहत शिक्षकद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौँ– सरकारसँग भएको ६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउदै राहत शिक्षकहरूले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ । शिक्षक महासंघ र केहि संगठनले राहत शिक्षकको मागलाई बेवास्ता गर्दै सरकारसँग सहमति गरेको भन्दै उनीहरूले शनिबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।

शुक्रबार सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसद्‍मा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको थियो । तर समझदारीमा राहत शिक्षकको मागलाई समावेश गर्न नमान्दा आफूहरू आन्दोलनलाई निरन्तरता दिने अवस्थामा पुगेको राहत शिक्षकहरूले बताएका छन् ।

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनवाई नरहेको उनीहको भनाइ छ । सरकारसँगको वार्ताका क्रममा आफ्ना माग र मुद्दाहरू अघि सार्दा सम्बोधन गर्न सरकार तयार नभएकाले उक्त सहमति आफूहरुलाई स्वीकार्य नभएको बताएका छन् ।

विज्ञापन

उनीहरूले वार्ताका क्रममा आफूहरुलाई गृहमन्त्रीले दुर्व्यवहार गरेको आरोप लगाएका छन् । त्यस्तै राहत शिक्षकहरूले आफ्ना मागहरू पुरा नभएसम्म विद्यालयहरू नफर्कने र आन्दोलन जारी राख्ने जनाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार