होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विद्यालय बन्द भएपछि निरास भएर घर फर्किए विद्यार्थी
समाचार

विद्यालय बन्द भएपछि निरास भएर घर फर्किए विद्यार्थी

  • नागरिक रैबार
विद्यालय बन्द भएपछि निरास भएर घर फर्किए विद्यार्थी

नागरिक रैबार/बाजुरा ४ असोज।शिक्षकहरु विद्यालय छाडेर आन्दोलनमा होमिएपछि बाजुराका सामुदायिक विद्यालयहरु बन्द छन् । शिक्षकहरु काठमाण्डौंमा भईरहेको शिक्षकहरुको आन्दोलनमा सहभागि हुन् गएपछि यहाँका विद्यालयमा अधिकाँश शिक्षकहरु आएका थिएनन् ।

बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविमा अध्ययनरत विद्यार्थीहरु विहिबार विद्यालय समयमा पुगेका थिए । विद्यालय समयमा पुगेका विद्यार्थीहरु पढाई हुन्छ, शिक्षक आउँछन भनेर कक्षा कोठाभित्र पसेका थिए । तर विद्यालयमा उपस्थित  शिक्षकहरु समेत कक्षा कोठामा आएनन् ।

कक्षा कोठाभित्र पसेका विद्यार्थीहरुलाई बाहिरैबाट विद्यालयमा उपस्थित भएका केही शिक्षकहरुले आज विद्यालय बन्द हो भनेर जानकारी दिएपछि विद्यालयमा उपस्थित भएका विद्यार्थीहरु निराश भएर घर फर्केका हुुन् ।

विज्ञापन

मालिका माविमा कक्षा इसिडि देखि १० सम्म करिव १५ सय विद्यार्थी अध्ययनरत छन् । विहिबार केहि विद्यार्थीहरुले शिक्षकहरु आन्दोलित छन् भनेर थाहा पाएपछि विद्यालयमा आएका थिएनन् भने केही विद्यार्थीहरु विद्यालय बन्द बारे जानकारी नभएपछि  विद्यालय समयमा पुगेका थिए । विद्यालय पुगेका विद्यार्थीहरु भने शिक्षकहरुको आन्दोलनले आफुहरुले पढ्न नपाएको भन्दै गेटबाहिर भेटिएका कक्षा १० मा अध्ययनरत एक जना विद्यार्थी गुनासो गर्दै थिए ।

सदरमुकामको मालिका माविमा अध्ययनरत विद्यार्थीहरु लगायत जिल्लाका कतिपय स्थानहरुमा  त घण्टाैसम्म हिँडेर विद्यालय पुगेका विद्यार्थीहरु समेत विद्यालय बन्द भएको देखेपछि निरास भएर घरतर्फ फर्केका छन् ।

विद्यालयका शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा गएपछि मालिका माविमा अध्ययनरत विद्यार्थी लगायत बाजुराका २ सय ३९ सामुदायिक विद्यालयमा अध्ययनरत ५४ हजार २ सय ३४ विद्यार्थीहरुको पढाई प्रभावित भएको हो ।

यता अभिभावकहरु भने शिक्षकहरुले आफ्ना जाहेज मागहरु सरकारस‌ग राख्नु स्वभाविक भएपनि विद्यालय नै बन्द गरेर आन्दोलनमा उत्रिनु भनेको बालवालिकाको भविष्यमाथि खेलबाड भएको बताउँछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार