होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • विद्यालय बन्द गरे कारबाही गर्ने गौमुल गाउँपालिकाको चेतावनी
देश/प्रदेश

विद्यालय बन्द गरे कारबाही गर्ने गौमुल गाउँपालिकाको चेतावनी

  • नागरिक रैबार
विद्यालय बन्द गरे कारबाही गर्ने गौमुल गाउँपालिकाको चेतावनी

रमित वि.क.। बाजुराको गौमुल गाउँपालिकाले विद्यालय बन्द नगर्न शिक्षकहरूलाई आग्रह गरेको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौँ केन्द्रीत आन्दोलन सुरु भएपछि गाउँपालिकाले विद्यालय नै बन्द गरेर पठन पाठनमा समस्या नपार्न आग्रह गरेको हो ।

विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने हकअधिकार हनन् नगर्न गाउँपालिका मातहतका विद्यालयका शिक्षकलाई आग्रह गरेको गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बताउनुभयो ।

गाउँपालिकाले शिक्षा युवातथा खेलकुद विकास शाखालाई विद्यालय बन्द भएको खण्डमा आवश्यक अनुगमन गरेर कारबाहीगर्न निर्देशन पनि दिएको छ । आन्दोलन गर्न पाउनु शिक्षकको अधिकारको कुरा भएपनि आन्दोलनका नाममा विद्यालय नै बन्द गर्नु नहुने उपाध्यक्ष थापाले बताउनुभयो ।

विज्ञापन

संसदमा दर्ता भएको शिक्षा विधेयक प्रति असहमति जनाउँदै शिक्षकहरूले आजपनि काठमाडौँमा प्रदर्शन गरेका छन् । देशभरबाट आन्दोलनमा सहभागी हुन शिक्षकहरू काठमाडौँ गएका छन् ।

शिक्षकले १० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर्नुपर्ने, राहत दरबन्दी र कक्षा ११ र १२ को दरबन्दी स्वीकृत गर्नुपर्ने लगायत लेखिएका प्ले कार्ड सहितप्रदर्शन गरेकाथिए ।

संसद्मा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई पालिका मातहत राख्ने व्यवस्था गरेको प्रति असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घले शिक्षकका पेसागत सुरक्षा, हकहित र सम्मानको माग राख्दै विद्यालय बन्द गरी आन्दोलनआह्वान गरेको हो ।

शिक्षकले विद्यालय नै बन्द गरेर आन्दोलन गरिरहेको प्रति चौतर्फी आलोचना भइरहेको छ । उनीहरूले विधेयक सच्याउन माग गरेका छन् । मागहरु राख्नु जायज भएपनि विद्यालय नै बन्द गरेर बालबालिकाको भविष्य माथि खेलवाड गर्नु स्वभनीय नभएको कतिपय जानकारहरुको भनाई रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार