होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा मिनिट्रक दुर्घघटना, चालकसहित ३ जना घाइते
बाजुरा बिशेष

बाजुरामा मिनिट्रक दुर्घघटना, चालकसहित ३ जना घाइते

  • नागरिक रैबार
बाजुरामा मिनिट्रक दुर्घघटना, चालकसहित ३ जना घाइते

नागरिक रैबार/बाजुरा ७ असोज। बाजुरामा मिनिट्रक दुर्घटना भएको छ । आइतबार सुर्खेतबाट हुम्लाको सरीसल्ला जादै गरेको कणर्ाली प्रदेश-०२-००१६ ख ०५५७ नम्बरको मिनि ट्रक जगन्नाथ गाउँपालिका वडा नं ३ को भलिया बगरमा दुर्घटना भएको हो ।

May be an image of 2 people
ट्रक सडकबाट करिब डेढसय मिटर तल खेतमा पुगेको छ । सुर्खेतबाट खाद्यान्न बोकेर हुम्ला जादै गरेको उक्त ट्रक दुर्घटना हुँदा ३ जना घाईते भएका छन् ।

दुर्घटनामा परि घाइते हुनेमा चालक दैलेखको आठबिस नगरपालिका ४ का अन्दाजी ३६ वर्षीय देबिराम सिजापती, सहचालक दैलेखको दुल्लु नगरपालिका २ का अन्दाजी १८ वर्षीय अर्जुन विक र जाजरकोट बिरेन्द्र नगर नगरपालिका १२ का अन्दाजी २२ वर्षिय मोहन घर्ती मगर घाइते भएका हुन् ।

विज्ञापन

No photo description available.

दुर्घटनामा परेका तिन जना मध्ये २ जनालाई उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको र १ जना सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । ट्रकमा रहेको समानलाई नेपाल प्रहरी, स्थानीय नागरिक र गाउँपालिका कर्मचारीले एकीकृत गरेर सुरक्षित ठाँउमा राखेर जुड्ढी प्रहरीले निगरानी गरिरहेको छ ।

May be an image of offroad vehicle

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार