होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराका शिक्षकले स्कुलभित्रै जलाए शिक्षा ऐनको मस्यौदा
समाचार

बाजुराका शिक्षकले स्कुलभित्रै जलाए शिक्षा ऐनको मस्यौदा

  • नागरिक रैबार
बाजुराका शिक्षकले स्कुलभित्रै जलाए शिक्षा ऐनको मस्यौदा

नागरिक रैबार/बाजुरा ३ असोज। बाजुरा जिल्लाका शिक्षकहरुले विद्यालयभित्रै शिक्षा ऐनको मस्यौदा जलाएका छन् । त्रिवेणी नगरपालिकामा रहेको खिन्नै आधारभुत विद्यालयका शिक्षकहरुले विद्यालयभित्रै शिक्षा विधेयकको मस्यौदा जलाएका हुन् ।

सरकारले भदौ २७ गते संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संसोधन तथा एकीकरण गर्न बनेको विधेयक’ प्रति असन्तुष्टि जनाउँदै विधेयकको मस्यौदा जलाएको शिक्षक समीर थापाले बताएका छन् ।

No description available.

विज्ञापन

त्रिवेणीमा रहेकाे खिन्नै आबिका शिक्षकहरुले पेशागत हकहितलाई उपेक्षा गर्नेगरी दर्ता भएको विधेयक संसोधन हुनुपर्ने माग राख्दै विधेयकको मस्यौदा जलाएका हुन् ।

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोध गर्दै  जिल्लाभरका सामुदायिक विद्यालयका शिक्षकहरु विद्यालय बन्द गरेर भोलिबाट आन्दोलनमा उत्रिन लागेका छन् भने आजबाट काठमाण्डाैमा भइरहेको शिक्षकहरुको आन्दोलनमा बाजुराका अधिकाँश शिक्षक कर्मचारीहरू सहभागि बनेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार