होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोल्टीमा संचालित मेडिकलको प्रशासनद्धारा अनुगमन
समाचार

कोल्टीमा संचालित मेडिकलको प्रशासनद्धारा अनुगमन

  • नागरिक रैबार
कोल्टीमा संचालित मेडिकलको प्रशासनद्धारा अनुगमन

राजेन्द्र रोकाया, काेल्टी। जिल्ला प्रशासन कार्यालय बाजुराको नेतृत्वमा कोल्टीमा संचालित मेडिकलको अनुगमन गरीएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय बाजुराको नेतृत्वको सरोकारवाला सहितको टोलिले पाँच वटा मेडिकलको अनुगमन गरेको हो ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय बाजुरा, प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी, बुढीनन्दा नगरपालिका स्वास्थ्य शाखा ईलाका प्रहरी कार्यालय कोल्टी प्रत्रकार लगायतको सहभागितामा मेडीकलको अनुगमन गरीएको हो ।

जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा गोकर्णराज रेग्मी, प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका प्रमुख डाक्टर प्रतिक न्यौंपाने, स्वास्थ्य कार्यालय बाजुराका नायव सुब्बा केशब चट्ट, बुढीनन्दा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमजंग शाही, प्रत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल लगायतको सहभागिता रहेको थियो ।

विज्ञापन

अनुगमनका क्रममा केहि मेडीकलमा मुल्य सुचि नराखेको पाइएको छ । मुल्य सुचि नभएका मेडिकललाई मुल्य सुचि राखेर संचालन गर्न अनुगमन टोलिले सुझाव दिएको ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार