होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
माघ ६ काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले पार्टी कार्यकर्तालाई ११ बुँदे आचारसंहिता जारी गरेको छ । आचारसंहिताअनुसार अबउप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न पाउने छैनन् । नेकपाले पार्टीको आन्तरिक रूपमा सर्कुलर गरेको विशेष परिपत्र ७ मा अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउन ‘उर्दी’ जारी गरेको हो । अध्यक्षद्वय केपी […]
नागरिक रैबार/बाजुरा ६ माघ। लोक गायक विर्ख एल आरले बाजुराको कर्णाली नदिमा खसेको जीप दुर्घटना सम्वन्धि समसामयिक गीत बनाएर बजारमा ल्याएका छन् । गत पुस १७ गते जिल्लाको हिमाली गाउँपालिका वडा नं. ६ धु्लाचौरबाट कोल्टीका तर्फ आउँदै गरेको से १ ज १०६४ नम्बरको जीप कालापडा भन्ने ठाउँबाट कर्णाली नदीमा खस्दा चार जनाको ज्यान गएको थियो […]
नागरिक रैबार/बाजुरा ६ माघ। अखिले नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाजुरा जिल्लाको संयोजकमा राजिव रोकाया उप–संयोजकमा पारस बुढालाई जिम्मेवारी दिईएको छ । गत पौष २७ र २८ गते काठमाण्डौंमा सम्पन्न अनेरास्ववियुको एकताको पहिलो पूर्ण बैठकले दिएको कार्यदेश अनुसार बाजुरा जिल्लाको संयोजकमा रोकाया र उपसंयोजकमा बुढालाई जिम्मेवारी दिने निर्णय भएको थियो । अनेरास्ववियुको जिल्ला संयोजकमा […]
अछाममा स्थानीय प्रशासनले २५ दिनको अवधीमा झण्डै पच्चीस सय छाउगोठ भत्काएको छ। गत पुष ९ गतेदेखि सुरु भएको अभियान अन्तरगत आईतबार सम्म दुई हजार तीन सय ३९ छाउगोठ भत्काईएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले आईतबार सम्म जिल्लाका १० स्थानीय तहका दुई हजार तीन सय ३९ छाउगोठ भत्काएको दिनेश […]
सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ। हिउँदे अधिवेशसनको पहिलो बैठक आज दिउँसो २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। गत भदौ १ गते प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य भएपछि पाँच महिनापछि हिउँदे अधिवेशन बस्न लागेको हो। प्रदेशको मन्त्रीपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख सर्मिलाकुमारी पन्तले अधिवेशन आव्हान गरेकी हुन्। बैठकमा सभामुखले प्रदेश प्रमुखले अधिवेशन […]
नागरिक रैबार/बाजुरा ५ माघ। जेवि मिडिया प्रालिको आयोजनामा बाजुराको सदरमुकाममा खुला व्याडमिन्टन प्रतियोगीताको आयोजना हुने भएको छ । प्रालिले आफ्नो चौथो स्थापना दिवसको अवसरमा खुला व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्न लागेको हो । वि.स. २०७३ साल माघ १० गते बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा स्थापना भएको उक्त प्रालिले आफ्नो चौथो स्थापना दिवसको अवसरमा व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने […]
नागरिक रैबार/बाजुरा ५ माघ । लोक तथा देउडा गायिका शोभा थापा यस वर्षको सर्वोत्कृष्ट देउडा गायिकाको रुपमा परिचित भएकि छिन् । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा जन्मेकी थापाले साँगितिक क्षेत्रमा प्रवेश गरेदेखि अहिलेसम्म हजारौं गीतहरुमा आफ्नो स्वर दिएर चर्चामा आईरहेकी छिन् । काठमाण्डौंको अनामनगर स्थित आफ्नै विशेष डिजिटल स्टुडियो समेत संचालन गर्दै आईरहेकी छिन् । उनकै […]
हुम्ला- अब एकमहिनाभित्र हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसित जोडिने भएको छ । बाजुरा र हुम्लाको बिचमा अवस्थित कवाडी खोला माथि बेलिब्रिज जडानसँगै हुम्लामा पहिलोपटक मोटर पुग्ने मार्ग अगाडि बढेको हो । हालसम्म हुम्ला सडक सञ्जालसँग जोडिन सकेको छैन । हुम्लालाई सडक सञ्जालले जोड्न नेपाली सेनाले अहोरात्र काममा जुटिरहेको छ । कर्णाली करिडोर अन्तर्गत सेनाले कालीकोटको […]
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको ६ महिनाको अवधिमा बजेट खर्च १० दशमलब ८ प्रतिशत मात्रै भएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको २८ अर्व १६ करोड २० लाख ३५ हजार बजेट मध्य पौष मसान्त सम्ममा २ अर्व ८६ करोड, ८२ लाख ७५ हजार बजेट खर्च भएको छ । ६ महिनामा बजेट खर्च १० प्रतिशत […]
भारतको राजधानी दिल्लीमा एक करोड बढि नगद चोरी प्रकरणमा संग्लन रहेको भन्दै कांग्रेसका एक नेता कैलालीबाट पक्राउ परेका छन्। दिल्लीका विशेश्वर अग्रवालको कार्यालयबाट एक करोड चार लाख बढी नगद र गरगहना चोरी घटनामा संग्लन रहेको भन्दै धनगढी निवासी कांग्रेस नेता पदम नेपाली पक्राउ परेका हुन्। उनी नेपाली कांग्रेसको भातृ संगठन दलित संघका पूर्व केन्द्रिय सदस्य […]
काठमाडौं, ३ माघ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडाैं उपत्यका सहित देशका अधिकांश भागमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार काठमाडौं उपत्यका सहित पश्चिमी, मध्य र पूर्वी पहाडी भू–भागमा सामान्यदेखि पूर्णतया बदलीका साथ बर्षा भएको हो । महाशाखाले आगामी तीन दिनसम्म सामान्य वर्षा, उच्च हिमाली भेगमा हिमपात हुने जनाएको छ । […]
नागरिक रैबार/बाजुरा ३ माघ। जिल्लाको हिमाली गाउँपालिका ३ बिच्छ्यामा हिउँपहिरोमा परेर ९ वटा बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार हिउँपहिरोमा परेर ९ वटा बाख्रा मरेका छन् । त्यस्तै हिउँपहिरोमा परि १४ बाख्रा ब्यपत्ता भएका छन । व्यपत्ता भएका बाख्राहरुको खोजि भईरहेको छ । जिल्लाको उच्च हिमाली क्षेत्रमा […]
काठमाण्डाै – अहिले देशका पूर्वी, मध्य र पश्चिमी भेगमा वर्षा र हिमपात भइरहेको छ । वायुको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबारदेखि भइरहेको वर्षा र हिमपात शुक्रबार दिनैभरि रहने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनु भयो । उहाँका अनुसार शुक्रबार पनि दिनभर पूर्वी मध्य र पश्चिमी क्षेत्रमा सामान्यदेखि मध्यम खालको पानी पर्ने तथा उच्च पहाडी […]
नागरिक रैबार/बाजुरा २ माघ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बडीमालिका नगरपालिका वडा नं ८ का पदाधिकारीहरूले सपथ ग्रहण गरेका छन् । विहिबार एक अाैपचारिक कार्यक्रमका विच नेकपा वडीमालिका ८ का पदाधिकारीहरूलाई नेकपाका युवा नेता गगन रावलले सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहण कार्यक्रममा बडीमालिका नगरपालिका वडा न. ८ का नेता तथा कार्यकर्ताहरूकाे सहभागिता रहेकाे थियाे […]
नागरिक रैबार माघ २ अर्थात् वि. स. १९९० मा महाभूकम्प गएको दिन । सो दिनको स्मरणमा ‘भूकम्पबाट सुरक्षित पूर्वाधारः दिगो, सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ २२औं भूकम्प सुरक्षा दिवस बाजुरा जिल्लामा डेमो प्रदर्शन गरि मनाईएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा स्थल जिल्ला समन्वय समिति बाजुराको प्राङ्गणमा एक्कासी भुकम्प आएको […]
नागरिक रैबार माघ २ कोल्टी बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका कोल्टी स्थित आयुर्वेद स्वास्थ्य केन्द्र यतिबेला त्यहाँ कार्यरत कर्मचारीको भातभान्सामा परिणत हुँदै गएको छ । कोल्टी क्षेत्रका विरामीहरुको उपचारमा सहजता होस् भन्ने उद्देश्यले निर्मित उक्त आयुर्वेद स्वास्थ्य केन्द्रको भवन कर्मचारीले आफु बस्ने कोठाका रुपमा कब्जा जमाएपछि बिरामीको उपचार गर्नमा समस्या भएको कोल्टी क्षेत्रका सेवाग्राहीले गुनासो गरेका […]
नागरिक रैबार माघ २ धनगढीं धनगढीको मुख्य बजारमा रहेको बडीमालिका दोहोरी साँझमा भएको दुई युवा समुहवीचको विवादले मुल सडकमा झडप हुँदा १ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दोहोरो झडपमा परी घाईते हुनेमा धनगढी उप–महानगरपालिका वडा नम्वर १ अदालत रोड बस्ने २३ बर्षीया समिर तियाली रहेको कुरा जिल्ला प्रहरी कार्यालय कैलालीका […]
नागरिक रैबार/बाजुरा १ माघ। त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले जिल्लामै पहिलो पटक त्रिवेणी नगरपालिकामा बन्न लागेको सतङ्ग भवनको सिलानास गर्नुभएको छ । माघे संक्रान्तीको अवसर पारेर बुधबार उक्त भवनको नगरप्रमुख रावलले सिलानास गर्नुभएको हो । त्रिवेणी नगरपालिकाको करिव ७ लाखको लगानीमा निर्माण हुन लागेको उक्त भवन त्रिवेणी नगरपालिका वडा नं. ८ पन्ताली गाउँमा निर्माण […]
काठमाडौं – आज माघे संक्रान्ति । यसलाई कतै मकर संक्रान्ति त कतै माघी पनि भनिन्छ । फरक–फरक समुदायमा भिन्न नामले चिनिने यो पर्व मैथिली र थारू समुदायमा नयाँ वर्षका रूपमा मनाईन्छ । नेवारी समुदायमा भने घिउ र चाकु संल्हु नामले माघे संक्रान्ति मनाइन्छ । माघे संक्रान्तिलाई मगर समुदायले राष्ट्रिय पर्वका रूपमा मनाउँछन् । तारो हान्ने […]
पुर्वसभामुख कृष्णबहादुर महराले संसदबाट एमसीसी सहजै पास हुन नदिने भएपछी अमेरिका लगाएत नेपालमै एमसीसी पास गराउन प्रयत्नशील राष्ट्रको बागडोर सम्हालेका केही व्यक्तिको जालझेलमा महरा कारावास पुर्याइए । नेपाल सरकार र अमेरिकी सरकारद्वारा गठिन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विच भएको ७७ पृष्ठ लामो सम्झौता पढ्दा थाहा भयो पुर्वसभामुख महरा वास्तवमा आफु सकिएरै भएपनि देशको अस्तित्व र […]