होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • बाजुराकी चेली शोभा थापा यस वर्षको सर्वोत्कृष्ट देउडा गायिका
मनोरञ्जन

बाजुराकी चेली शोभा थापा यस वर्षको सर्वोत्कृष्ट देउडा गायिका

  • नागरिक रैबार
बाजुराकी चेली शोभा थापा यस वर्षको सर्वोत्कृष्ट देउडा गायिका

नागरिक रैबार/बाजुरा ५ माघ । लोक तथा देउडा गायिका शोभा थापा यस वर्षको सर्वोत्कृष्ट देउडा गायिकाको रुपमा परिचित भएकि छिन् ।
बाजुराको खप्तड छेडेदह गाउँपालिकामा जन्मेकी थापाले साँगितिक क्षेत्रमा प्रवेश गरेदेखि अहिलेसम्म हजारौं गीतहरुमा आफ्नो स्वर दिएर चर्चामा आईरहेकी छिन् ।

काठमाण्डौंको अनामनगर स्थित आफ्नै विशेष डिजिटल स्टुडियो समेत संचालन गर्दै आईरहेकी छिन् । उनकै स्टुडियोमा महिनामा उनले दर्जन बढी गितहरु स्वर रकर्ड गराउँदै आएकि छिन् । महिनामा उनको स्वरमा २० बढी देउडा तथा दोहोरी गीतहरु बजारमा आउने गरेका छन् ।

लोक देउडा गीतलाई रोजेर साँगितिक क्षेत्रमा जमेकि थापा अहिले निकै व्यस्त गायिकाको रुपमा परिचित छन् ।देश तथा विदेशबाट उनको स्वरमा रहेका गीतहरु मनपराउने जतिले शोभा थापालाई साँगितिक कार्यक्रममा निमन्त्रणा दिने गरेका छन् । यीनै देउडा गायिका थापा अंग्रेजी नयाँ वर्ष २०२० को वृहत साँस्कृतिक कार्यक्रमका लागि सहभागि हुन चण्डिगडमा पुगेकि छिन् ।

विज्ञापन

देउडा गायन क्षेत्रलाई निरन्तरता दिएपछि गायिका थापालाई साँगितिक क्षेत्रमा अर्को सफलता प्राप्त भएको छ । रमेश नागरिको डोटिका छोरेट्टा भाग २ लाई प्रिति अधुरो भयो देउडा गिति एल्बम बाट दोस्रो राष्ट्रिय यपिक नेपाल म्युजिक अवार्ड २०७६ हात पार्न सफल भएकि छिन् ।

शनिबार सम्पन्न भएको एपिक म्युजिक अवार्डमा गायिका थापा देउडा गीतको यस वर्षको सर्वोत्कृष्ट गायिकाको रुपमा अवार्ड हात पारेकि छिन् । यस अवार्डले मलाई फेरि पनि देउडा क्षेत्रमा केही गर्ने जोस जाँगर र उर्जा थपियको छ । मलाई विभिन्न तह तप्का बाट साथ सपोट गर्नु हुने सम्पूर्णमा हुदय देखि धेरै धेरै धन्यबाद दिन चाहान्छु उनले सामाजिक संजाल मार्फत लेखेकि छिन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार