होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • दोहोरी साँझको दोहोरो विवादले १ घाईते
देश/प्रदेश

दोहोरी साँझको दोहोरो विवादले १ घाईते

  • नागरिक रैबार
दोहोरी साँझको दोहोरो विवादले १ घाईते

नागरिक रैबार
माघ २ धनगढीं

धनगढीको मुख्य बजारमा रहेको बडीमालिका दोहोरी साँझमा भएको दुई युवा समुहवीचको विवादले मुल सडकमा झडप हुँदा १ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दोहोरो झडपमा परी घाईते हुनेमा धनगढी उप–महानगरपालिका वडा नम्वर १ अदालत रोड बस्ने २३ बर्षीया समिर तियाली रहेको कुरा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।

विज्ञापन

उहाँका अनुसार निज घाईते तीयालीको कोहलपुर मेडिकल क्लेजमा उपचार भईरहेको छ । घाईते भएका तियाली सहित अन्य केही युवाहरु राती १० बजे सम्म धनगढीकै बडीमालिका दोहोरी साँझमा थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार दोहोरी साँझमै मदिरा पिउने क्रममा तियालीको समूह र अर्को युवाहरुको समूहवीच विवाद भएको थियो ।

युवाहरुको दुई समूहवीच भएको झडपमा संग्लन ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दुई जनालाई बुधवार राती नै पक्राउ गरेकोमा थप दुई जनालाई विहीवार पक्राउ गरिएको जनाएको छ ।
डोटी जोरायल गाउँपालिका घर भई धनगढी उप–महानगरपालिका वडा नम्वर ५ हसनपुर बस्ने २३ बर्षीया कर्ण बोहरा, २१ बर्षीया रोहित राना, २२ बर्षीया चन्द्र भाट र २१ बर्षीया शुभम शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।

दोहोरी साँझको सोही विवादले मुख्य बजारमै झडप निम्त्याएको हो । दोहोरी साँझदेखि युवाहरुको दुई समूहवीच सुरु भएको झडप वडा प्रहरी कार्यालय जाने सडक सम्म पुगेको थियो । झडपका क्रममा धनगढीको मुख्य सडकमै रहेको कैलाली अस्पतालमा पनि तोडफोड भएको छ । तियालीमाथि आक्रमण गर्ने क्रममा अस्पतालमा ढुङगा लागेपछि अस्पतालको सिसा समेत फुटेको छ प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने– ‘घटनामा संग्लन रहेको आरोपमा पक्राउ परेकाहरुलाई सोधपुछ गर्दा सुरुमा तियालीले नै मोटरसाईकलको हेल्मेटले आक्रमण गरेका थिए । पछि दुवै समूहविच झडप भएको हो ।’
पक्राउ परेका चारै जनाले अर्को समूहमा तियाली बाहेक अन्य युवाहरु समेत झडपमा संग्लन रहेको बयान प्रहरी समक्ष दिएका छन् । तर तियाली समूहबाट अहिले सम्म कोही पक्राउ परेका छैनन् । घटनाको अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै