होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • अछाममा २५ दिनमा २ हजार तीन सय छाउ गोठ भत्काईए
पत्रपत्रिका

अछाममा २५ दिनमा २ हजार तीन सय छाउ गोठ भत्काईए

  • नागरिक रैबार
अछाममा २५ दिनमा २ हजार तीन सय छाउ गोठ भत्काईए

अछाममा स्थानीय प्रशासनले २५ दिनको अवधीमा झण्डै पच्चीस सय छाउगोठ भत्काएको छ। गत पुष ९ गतेदेखि सुरु भएको अभियान अन्तरगत आईतबार सम्म दुई हजार तीन सय ३९ छाउगोठ भत्काईएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले आईतबार सम्म जिल्लाका १० स्थानीय तहका दुई हजार तीन सय ३९ छाउगोठ भत्काएको दिनेश खबरलाई बताए। उनका अनुसार आईतबार मात्रै एक सय ७० छाउगोठ भत्काईएको छ। सबैभन्दा जिल्लाको  ढकारी गाउँपालिकामा चार सय १३ छाउगोठ भत्काईएको अवस्थीले बताए।

यस्तै साफेबगर नगरपालिकामा    चार सय चार, तुर्माखाद गाउँपालिकामा तीन सय ६५, मेल्लेख गाउँपालिकामा तीन सय ३६, पञ्चदेवलविनायक नगरपालिकामा दुई सय २०, मंगलसेन नगरपालिकामा एक सय ७३, रामारोशन गाउँपालिकामा एक सय ३५, चौरपाटी गाउँपालिकामा एक सय १२, कमलबजार नगरपालिकामा एक सय ३ र बान्नीगढजयगढ गाउँपालिकामा ७८ छाउगोठ भत्काईएको प्रहरी निरिक्षक अवस्थीले बताए। दिनेशखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार