होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार १, २०८२
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • कोल्टी आयुर्वेद स्वास्थ्य केन्द्र कर्मचारीको भान्सामा परिणत हुँदै
स्वास्थ्य-जीवनशैली

कोल्टी आयुर्वेद स्वास्थ्य केन्द्र कर्मचारीको भान्सामा परिणत हुँदै

  • नागरिक रैबार
कोल्टी आयुर्वेद स्वास्थ्य केन्द्र कर्मचारीको भान्सामा परिणत हुँदै

नागरिक रैबार
माघ २ कोल्टी
बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका कोल्टी स्थित आयुर्वेद स्वास्थ्य केन्द्र यतिबेला त्यहाँ कार्यरत कर्मचारीको भातभान्सामा परिणत हुँदै गएको छ ।

कोल्टी क्षेत्रका विरामीहरुको उपचारमा सहजता होस् भन्ने उद्देश्यले निर्मित उक्त आयुर्वेद स्वास्थ्य केन्द्रको भवन कर्मचारीले आफु बस्ने कोठाका रुपमा कब्जा जमाएपछि बिरामीको उपचार गर्नमा समस्या भएको कोल्टी क्षेत्रका सेवाग्राहीले गुनासो गरेका छन् ।

नव निर्मित भवनका चार वटा कोठा मध्ये तीन कोठा कर्मचारीले आफ्नो घर सरह गरेका छन् भने बाँकी एक कोठामात्र विरामीको उपचारका लागि प्रयोग हुने गरेको छ । कार्यलयको आवश्यक सामानसमेत बाहिर राखेर एक कोठामा कार्यालय प्रमुख सम्भु कान्त झा बसिरहेका छन् भने अर्का दुईवटा कोठा सोही कार्यालयका कर्मचारी सन्तोष शाहले सुत्ने र खाना पकाउने भान्साका रुपमा प्रयोग गरेका पाईएको छ ।

विज्ञापन

कोल्टी क्षेत्रका विरामीको उपचारका लागि ल्याइएको स्टीम बक्स राख्ने ठाँउ नभएर बाहिरै छ । बचेको एउटै कोठामा विरामीको नाम दर्ता, उपचार र कार्यालयको आवश्यक दैनिक प्रशासनिक काम भईइरहेको कार्यलय प्रमुख सम्भु कान्त झाले बताए ।

कार्यालय प्रमुख झा भने आफुले भनेको कोही कोही कर्मचारी मान्दैनन् के गर्नु भनेर आफूपानी माथिको ओभानु बनिरहेका छन् । यता बुढीनन्दा नगरपालिका भने कोल्टी आयुर्वेद स्वास्थ्य केन्द्रप्रति बेखर जस्तै बनेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै