होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नगरप्रमुख रावलद्वारा जिल्लाकै पहिलो सत्सङग भवनको शिलान्यास
समाचार

नगरप्रमुख रावलद्वारा जिल्लाकै पहिलो सत्सङग भवनको शिलान्यास

  • नागरिक रैबार
नगरप्रमुख रावलद्वारा जिल्लाकै पहिलो सत्सङग भवनको शिलान्यास

नागरिक रैबार/बाजुरा १ माघ। त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले जिल्लामै  पहिलो पटक त्रिवेणी नगरपालिकामा बन्न लागेको सतङ्ग भवनको सिलानास गर्नुभएको छ ।

माघे संक्रान्तीको अवसर पारेर बुधबार उक्त भवनको नगरप्रमुख रावलले सिलानास गर्नुभएको हो । त्रिवेणी नगरपालिकाको करिव ७ लाखको लगानीमा निर्माण हुन लागेको उक्त भवन त्रिवेणी नगरपालिका वडा नं. ८ पन्ताली गाउँमा निर्माण हुने भएको छ । उक्त भवनको असार मसान्त सम्म निर्माण सम्पन्न गरिसक्ने भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सर्पे बुढाले बताएका छन् ।

बदलिँदो समाजमा धर्म–कर्म सस्कृति बिर्सिने नयाँ पुस्तालाई जाँड रक्सी कुलत बाट जोगाउन ध्यान योग पुस्तकालय स्थापना गर्ने उद्देश्यका साथ उक्त भवन जिल्लामै पहिलोपटक निर्माण गर्न लागेको त्रिवेणी नगरपलिकाले जनाएको छ ।

विज्ञापन

सतङ्ग भवनको निर्माण पछि बालबालिकाका तथा गाउँका स्थानीयहरुलई धर्म योग ध्यान अनि पुस्तकालय बाट ज्ञान केन्द्रको स्थापना गर्ने, ध्यान केन्द्र, योग पुस्तकालय यज्ञ लगाउन सकिने बताईएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार