होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
वीरगन्ज : वीरगन्जमा लगातार ३ पटक गरिएको आरडिटी टेष्टको रिपोर्ट पोजिटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी २३ वर्षीया युवतीको आइतबार बिहान मृत्यु भएको हो। ब्लड क्यान्सरले ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो। एक महिनापहिले क्यान्सर हस्पिटलबाट घर फर्किएकी उनलाई शनिबार बिहान स्वास्थ्यमा समस्या आएपछि अभिभावकले […]
काठमाडौं- कोरोना भाइरसलाई जित्दै बागलुङकी १९ वर्षीया युवती अन्सु सापकोटा शुक्रबार राति अस्पतालबाट डिस्चार्ज भएकी छन् । बागलुङ नगरपालिका ४, कुँडुलेकी उनलाई अस्पतालले शुक्रबार राति १० बजेतिर डिस्चार्ज गरेको हो । उनी नेपालकी पाँचौ संक्रमित हुन् । उनीसँगै नेपालमा कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संखया ११ पुगेको छ । धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा उपचाररत बागलुङकी […]
जीवन कैला बाजुरा कोल्टी १२ बैशाख नेपाल कम्युनिष्ट पार्टी नेकपा बुढिनन्दा नगर संगठन कमिटिले बुढीनन्दा नगरपालिका भित्र राहात पाउन छुटेका अतिविपन्न ब्यक्ति तथा परिवारहरुको लगत संकलन गरी राहात वितरण गर्न नगरपालिकासंग माग गरेको छ । नेकपा बुढिनन्दा वडा संगठन कमिटीले नगरको वडा नं एक भित्रका राहात पाउन योग्य केहि ब्यक्ति छुटेकाले उनीहरुको लगत संकलन गरी […]
काठमाडौं १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने निर्णय गरेपछि अब नेकपाभित्रको संकट टरेको अनुमान गरिएको छ । तर, दोस्रो तहका नेताहरुले भने अब यो विषय यत्तिमै टुंगिँदैन भन्दै प्रधानमन्त्री ओलीको नैतिकतामाथि नै प्रश्न उठाएका छन् । सरकारले पार्टी फुटाउने अध्यादेश जारी गरेलगत्तै स्थायी कमिटीको बैठक बोलाउन २० जना स्थायी कमिटीका सदस्यले […]
रामकृष्ण अधिकारी । काठमाडौं १२ बैशाख । सरकारले ४ दिनअघि ल्याएका दुवै विवादितअध्यादेश फिर्ता गर्न वाध्य भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ताका लागि राष्ट्रिपति समक्ष सिफारिस गरेको हो। मन्त्रिपरिषद्को सिफरिसपछि राष्ट्रपतिले संविधानको धारा १४४ को उपधारा २(ख) अनुसार अध्यादेश फिर्ता गर्नेछिन् । ओलीले वैशाख ८ गते मन्त्रिपरिषद् बैठकमा एक्कासी दल विभाजनलाई खुकुलो पार्ने […]
१२ वैशाख, काठमाडौं । चौतर्फी विरोध भएपछि सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ । शुक्रबार बसको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ । सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो […]
काठमाडौं १२ बैशाख । त्यही भूकम्प जसले २०७२ बैशाख १२ गते गोरखाको बारपाकमा केन्द्रबिन्दू भएर ७.८ रेक्टर स्केलको गएको थियो । ९ हजार जनाको ज्यान लिएको थियो । अहिलेसम्म पुनर्निर्माण सकिएको छैन । रानीपोखरीको पुनर्निर्माण गर्ने भनी त्यहींबाट पुनर्निर्माण थालिएको पुनर्निर्माण अहिलेसम्म पूरा भएको छैन । समय सकिँदैछ । भूकम्पपीडितले अहिलेसम्म राहत नपाएको अवस्था पनि […]
काठमाडौँ १२ बैशाख — प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (आज) बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सरकारले जारी गरेका दुई अध्यादेशबारे आफ्नै पार्टीभित्रबाट विरोध भइरहेको परिप्रेक्ष्यमा उनले यो आकस्मिक बैठक बोलाएका हुन् । सत्तारुढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग बिहीबार बिहानको भेटमा प्रधानमन्त्री ओलीले आफू अध्यादेश फिर्ता लिन तयार रहेको बताएका थिए। बिहीबार […]
नागरिक रैबार/बाजुरा ११ बैशाख । जिल्लाकाे बुढीगंगा नगरपालिकामा काेराेनाकाे अाशंका गरिएका दुवै जनाकाे रिपोर्ट नेगेटिभ देखिएकाे छ । यस अघि र्यापिड टेष्ट गर्दा पाेजेटिभ देखिएका दुवै जनाकाे स्वाव संकलन गरेर धनगढीमा पठाईएकाे थियाे । धनगढीमा उनीहरू दुवै जनाकाे पिसिअार टेष्ट गर्दा नेगेटिभ देखिएकाे स्वास्थ कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिएका छन् । बुढीगंगा नगरपालिकाकी […]
नागरिक रैबार/बाजुरा १० बैशाख। विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि नेपाली सेनाले गाउँगाउँमा गएर किटनासक औषधि छर्किन थालेको छ । नेपाली सेनाको सदरमुकाम मार्तडीस्थित समरजित गुल्मबाट खटिएको एक टोलीले सोमबार त्रिवेणी नगरपालिकाको वडा नं. ९ को बाँगापाटा ताम्सु एरिया र बुधबार बुढीगंगा नगरपालिकाको ९ नम्बर वडाको गाउँमै पुगेर किटनासक […]
अनिल शाही/कोल्टी १० बैशाख।जिल्लाको बुढीनन्दा नगरपालिकाको वडा नं ३ मा बुधबार ३२ जनाको ¥यापिड डाइगोनोसिस्ट टेष्ट आरडीटी परिक्षण गरिएको छ । वडा नं ३ का ३१ र वडा नं २ का १ जना गरी ३२ जनाको टेष्ट गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको निमित्त स्वास्थ्य प्रमुख सिहराज गिरीले जानकारी दिएका छन् । उनीहरु हाल भारतबाट आई […]
नागरिक रैबार/बाजुरा १० बैशाख। जिल्लाकाे सदरमुकाम मार्तडीमा लकडाउनकाे माैका छाेपेर एक घरमा चाेरी भएकाे छ । मंगलबार सांझ बडीमालिका नगरपालिका वडा ९ माझगाउं स्थित दिलबहादुर विककाे घरमा रहेेका ३ वटा काेठामा लगाएकाे ताला फाेरेर अावश्यक सरसामान र केही नगद रूपैयाँ सहित चाेरी भएकाे हाे । घरधनी विककाे घरमा रहेका उक्त काेठाहरूमा सदरमुकाम बाहिरबाट अाएका स्थानीयहरू […]
नागरिक रैबार/बाजुरा १० बैशाख। बाजुराको त्रिवेणी नगरपालिका ९ का २२ वर्षिया युवा र ६० वर्षका वृद्धको पिसिआर नतिजा नेगेटिभ आएको छ । गत आईवार उनीहरु दुवै जना मध्ये २२ वर्षिया युवामा र्यापिट टेष्ट नेगेटिभ देखिएको थियाे भने ६० वर्षिया वृद्धको र्यापिट टेष्टमा नतिजा पोजेटिभ देखिएको थियो । उनलाई सोही दिन साँझ जिल्ला अस्पताल बाजुरामा ल्याइएको […]
वैशाख१० काठमाडौं । थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरु मध्ये ७ जना निको भइसकेका छन् ।
नागरिक रैबार /बाजुरा १० बैशाख। जिल्लाकाे बडीमालिका नगरपालिकाले बाजुरामा कृयाशिल पत्रकारहरूलाई मास्क र स्यानिटाइजर र सावुन सहयाेग गरेकाे छ । नगरपालिकाका नगर प्रमुख पदम बडुवाल, उपप्रमुख कविता विष्ट र प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालले बुधबार नेपाल पत्रकार महांसघ बाजुरा शाखाका सचिव प्रेम विकलाई उक्त सामग्री सयुक्त रूपमा हस्तान्तरण गरेका हुन् । विश्वमा कोरोना भाइरसको सङ्क्रमण […]
नागरिक रैबार/बाजुरा १० बैशाख। नेकपा बाजुराका नेता नयाँराम विकको मृत्युको घटनाका आरोपित जगन्नाथ गाउँपालिकाका पाँचजनालाई बाजुरा जिल्ला अदालतले रिहा गरेको छ । बाजुरा जिल्ला अदालतमा माननीय जिल्ला न्यायाधीश श्री माधव प्रसाद घिमिरे ज्युको ईजलासले सोमबार नेता विकको घटनामा संलग्न आरोपित जगन्नाथ गाउँपालिकाका गोपी कामी र चन्द्र शार्कीलाई जनही ३० हजार सहित धरौटीमा रिहा गरेको छ […]
नागरिक रैबार/बाजुरा ९ बैशाख। जिल्लाको बडीमालिका नगरपालिका वडा न ३ घोगाली गाउँका तिन जना बालबालिका माटोको ढिस्कोमा पुरीएर घाईते भएका छन् । घाईते हुने सोही वडाका टेक खड्काका १४ बर्षिया छोरा रबिन्द्र खड्का र ११ बर्षका बिराज खड्का त्यसै गरी कर्ण खड्काका ११ बर्षिया देबेन्द्र खड्का रहेका छन्। घाइते भएका बालबालिकाहरुलाई जिल्ला अस्पताल पुर्याइएको भए […]
जीवन कैला/कोल्टी ९ बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकामा भित्रिएका पाँच जना नगरपालिकाको क्वारेन्टाइनमा नवसेको पाईएको छ । बुढीनन्दा नगरपालिकाको औषधि लिन नेपालगञ्ज गएको बुढीनन्दा यातायात सेवा प्रालिको जनता एक्सप्रेस गाडिमा नेपालगञ्ज, धनगढि बाट बाजुरा आएका नगरपालिकाका उपप्रमुख श्रृटी रेग्मी सहित अन्य पाँच जना स्थानिय नगरपालिकाको क्वारेन्टीनमा नवसेको स्थानिय लालबहादुर रोकायाले गुनासो गर्नुभएको छ । सुदुर […]
आगोले जलेकि मुश्लिम महिलालाई उपचारका लागि काठमाडौ लगिएको छ । बाजुराको बुढिनन्दा नगरपालिका ६ कोटिला बस्ने ३५ बर्षिय गौचना मिया अन्यत्र लिन पैशा नभएर आर्थिक अभाबमा अस्पतालको शैयामा अलपत्र रहेको समचार प्रकाशित पछि उनलाई उद्धार गरेर काठमाडौ लगिएको हो । समचार प्रकाशित पछि नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान काठमाडौले सहयोग गर्ने भएपछि उनलाई काठमाडौ […]
काठमाडौं : उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केका ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको हो। कोशी अस्पतालको परीक्षणमा ती ८ जनालाई पोजेटिभ देखिएपछि थप परीक्षणका लागि स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ। ‘रि-कन्फर्म’ का लागि नमुना संकलन गरेर धरानस्थित बीपी […]