होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • लकडाउनकाे माैका छाेपेर मार्तडीमा चाेरी
देश/प्रदेश

लकडाउनकाे माैका छाेपेर मार्तडीमा चाेरी

  • नागरिक रैबार
लकडाउनकाे माैका छाेपेर मार्तडीमा चाेरी

नागरिक रैबार/बाजुरा १० बैशाख। जिल्लाकाे सदरमुकाम मार्तडीमा लकडाउनकाे माैका छाेपेर एक घरमा चाेरी भएकाे छ ।

मंगलबार सांझ बडीमालिका नगरपालिका वडा ९ माझगाउं स्थित दिलबहादुर विककाे घरमा रहेेका ३ वटा काेठामा लगाएकाे ताला फाेरेर अावश्यक सरसामान र केही नगद रूपैयाँ सहित चाेरी भएकाे हाे ।

घरधनी विककाे घरमा रहेका उक्त काेठाहरूमा सदरमुकाम बाहिरबाट अाएका स्थानीयहरू भाडामा बस्दै अाएका थिए ।

विज्ञापन

विश्वमा फैलिएको काेराेना भाईरसकाे त्रासले उक्त काेठामा भाडामा बस्नेहरू गाउँ गएकाे थाहापाएपछि मंगलबार रातिकाे समयमा काेठामा लगाएका ताला फाेरेर चाेरी गरेकाे धरधनि विकका छाेरा विनाेद विकले बताएका छन् ।

केही दिन अघिमात्रै जिल्ला खेलकुद नजिकैको एक घरमा समेत चाेरी भएको थियाे । यसरी लकडाउनकाे बेला सदरमुकम मार्तडीमा चाेरीका घटनाहरू बढ्न थालेपछि यहाँका स्थानीयहरू भने त्रसित भएका छन् ।

सरकारले जारि गरेकाे लकडाउनका कारण मार्तडीमा भाडामा बस्ने अधिकासं स्थानीयहरू गाउँमा गएका छन् । सदरमुकाम मार्तडी लकडाउनका कारण सुनसान छ ।

यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक टंक प्रसाद भट्टराईले विगतका महिनामा दैनिक चाेरीका घटनाहरू अाउने गरेका थिए अहिले चाेरीका घटनाहरू प्रहरी कहाँ नअाएकाे बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार