होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
निमेन्द्र शाही/बाजुरा १७ भदाै। सदरमुकाम मार्तडीका ब्यापारीले आफु संग पछिल्लो समय मैजात सामान नभएकोले ग्राहकहरुको आवश्यकता अनुसार सामान दिन नसकेको बताएका छन्। अब चाँडो बाटो नखोलेमा पसल बन्द गर्नु पर्ने गुनासो गरेका हुन्। असार पहिलो साता बाट साँफे मार्तडी सडक खण्ड पहिरोका कारण अबरुद्धभएका कारण सदरमुकाम मार्तडी आउँने कुनैपनि सामाग्री आउँन सकेको छैन। यहि समयमा […]
राजनितिमा नेतृत्व सफललातीरै उन्मुख हुनुपर्छ ।त्यसमा दुइमत छैन।पछिल्लो समय मुलुक ले ठूलो उपलब्धि हासिल गर्दै गर्दा हामी पराजयको फल भोगिरहेका छौ । यसको जिम्मेवारी नेतृत्वले लिनै पर्दछ। पार्टी नेतृत्वका कारण केन्द्र देखि गाउँ सम्म कांग्रेस संगठन कमजोर बन्दै गएको सर्बबिधितै छ। देश भरी त पराजय भयौ नै बाजुरा को ९ मध्ये ६ पालिका जितेको र […]
अनिल शाही/ कोल्टी १६ भदाै । जिल्लाको कोल्टी क्षेत्रमा खाद्य संकट भएको २ महिना भईसके पनि चामल ढुवानी हुन सकिरहेको छैन । तर, मदिरा भने जहाज चार्टर गरेर ढुवानी भइरहेको छ । कोराना संकटको समयमा मदिरा तथा सुर्तिजन्य प्रदार्थ ढुवानीमा रोक लगाए पनि बाजुराको कोल्टि एयरपोर्टमा भने खुलम खुल्ला मदिरा ढुवानी भइरहेको छ । कोल्टि एयरपोर्टमा […]
बाजुरा । नेपाली काँग्रेस बाजुराका वरिष्ठ नेता रामसिँह रावलले त्रिवेणी नगरपालिका जस्तै बाजुरा जिल्ला पुरै काँग्रेसको किल्ला बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार त्रिवेणी नगरपालिकामा नेपाली काँग्रेसले आयोजना गरेको एक कार्यक्रममा बाेल्दै नेता रावलले यस्तो प्रतिवद्धता जनाएका हुन् । जीवन रहुन्जेल रुख रोप्नेछु, रुख रोप्दैछु,बिश्वास गर्नुस काङ्ग्रेस ढल्न दिने छैन, त्रिवेणी जस्तै बाजुरा काङ्ग्रेसको […]
निमेन्द्र शाही/बाजुरा १६ भाद्र। लकडाउनका बेला बाजुरामा राजनीतिक दलहरू चुनावी झल्को दिने गरी पार्टी प्रवेश गराउने अभियानमा तँछाडमछाड गर्दै लागेका छन् । नेपाली कांग्रेसका अभियानले कोरोना रोकथामका सबै कामलाई भर्सेलामा पारेको त छ नै, उल्टै संक्रमणको जोखिम पनि बढाइदिएको छ । संक्रमणको जोखिम उच्च रहेको भन्दै स्थानीय प्रशासनले भेला नहुन सचेत गराइरहेका बेला दुवै पार्टीबीच जिल्लाभर आमसभा […]
नागरिक रैबार/बाजुरा १५ भदाै। जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी टंक प्रसाद भट्टराईको सरुवा राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरबार, काठमाडौंमा भएको छ। उनको ठाउँमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्सालमा कार्यरत मदनजित महरा आउने जनाइएको छ। प्रहरी प्रधान कार्यालयले देशभरमा ७२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ। कार्यालयले सोमबार सार्वजनिक गरेको […]
बाजुरा जिल्लामा असार यता अविरल बर्षासँगै आएको बाढी र पहिरोले साँफे मार्तडी सडकखण्ड छेदविच्छेद् भएको लगभग तीन महिना जति पुग्न लागि सकेको छ । यस विषयमा जन चाँसो राख्ने जो कोहीले सामाजिक सञ्जाल वा नयाँ प्रविधि अनुसारको भर्चअल गफ र नेताहरुको फूर्सदको राजनीति सिबाहेक अरु केही हुन सकेको छैन् । तर, त्यस यता बाजुराली जनताले […]
महेन्द्रनगर/दार्चुला: मुलुकको कार्यकारी पददेखि राज्य संयन्त्र सञ्चालन हुँदै राजनीति समेतमा प्रभाव राख्ने हस्ती भएको सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सेवाको अवस्था भने जर्जर छ। नौ जिल्ला भएको प्रदेशमा सात पहाडी जिल्ला छन्। मुलुककै विकट पहाडी जिल्ला बाजुरादेखि यसअघि क्षेत्रीय सदरमुकाम रहीसकेको डोटीले हालसम्म नत जिल्लामा आइसियु सेवा दिन सक्यो नत भेन्टिलेटर सेवा नै। पछिल्लो दशकयता स्वास्थ्य सेवा प्रवाहमा […]
अर्जुन शाह। फुर्सद मिल्यो कि बडिमालिका खबर र नागरिक रैबार पल्टाइरहन्छु । शनिवार मध्यान्ह्रतिर पनि बडिमालिका खबर पल्टाउँदै थिएँ । संयोगले त्यसभित्र कुनै कार्यक्रमको ‘जुम लाइभ’ चलिरहेको रहेछ । त्यो ‘लाइभ’ बाजुराको अवरुद्ध सडक सूचारु गर्ने सन्दर्भमा जिम्मेवारहरुबीचको भर्चुअल मिटिङको रहेछ । बाजुराको विकासका सवालहरुमा उहिल्यैदेखि रुची र पैरवीकर्ताको नाताले पनि होला, मेरा आँखाहरु अरु […]
काठमाडौं १४ भदाै । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भनिएको बहुचर्चित अडियोमा नेपाल सरकारले किन्न चाहेको सेक्युरिटी प्रेसको मूल्य २८ अर्ब पुर्याउन भनिएको छ। अडियो सार्वजनिक गर्ने स्विस कम्पनी केबीए–नोटासिस, एसएका नेपाल प्रतिनिधि विजय मिश्रले त्यसमा ७० करोड रुपैयाँ कमिसन आउने बताएका छन्। अडियोमा २६ अर्बको मूल्य (धेरै कमिसनका लागि) बढाएर २८ अर्ब पुर्याउन भनिएको छ। […]
काठमाडौं १४ भदाै। मुलुकका सबै क्षेत्रमा कोरोना संक्रमण देखिएको छ । दैनिक संक्रमित थपिने क्रम जारी छ । कोरोनाविरुद्धको लडाईँमा अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, एम्बुलेन्स चालक पनि संक्रमणको सिकार भइरहेका छन् । पछिल्लो समय ‘फ्रन्टलाइन’ का सुरक्षाकर्मी अर्थात् नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कोरोना संक्रमणको दर उकालो लागेको छ । बुधबारसम्म नेपाल […]
नागरिक रैबार बाजुरा १२ भदौ काठमाण्डौंमा अलपत्र परेको बुढीनन्दा नगरपालिका १ पीपलडालीकी शुसिला सार्कीको परिवारलाई खाद्यन्न सामाग्री सहयोग गरिएको छ । जिल्लाको बुढिनन्दा नगरपालिका वडा न १ पिपलडाली शार्कीको ६ जनाको परिवारलाई बाजुरा सेवा समाजले आज काठामाण्डौमा खाद्यन्न सहयोग गरेको हो । शार्कीको परिवार बाजुराबाट करिव ९ महिना अगाडी उपचारको क्रममा काठमाण्डौ गएका थिए । […]
काठमाडौं १२ भदौ । नेपाल पत्रकार महासंघका अनुसार शुक्रबारसम्म नेपालमा ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशमा पत्रकार पनि कोरोना संक्रमित भएका छन् । प्रदेश १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएकामा मोरङका १२ र उदयपुरका १ जना रहेका छन् ।प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएकामा […]
काठमाडौं : नेपालको चर्चित सिन्गिंग रियालिटी शो नेपाल आइडल सिजन ३ को फिनाले शुक्रबार आज हुँदै छ । कोरोना भाइरसको महामारीका कारण केहि समय रोकिएको शो पुनः प्रसारणमा आएसंगै फिनालेमा पुगेको हो । पछिल्लो वर्ष नेपाल आइडलको आइडल छान्नको लागि आ–आफ्नो तर्फबाट धेरै मानिसहरु नारासहित सडकमा उत्रिने गरेका थिए तर यो वर्ष सबै कार्यक्रम सामाजिक सञ्जालमा […]
काठमाडौं – विश्वभर २ करोड ४६ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा २ लाख ६२ हजार ७४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै शुक्रबार यो समाचार तयार पार्दासम्म २ करोड ४६ लाख ५ हजार ३०६ जनामा संक्रमण भएको छ ।संक्रमितमध्ये १ करोड ७० लाख ७६ हजार ५२९ जना संक्रमण मुक्त […]
नागरिक रैबार/बाजुरा ११ भदौ। जिल्ला अस्पताल बाजुराले आजबाट दन्त सेवा शुरु गरेको छ । लामो समयको प्रयास पछि जिल्ला अस्पतालमा दन्त सेवा शुरु गरिएको हो । बाजुरा जिल्लामा दाँत सम्वन्धि विरामीहरुको समस्यालाई मध्येनजर गरेर अस्पतालमा आजबाट दन्त उपचार सेवा सूरु गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत थापाले बताएका छन् । उनले भने बाजुरा अस्पतालमा एकपछि […]
नागरिक रैबार/बाजुरा, ११ भदौ । साँफे मार्तडीसडक खण्डको बेलिव्रिज र झोलङ्गे पुल बाढीले बगाएपछि अहिले बाजुराबासी तुुइनबाट नदी तर्न बाध्य भएका छन् । गएको श्रावण २५ मा बुढीगंगा नदीमा आएको बाढीले साँफे मार्तडी सडक खण्ड अन्तर्गत रहेको बोलिब्रिजसंगै झोलुङ्गे पुल बगाएको छ । पुल बाढीले बगाएपछि बाजुराका स्थानीलाई आवातजावत गर्न कठिन भएको हो । पुल […]
गगन अयडी, धनगढी। त्रिवेणी नगर पालिकाकी उप प्रमुख राधिका देवी सुनारको टोली द्धारा करीब एक साता नगरपालिका अनुगमन गरेको हो । बर्षाको समयमा पानि धेरै परेको कारणले बुढीगंगा नदि र मालागडा नदीले पु¥याएको क्षेतिको अनुगमन गरेको नगर पालिकालीकाको भनाई छ । उप प्रमुख सुनारको नेतृत्वमा नगर कार्यपालिका महिला सदस्यको टाली लगेर नदिले कटान गरेको ठाउं […]
जीवन कैला बाजुरा,११ भदौ बुढीनन्दा नगरपालिका वडा नं चार सिमकुरुको फलामे ट्रष्ट पुलको बुधबार उद्धघाटन गरीएको छ । पीसविन बाजुराको प्राविधिक सहयोग र संघिय सरकारको २९ लाखमा निमार्ण सम्पन्न सो पुलको बुुधबार सुदुरपश्चिम प्रदेश सांसद वल्देव रेग्मीले उद्धघाटन गर्नुभएको हो । पुल उद्धघाटन कार्यक्रममा वोल्दै सांसद रेग्मीले कुण्डा क्षेत्रका विकाशमा आफु कटिवद्ध रुपले लाग्ने बताउनुभएको […]
नागरिक रैबार/बाजुरा १० भदौ। नेपाल कम्युनिष्ट पाटी (नेकपा) बाजुराका कार्यालय सदस्य गगन रावलसहितका नेताहरुको टोली स्थलगत अनुगमन गर्न बडीमालिका नगरपालिकाका बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । गत साउन २५ गते राती गौमुल गाउँपालिका हुँदै बुढीगंगा नदिमा मिसिएको बाढीले बगाएको बडीमालिका नगरपालिका वडा नं. २ को भौनेरा र घाघरका क्षेत्रमा पुगेको क्षेति र बाढी पहिरोबाट प्रभावित […]