होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • त्रिवेणी
  • महामारीमा चुनावको झल्को ! लकडाउन उलंघन गर्दै जनप्रतिनिधी
त्रिवेणी

महामारीमा चुनावको झल्को ! लकडाउन उलंघन गर्दै जनप्रतिनिधी

  • नागरिक रैबार
महामारीमा चुनावको झल्को ! लकडाउन उलंघन गर्दै जनप्रतिनिधी
बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका-६ पन्धारा, नेपाली टोल र बुढाटोलका २ सय घरपरिवार नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गराउँने आमसभामा सहभागीहरुको भिड

निमेन्द्र शाही/बाजुरा १६ भाद्र। लकडाउनका बेला बाजुरामा राजनीतिक दलहरू चुनावी झल्को दिने गरी पार्टी प्रवेश गराउने अभियानमा तँछाडमछाड गर्दै लागेका छन् । नेपाली कांग्रेसका अभियानले कोरोना रोकथामका सबै कामलाई भर्सेलामा पारेको त छ नै, उल्टै संक्रमणको जोखिम पनि बढाइदिएको छ ।

संक्रमणको जोखिम उच्च रहेको भन्दै स्थानीय प्रशासनले भेला नहुन सचेत गराइरहेका बेला दुवै पार्टीबीच जिल्लाभर आमसभा र भेला गर्दै एकअर्को पार्टीका कार्यकर्तालाई भित्र्याउने प्रतिस्पर्धा चलेको छ । पार्टी प्रवेश गरेकाहरूलाई बधाई दिएका तस्बिर र स्टाटसले सामाजिक सञ्जालहरू रंगिएका छन् ।

गृह मन्त्रालयको सानाउँन २१ गतेको चलानी नम्बर तिन सय १५ को पत्रले देशभर कतै पनि भेला जम्मा नहुँनु भनेर पाँचबुदे निर्देशनात्मक पत्र द्धारा निर्देशनात्मक पत्र पठाएको छ तर बाजुरा जिल्ला प्रशासन कार्यालयले त्यसको कार्यान्वय गर्न नकसेको प्रष्ट रुपमा बिभिन्न स्थानियतहमा भएका नेपाली काग्रेसका आमसभाले प्रष्ट पारेको छ।

विज्ञापन

पत्रमा लेखीएको छ ।कोरोना संक्रमणको जोखिम बढेको भन्दै कुनै पनि प्रकारका सभा, सम्मेलन, भेलालगायत भीडभाड हुने कार्यक्रम नगर्न भनेको छ। तर बिभिन्न स्थानिय तहमा जनप्रतिनिधीको संलग्नतामै यसको उलंघन गरीएको देखीएकोछ । अझ सोमबार त्रिबेणी नगरपालिकाको पन्धारमा आयोजति नेपाली काँग्रेसको आमसभामा जनप्रतिनिधीलेनै टीका लगाएर नब प्रबेशीहरुलाई स्वागत गरेको देखीएको छ।

नेपाली काँग्रेस बाट निर्वाचित मेयर रामसिंह रावल र उपमेयर राधिका सुनार दबैको उपस्थिती चार सय बढी जनाको भेला गरेर कार्यक्रम गरीएको थियो ।सोही कार्याक्रमा प्रहरीको समेत पहरामा त्यो कार्यक्रमा भएको देखीएको छ। त्यस्तै बुढीनन्दा नगरपालिकाको सीममा समेत दुई दिन अगाडी यसरीनै बुढीनन्दा नगरपालिकाका मेयर पदम गिरीकै सकृयतामा नब प्रबेशीलाई स्वागत गरेका थिए ।

‘सदरमुकाम मार्तडी को देवता पुजाई मा र त्रिवेणी नगरपालिकाको पार्टी को कार्यक्रममा ठुलो उपस्थिती गरेर कार्यक्रम भएछ। तर बजारमा भने पुलिस मास्क लगाएन् भनेर हप्काउँछन् त्यहा कहाँ गयो प्रशासन किन रोकेन नेताले कार्यक्रम ।’ देबराज पाध्याले बताएका छन्।

‘लकडाउनको समयमा अन्य ठाउँबाट हाम्रो नगरपालिकामा आएर चुनाबी आमसभा जस्तो कार्याक्रम गरीएको छ।,जनप्रतिनधीहरु स्वयमले त्यो कार्यक्रममा भागलिएका छन्। यसले गर्दा सामाजिक दुरि कायम गर्नु पर्ने र कोरोनाको जोखीमबाट बच्ने बारेमा जनताले के बुझ्ने ठुला मान्छेबाटै उलंगन भएको छ। यो किन गरीएको हो स्थानिय प्रशासनले जबाफ दिनु पर्ने हो ।’ स्थानिय शेरबहादुर शाहीले गुनासो गरे ।

यता जिल्ला प्रशासन कार्यालयलाई उक्त कार्यक्रमका बारेमा ढीलो गरी जानकारी आएको बताईन्छ। प्रमुख जिल्ला धिकारी कृष्ण गैरेलाई सोध्दा उनले भनेः‘प्रहरीलाई त्यहाँका मेयरले झुक्याएर कार्यक्रममा १० देखी १२ जना उपस्थित हुँने बताईएको थियो तर पछि आमसभा भए छ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार