होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • त्रिवेणी जस्तै बाजुरा जिल्ला काङ्ग्रेसको किल्ला बनाउँछु – बरिस्ठ नेता रावल
राजनीति

त्रिवेणी जस्तै बाजुरा जिल्ला काङ्ग्रेसको किल्ला बनाउँछु – बरिस्ठ नेता रावल

  • नागरिक रैबार
त्रिवेणी जस्तै बाजुरा जिल्ला काङ्ग्रेसको किल्ला बनाउँछु – बरिस्ठ नेता रावल

बाजुरा । नेपाली काँग्रेस बाजुराका वरिष्ठ नेता रामसिँह रावलले त्रिवेणी नगरपालिका जस्तै बाजुरा जिल्ला पुरै काँग्रेसको किल्ला बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सोमबार त्रिवेणी नगरपालिकामा नेपाली काँग्रेसले आयोजना गरेको एक कार्यक्रममा बाेल्दै नेता रावलले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

जीवन रहुन्जेल रुख रोप्नेछु, रुख रोप्दैछु,बिश्वास गर्नुस काङ्ग्रेस ढल्न दिने छैन, त्रिवेणी जस्तै बाजुरा काङ्ग्रेसको किल्ला बनाउछु उनले कार्यक्रममा सम्वोधन गर्दै भनेका थिए।

विज्ञापन

त्रिवेणी नगरपालिकाका नगर प्रमुख समेत रहेका नेता रावलले आफू नेतृत्वमा भए काँग्रेसका कुनै पनि कार्यकर्ताले कहि कतैबाट असुरक्षित महसुस गर्ने दिन नआउने पनि बताएका थिए ।

आफूलाई अहिले पद भन्दा बढी संगठनको ठुलो चिन्ता रहेको र काँग्रेसका लागि जस्तोसुकै त्याग गर्न तयार रहेकोले सबैको भावना ,मनोआकांक्षा लाई आत्मसात गर्दै अघि बढ्ने बताए ।

कोरोना महामारीले, बाढी पहिरोले घर, खेतबारी र सडक बगाउदासम्म पनि नेकपाको दुईतिहाई बहुमत सरकारले भ्रष्टचार गर्ने बाहेक जनतालाई केही नदिएकाले गलत कामका विरुद्धमा लाग्न युवाहरु जुट्ने बेला आएको स्पस्ट पारे ।

नेकपा परित्याग गरेर २ सय जना काँग्रेसमा प्रवेश

साेही कार्यक्रममा बाजुरामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरि करिब २०० परिवार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । वर्तमान दुई तिहाईको सरकारको रबैयाबाट आजित भएको भन्दै काँग्रेसको समाजवादको सिद्धान्तलाई आत्मसात गर्ने काँग्रेस प्रवेश गर्ने लहर त्रिबेणीमा चलेको छ।

केही दिन अघि मात्र त्रिबेणि नगरपालिका २, ४ मा सयौंको संख्यामा काङ्ग्रेस प्रवेश भएका थिए । नेपाली काङ्ग्रेस बाजुराका वरिष्ठ नेता रामसिंह रावलको नेतृत्वमा त्रिबेणि नगरपालिका ६ मा नेकपा परित्याग गरि २०० घरपरिवारका सक्रिय नेता,कार्यकर्ता नेपाली काङ्ग्रेस पार्टिमा प्रवेश गरेका छन् ।

एक कार्यक्रमका बीच नवआगन्तुकलाई स्वागत नेपाली काँग्रेस बाजुराका पुर्व सभापति मनबहादुर रावल र त्रिवेणी नगरपालिकाका नगरप्रमुख एँव काँग्रेसका वरिष्ठ नेता रामसिहँ रावलले स्वागत गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार