होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • देशभर ७१ पत्रकारलाई कोरोना संक्रमण
समाचार

देशभर ७१ पत्रकारलाई कोरोना संक्रमण

  • नागरिक रैबार
देशभर ७१ पत्रकारलाई कोरोना संक्रमण

काठमाडौं १२ भदौ । नेपाल पत्रकार महासंघका अनुसार शुक्रबारसम्म नेपालमा ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशमा पत्रकार पनि कोरोना संक्रमित भएका छन् ।

प्रदेश १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएकामा मोरङका १२ र उदयपुरका १ जना रहेका छन् ।प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएकामा पर्साका १३, बाराका ४, धनुषाका २, सप्तरीका ३, सर्लाहीका ३, महोत्तरीका १ र रौतहटका १ जना रहेका छन् ।

बागमती प्रदेशमा ११ जना पत्रकार संक्रमित भएकामा काठमाडौंका ९ र ललितपुरका २ जना रहेका छन् ।यसैगरी गण्डकी प्रदेशमा कास्कीका १ र नवलपुरका ७ गरी ८ जना संक्रमित भएका छन् । प्रदेश ५ मा बाँकेका २, बर्दियाका १, कपिलवस्तुका ६ र रुपन्देहीका २ गरी ११ जना संक्रमित भएका छन् । कर्णालीकी दैलेख जिल्लामा १ जना पत्रकार संक्रमित भएका छन् ।

विज्ञापन

पत्रकार महासंघ शुक्रबार विज्ञप्ति निकालेर संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै संक्रमित सबै पत्रकारहरुको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

महामारीको विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न महासंघले पत्रकारहरुलाई अपिल गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार