होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराका डिएसपी भट्टराईकाेे सरूवा, डिएसपी महरा बाजुरा आउने
देश/प्रदेश

बाजुराका डिएसपी भट्टराईकाेे सरूवा, डिएसपी महरा बाजुरा आउने

  • नागरिक रैबार
बाजुराका डिएसपी भट्टराईकाेे सरूवा, डिएसपी महरा बाजुरा आउने

नागरिक रैबार/बाजुरा १५ भदाै। जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी टंक प्रसाद भट्टराईको सरुवा राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरबार, काठमाडौंमा भएको छ। उनको ठाउँमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्सालमा कार्यरत मदनजित महरा आउने जनाइएको छ। प्रहरी प्रधान कार्यालयले देशभरमा ७२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ। कार्यालयले सोमबार सार्वजनिक गरेको सूचि अनुसार सुदूरपश्चिममा कार्यरत ६ जना डिएसपीको सरुवा भएको छ।

जसअनुसार जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमको सरुवा कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा अभियोजनमा भएको छ। उनको ठाउँमा  जिल्ला प्रहरी कार्याल धादिङमा कार्यरत रुपक खड्का आउनेछन्।

यस्तै सुदूरपश्चिम प्रदेश सशत्र प्रहरी गण मुख्यालय धनगढी, कैलालीमा कार्यरत डिएसपी ज्ञानबहादुर विष्टको सरुवा सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल डोटीमा भएको छ। उनी इलाका प्रहरी कार्यालय मालाखेतीमा काजमा थिए। विष्टको ठाउँमा तालिम केन्द्र दिपायलमा कार्यरत सागर बोहरा आउनेछन्।  जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी दधिराम न्यौपानेको सरुवा राष्ट्रिय प्रहरी परिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंमा भएको छ। उनको स्थानमा बाग्मती प्रदेश सशत्र प्रहरी गण मुख्यालय हेटौंडा, मकवानपुरमा कार्यरत महेन्द्र नेपाल आउनेछन्।

विज्ञापन

यसैगरी जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी दिपक भारतीको सरुवा महानगरीय प्रहरी परिसर, ललितपुरमा भएको छ। र, उनको ठाउँमा राष्ट्रिय प्रहरी परिक्षण प्रतिष्ठान महाराजगंजमा कार्यरत योगेन्द्र सिंह थापा आउनेछन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार